Saturday, May 19, 2018

शिविरमा ८४ जनाको मोतियाबिन्दुको उपचार

नुवाकोट, ५ जेठ: मोतियाबिन्दु भएर आँखाको ज्योति गुमाएका यहाँका चौरासी जनाको पुनःज्योति फर्काइएको छ ।

मोतियाबिन्दु लागेका बिरामीका लागि जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको आयोजनामा दुईदिने निःशुल्क शिविरमा उनीहरुको गुमेको ज्योति फर्काइएको हो ।

दृष्टि गुमाएकाको तथ्यांक संकलन गरी प्रदान गरेको सेवामार्फत उनीहरुले अब स्पष्टसँग आँखा देख्नसक्ने भएको सामुदायिक आँखा केन्द्र नुवाकोटका प्रमुख शंकर अधिकारीले जानकारी दिनुभयो ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखासँगको सहकार्यमा विशेषज्ञ चिकित्सकमार्फत केन्द्रको कार्यालय विदुरमा शल्यक्रिया गरी ज्योति फर्काउन सफल भएकाले उनीहरुले आगामी दिनमा सरसफाइमा ख्याल गर्दै समयसमयमा जाँच गराएमा नियमितरुपमा दृष्टि पाउने अधिकारीले बताउनुभयो ।

जिल्लाको विभिन्न स्थानमा गरिएको निःशुल्क आँखा शिविर र केन्द्रमा जाँच गर्न आएका बिरामीको तथ्यांक संकलन गरी आयोजना गरिएको निःशुल्क शल्यक्रियामा सम्पर्कमा आएका सबैलाई दुई दिनमा समेटिएको केन्द्रले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...