Saturday, May 19, 2018

शाहको निधनबाट राष्ट्रले एक उत्कृष्ट फुटबल खेलाडी र प्रशिक्षक गुमाएको छ : प्रधानमन्त्री ओली

काठमाडौँ, ५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रियस्तरका नेपाली फुटबल खेलाडी मणिविक्रम शाहको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले जारी गरेको प्रेस विज्ञप्तिमा शाहको निधनबाट राष्ट्रले एक उत्कृष्ट फुटबल खेलाडी र फुटबल प्रशिक्षकलाई गुमाएको उल्लेख छ ।

प्रधानमन्त्री ओलीले स्व शाहप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । फुटबल खेलाडी शाहको ५१ वर्षको अल्पआयुमा वैशाख ३१ गते निधन भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...