Wednesday, May 23, 2018

चितवनको कालिकामा फोहोर व्यवस्थापन सम्बन्धि तालिम

पदमपुर, ९ जेठ ।

चितवनको कालिका नगरपालिका वडा नं. १ को आयोजनामा पूर्ण सरसफाई, वातावरण मैत्री एवम् फोहोर व्यवस्थापन सम्बन्धि २ दिने तालिम आजबाट पदमपुरमा शुरु भएको छ । लेट्स डु इट नेपाल नामक संस्थाको आयोजनामा भएको कार्यक्रममा कालिका वडा नं. १ का १३ वटा टोल विकास संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्य गरी ६५ जनाको सहभागीता रहेको छ । सो तालिममा फोहोर व्यवस्थापन, घर टोल र नगरको सरसफाई, करेसाबारीको व्यवस्थापन, स्वच्छ हरियाली नगर बनाउने विषयमा प्रशिक्षण दिइने छ । सो प्रशिक्षणमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय चितवनका इञ्जिनियर भरत पोख्रेल, सरसफाई वातावरण अभियन्ता बिरेन्द्र पौडेल, नारायण दवाडी, कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज सुवेदीले सहजीकरण गर्नेछन् ।

तालिम उद्घाटनको अवसरमा आयोजित कार्यक्रम कालिका वडा नं. १ का वडा अध्यक्ष लिला बहादुर गुरुङको अध्यक्षतामा भएको थियो । कार्यक्रमका प्रमुख अतिथि वडा नं. ४ का वडा अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, नगरपालिकाका सूचना अधिकृत बलराम लुइटेल, कार्यक्रम संयोजक सुरेश दवाडी, लेट्स डु इट नेपालका अध्यक्ष दुर्गा आचार्य लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...