Saturday, May 19, 2018

दश वर्षमा मुलुक समृद्ध : प्रधानमन्त्री

काठमाडौँ, ५ जेठ : प्रधानमन्त्री केपी शर्मा ओली म्याराथन दौडमा सहभागी हुनु भएको छ ।

कान्तिपुर पब्लिकेशनले आयोजना गरेको ‘कान्तिपुर हाफ म्याराथन’को आठौ संस्करण उद्घाटन गदै उहाँ आज बिहान थापाथलीमा एकछिन दौडमासमेत सहभागी हुनु भएको हो ।

सो अवसरमा उहाँले मुलुक विकास र समृद्धितर्फ लम्किएको बताउनुभयो । प्रधानमन्त्री ओलीले एकतापछि बनेको कम्युनिष्ट सरकारले १० वर्षमा मुलुकलाई समृद्ध बनाउने बताउनुभयो ।

“दश वर्षमा मुलुकको मुहार फेर्ने गरी काम हुन्छ”, उहाँले भन्नुभयो, “अब पनि मुलुक नबने कहिल्यै बन्ने छैन । त्यसैले १० वर्षमा विकासमा कायापलट हुनेछ ।”

उहाँले नेपालमा भएका स्रोत साधनबाट नै मुलुकको विकास गरिने भन्दै नेपालीलाई यहाँकै उत्पादनले खान लगाउन पुग्ने हुँदा ती उत्पादन गरेर नेपाललाई आत्मनिर्भर बनाउने बताउनुभयो ।

उक्त हाफ म्याराथनको उपाधि नेपाली सेनाका हरि रिमाल र सशस्त्र प्रहरीका कान्छीमाया कोजुले जित्नुभएको थियो । उहाँहरु दुवैले नगद रु ५०÷५० हजार र स्कुटर पाउनुभएको छ ।

यस्तै पुरुषतर्फ द्वितीय होमलाल श्रेष्ठ र तृतीय गजेन्द्र राई, महिलातर्फ सन्तोषी श्रेष्ठ द्वितीय र बृन्दा श्रेष्ठ तृतीय हुनुभएको छ । द्वितीय र तृतीयले क्रमशः नगद रु ३०÷३० हजार र रु २०÷२० हजार प्राप्त गर्नुभएको छ ।

थापाथलीबाट शुरु भएको दौड माइतीघर, नयाँ बानेश्वर, भक्तपुर हुँदै पुनःथापाथलीमा आएर सकिएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...