Saturday, May 19, 2018

विद्युत् सेवा विस्तारले टुकी बाल्ने दिनको अन्त्य

कञ्चनपुर, ५ जेठ: वर्षौदेखि टुकीको सहारामा उज्यालो गर्दै आएका कञ्चनपुरको लालझाडी गाउँपालिका– ६ चानदेउका तीन दर्जन बढी परिवारले विद्युत् सेवा पाएका छन् ।

जनप्रतिनिधि आएपछि गाउँमा पहिलो पटक विद्युत् सेवा विस्तार भएको हो । विद्युत् सेवा विस्तारका लागि गाउँपालिकाले विद्युत् पोल खरिद, तार जडान र ट्रान्सफर्मर राख्नका लागि रु दुई लाख ९० हजार बजेट प्रदान गरेपछि गाउँमा विद्युत् पुगेको छ ।

गाउँपालिकाले प्रदान गरेको रकमले नपुगेपछि स्थानीय बासिन्दाले घर÷घरबाट चन्दा संकलन गरी रु ७० हजार जम्मा गरी विद्युत् विस्तारमा खर्चेका छन् । वर्षौदेखि विद्युत् सेवा विस्तारका लागि गाउँपालिकादेखि जिल्ला सदरमुकामसम्म पुग्यौं तर कसैले पनि कुरा सुनेनन् स्थानीय हर्कनारायण जोशीले भन्नुभयो, “स्थानीय तहको चुनावमार्फत चुनिएर आएका जनप्रतिनिधिले विद्युत् सेवा विस्तारलाई पहिलो प्राथमिकतमा राखी बजेट उपलब्ध गराएपछि विद्युत्को सेवा पाएका छौं ।”

टुकी बाल्ने ठाउँमा विद्युत्का बल्व बाल्न पाउँदा विगतको जस्तो मट्टितेल खरिद गरिनुपर्ने अवस्था हटेको छ स्थानीय अर्जुन बोहराले भन्नुभयो, “रातिका बेला बालबालिकाले टुकिको सहारामा पढन बस्दा खोकी लाग्ने र स्वाशप्रश्वासको समस्या थियो । अब त्यो समस्या हटेर गएको छ ।”

विद्युतबाट घर उज्यालो भएकै छ उहाँले भन्नुभयो, “खेतमा सिँचाइका लागि मोटर जडान गरेका छौँं । जंगलबाट आउने जंगली हात्तीको झुण्ड भगाउनसमेत विद्युत् आएपछि निकै सहज भएको छ ।”

उज्यालो देखेपछि हात्ती बस्तीमा नछिर्ने र टाढैबाट हात्ती आउन थालेको देखिने भएकाले जीउ धन बचाउन सजिलो भएको मानबहादुर चौधरीले बताउनुभयो । अझै दश परिवारसम्म विद्युत्को सेवा नपुगेकाले त्यसका लागि पहल गरिनुपर्ने स्थानीयवासी बासिन्दाले बताएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...