Saturday, May 19, 2018

काठमाडौं, जेठ ५ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी चलाउन नसकेर पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टीलाई एमालेमा विलय गराएको आरोप लगाएका छन् । सत्ता र स्वार्थ मिलेर एमाले र माओवादीबीच एकता भएको भन्दै उनले एकता धेरै नटिक्ने भविश्वाणी पनि गरे । पोखरामा भएको कार्यक्रममा डा. भट्टराईले, जसरी बैंक कमजोर भएपछि मर्ज हुन्छ, त्यसैगरी दुई पार्टीबीच मर्ज भएको हो भन्ने टिप्पणी गरे । यो मर्जरले ५ वर्ष त लैजाला तर त्यसपछि भन्न सकिँदैन उनको भनाइ छ । माओवादी आन्दोलनको सम्पूर्ण इतिहास, त्याग र बलिदान भुलेर दाहाल सत्ता स्वार्थमा लागेको आरोप भट्टराईको छ ।

काठमाडौं, जेठ ५ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी चलाउन नसकेर पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टीलाई एमालेमा विलय गराएको आरोप लगाएका छन् ।

सत्ता र स्वार्थ मिलेर एमाले र माओवादीबीच एकता भएको भन्दै उनले एकता धेरै नटिक्ने भविश्वाणी पनि गरे ।

पोखरामा भएको कार्यक्रममा डा. भट्टराईले, जसरी बैंक कमजोर भएपछि मर्ज हुन्छ, त्यसैगरी दुई पार्टीबीच मर्ज भएको हो भन्ने टिप्पणी गरे ।

यो मर्जरले ५ वर्ष त लैजाला तर त्यसपछि भन्न सकिँदैन उनको भनाइ छ ।

माओवादी आन्दोलनको सम्पूर्ण इतिहास, त्याग र बलिदान भुलेर दाहाल सत्ता स्वार्थमा लागेको आरोप भट्टराईको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...