Wednesday, May 23, 2018

टोरोन्टोमा ” नवौँ टोरोन्टो नेपाली फिल्म फेस्टिभल” सम्पन्न

टोरोन्टोमा ” नवौँ टोरोन्टो नेपाली फिल्म फेस्टिभल” हालै ईनिस टाउन हलमा सम्पन्न भएको छ। तीन सत्रमा बिभाजित उक्त कार्यक्रममा नेपाली तथा बिदेशी गरि १३ वटा बॄत चित्र, एनिमेसन चित्र, लघु चित्र हरु छानिएका थिए। बिगत ८ बर्ष देखि निरन्तर रुपमा बर्षेनी आयोजना गर्दै आएको उक्त कार्यक्रम बिशेष गरि नेपाली संस्कॄति, प्रकॄति, सामाजिक रिति थिति, समस्याहरु संग सम्बन्धित चित्रहरु नेपाली तथा गैर्ह नेपालीहरु समक्ष पस्कने गरिएको छ भने गैर्ह नेपाली दर्शकहरुको पनि उत्तिकै सहभागिता रहि आएको छ।

समापन कार्यक्रममा बोल्नु हुन्दै टीएनएफएफका प्रमुख मेरिगोल्ड भण्डारी पाण्डेले आउदोँ बर्ष दसौँ बर्ष को कार्यक्रम हुने भएको हुनाले बृहत रुपमा आयोजना गर्ने जानकारीदिनु भयो । साथै उहाँले सो संस्था बिशुद्द गैर्ह नाफामुखि संस्था भएको र स्वयंसेवकहरु को सहयोगमा कार्यक्रम संचालन गरिने हुनाले सदाझै सबैको सहयोगको अपेक्षा गर्नु भयो।

यो बर्षको दर्शक छनौट पुरस्कार १५०० डलर नगद पुरस्कार सहित “कालो पोथि” चलचित्रले प्राप्त गरेको छ भने जुरी एवार्ड १००० डलर पुरस्कार सहित “पिन्क टिफानि” चलचित्रले प्राप्त गरेको छ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...