
बिराटनगर, ९ जेठ । ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त चुडामणी उप्रेती गोरेले शाक्य हत्या अस्वीकार गरेका छन् ।
बन्द इजलासमा जारी बयानका क्रममा गोरेले शाक्यलाई सुन खोजीका लागि यातना दिएको स्वीकार गर्दै उनको मृत्युमा आफ्नो हात नरहेको बताए । उनको बयान उदृत गर्दै स्रोतले भन्यो,‘हामी अलिक पर थियौं, सनम गाडीमा थियो । त्यहाँ अनिल मल्ल ठकुरी र मने भनिने मोहन काफ्ले थिए । सनम मरेको जानकारी पाएँ ।’
उनले हत्या गर्ने स्वभाव नभएको भन्दै हराएको साढे ३३ किलो सुन खोज्ने दबाब आफुलाई रहेको अदालतमा बयान दिएका छन् । विभिन्न भिडियो देखाएर आफुलाई मुख्यदोषी बनाएर फँसाउने षडयन्त्र भएको बताउँदै गोरेले सुन प्रकरणमा भुजुङ गुरुङ, छिरिङ, एमके भनिने मोहन अग्रवाल लगानीकर्ता रहेको बताएका छन् ।
न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा गोरेको बयान जारी छ ।
No comments:
Post a Comment