Friday, April 20, 2018

दुग्ध चिस्यान केन्द्र सञ्चालन

कञ्चनपुर, ७ वैशाख: शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा आजदेखि दुग्ध चिस्यान केन्द्र सञ्चालनमा आएको छ ।

सनवोरा कृषि सहकारी संस्थाले सञ्चालन गरेको केन्द्रको प्रदेश नं ७ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले उद्घाटन गर्दै दुई वर्षभित्रै प्रदेश नं ७ लाई माछा, मासु, अण्डा र दूधमा आत्मनिर्भर बनाउन दीर्घकालीन, मध्यकालीन र अल्पकालीन योजना बनाई लागु गरिने बताउनुभयो ।

नगर प्रमुख दिलबहादुर ऐरले पशुपालनका लागि रु ४५ लाख र कृषिका लागि रु ८२ लाख बजेट परिचालन गरिएको बताउनुभयो । केन्द्रमा ३० दिनसम्म दूध भण्डार गर्ने क्षमता छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...