Wednesday, May 23, 2018

पत्रकार महासंघ बेलायतको अधिवेशनम यो आखाले के देख्नु प¥यो

लण्डन,जेठ ९ । नेपाल पत्रकार महासंघ शाखा बेलायको चौथो अधिवेशनमा यो आखाले के देख्नु प¥यो ।
 
अल्डरसटको द एम्पायर हलमा नवनिर्वाचित महासचिव सञ्जयभक्त कँडेललाई नेपाली जनसम्पर्क समिति वेलायतका प्रवक्ता, नेपाल आदिवासी जनजाति महासंघ बेलायतका महासचिव तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ वेलायतका महासचिव खुशी लिम्बुले महासंघको चौथो अधिवेसन दोस्रो शत्र समाप्तिपछि सम्मेलनस्थलमै हातपात गरेका छन् ।
 
फौजदारी लिम्वुलाई सुरक्षा दलमा खटिएका सुरक्षाकर्मिहरुले नियन्तणमा लिएका थिए । उक्त दृश्य च्यानल पत्रकार भूमिराज राईले अजम्बरी डट कम मार्फत सार्वजनिक गरेको छ ।
 
घटनाप्रति शाखाको गम्भीर ध्यानाकर्षण भएको नवनिर्वाचित अध्यक्ष पत्रकार नरेश खपाङ्गीले प्रेस विज्ञप्ति निकाल्दै नेपाल पत्रकार महासंग केन्द्रीय समिति, नेपाल आदिवासी जनजाति महासंघ वेलायत,नेपाली जनसम्पर्क समिति वेलायत र नेपाली आदिवासी जनजाती पत्रकार महासंगलाई बोधार्थ गरेका छन् । 
 
कुनै पनि विषयमा असहमति भए छलफल, सम्वाद, वार्ताबाट नै समाधान गर्न सकिने विकल्प हुँदाहुँदै राजनीतिक तथा सामाजिक जिम्मेवारीमा बसेका व्यक्ति यसरी  शारीरिक आक्रमणमा नै उत्रिनु अत्यन्तै निन्दनीय भएको र यस कार्य प्रति नेपाल पत्रकार महासंघ वेलायतले यस घृणित कार्यको भर्त्सना समेत गरेको छ ।
 
सम्बन्धित संघसंस्थासँग निजमाथि आवश्यक कारबाही गर्नका लागि माग गर्दै, फौजदारी लिम्वु लाई नेपाल पत्रकार महासंघ वेलायत शाखाले अनुशासनको कारबाही अगाडि बढाई सकेको जानकारी गराए ।
 
निर्वाचन हलमा जनसम्पर्क समितिका केहि सदस्यहरुले निवार्चन विथोल्न दादागिरी समेत गरेका थिए । केहि महिना अघि मात्र पत्रकार महासंघको सदस्य लिएका लिम्बुलाई जनसम्पर्क समितिले महासचिब पद दिलाउन प्रयास गरेका थिए ।
 
नवनिर्वाचित महासचिव कँडेलले प्रहरी लाई उजुरी गरिसकेको कारण कुनै समयमा फौजदारी लिम्वु लाई वेलायत प्रहरीले पक्राउ गर्ने जानकारी दिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...