Monday, May 28, 2018

विपद् जोखिम न्यूनीकरण परियोजनाको लागि रेडक्रस र सामसुङको सहकार्य

जेठ १४, धरान, नेपाल

विपद् पूर्वतयारी र समुदाय उत्थानशिलता वढाउन नेपाल रेडक्रस सोसाईटी (नेरेसो), रेडक्रसको अन्तराष्ट्रिय महासंघ (फेडरेशन) र कोरियन रेडक्रसको हातेमालोमा नेपालका पूर्वी तराईका लक्षित समुदायमा आधारित विपद् जोखिम न्यूनिकरण (सिविडिआरआर) कोशी वेशिन परियोजना सुरु गरिएको छ ।
रेडक्रसको सुनसरी शाखा, धरानको आयोजनामा आज सञ्चालित कार्यक्रममा उदयपुर, सुनसरी र सप्तरी जिल्लाका चार गाउँ तथा नगरपालिकामा छ करोड नेपाली रुपैँयाको लागतमा सो परियोजना सञ्चालन हुनेछ । यसको लागि कोरियन रेडक्रसले कम्युनिटी चेष्ट अफ कोरिया मार्फत कोरियन कम्पनी सामसुङसँग आर्थिक साझेदारी गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापा र कोरियन प्रतिनिधिहरुले कोशी वेसिन परियोजनाको विवरण सहितको ताम्रपत्र सार्वजनिक गरी परियोजनाको औपचारिक सुरुवात आज गर्नुभयो । रेडक्रसको सुनसरी शाखा धरानमा आयोजित सिविडिआरआरको सो औपचारिक उद्घाटन सत्रमा नेपाल रेडक्रस सोसाईटीका उपमहामन्त्री हरि न्यौपाने,, नेपाल स्थित रेडक्रसको अन्तराष्ट्रिय महासंघका प्रमुख जुजा किम-Juja kim) नेपाल स्थित कोरियन रेडक्रसकी प्रतिनिधि सुन हि किम -Sunhee Kim) र सामसुङ SAMSUNG नेपालका व्यवस्थापकिय निर्देशक यूविओम ओन SAMSUNG ) का साथै नेपाल सरकार, लक्षित क्षेत्रका सम्वन्धित नगरपालिका र स्थानीय ईकाईहरुका प्रतिनिधिहरु र रेडक्रसका प्रतिनिधिहरु सामेल हुनुहुन्थ्यो ।

उक्त समारोहमा वोल्दै ने.रे.सो.अध्यक्ष थापाले समुदाय, स्थानीय सरकार र रेडक्रसलाई एकै ठाँउमा ल्याँउदै विपद् जोखिम न्यूनिकरणको क्षेत्रमा सामुहिक पहल गर्न यो परियोजनाले अवसर जुटाएको बताउनुभयो ।

परियोजनाले उदयपुरको वेलका नगरपालिका वडा नं १ र २, सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिको वडा नं १४ र तिलाथी कोइलाडी गाँउपालिकाको वडा नं ५ तथा सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिकाको वडा नं ९ र १० क्षेत्रलाई समेटेको छ । २ वर्षे समुदाय केन्द्रीत परियोजनाबाट सो क्षेत्रका ७ हजार ५०० घरपरिवारका ३६ हजार ५०० भन्दा वढी प्रत्यक्ष लाभान्वित रहने नेपाल रेडक्रसका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

रेडक्रसको अन्तराष्ट्रिय महासंघका नेपाल प्रमुख Juja Kim ले भन्नुभयो “ यो परियोजनाले अन्तराष्ट्रिय महासंघको विपद् व्यवस्थापन गतिविधि, एक अर्वको साझेदारीको अवधारणा र दिगो विकासका लक्ष्यमा योगदान गर्नेछ ।”

विपद् जोखिम न्यूनिकरका लागि आवास, जिविकोपार्जन, स्वास्थ्य, सरसफाई, लैङगिक समावेशिकरण, जलवायु परिवर्तन र शान्ति प्रवर्धनजस्ता विषयहरु परियोजनाले समेटेको छ । यो परियोजनाले स्थानीय नगरपालिकाहरु, विद्यालय, स्थानीय विपद् व्यवस्थापन समितिहरुसँग सहकार्य गर्दै संङकटसन्न समुदायहरुको क्षमता अभिवृद्धि गर्ने, प्राकृतिक र मानव सिर्जित प्रकोपहरुको उचित व्यवस्थापन गर्ने, विशेषत वाढीका जोखिम र प्रतिकार्य पूर्वतयारी गर्ने गराउने लक्ष्य राखेको छ । परियोजना गतिविधिहरुको परिकल्पना लक्षित क्षेत्रका सङकटासन्नता क्षमता विश्लेषणको आधारमा गरिएको हो ।

कोरियन रेडक्रसले ले एक विश्वव्यापी निगम नागरिकको धरातलमा रहेर सर्व समृद्धिको दर्शनका आधारमा उज्वल तथा धेरै आशावादी समाजको सृजनामा सामाजिक योगदान हुने विभिन्न गतिविधिहरुमा आवद्ध रहिआएकोे जानकारी दिँदै क्ब्ःक्ग्ल्न् का थ्गदभबm धयल भन्नुभयो । ”रेडक्रससँगको लामो साझेदारी गरिआउने क्रममा नेपालको संङकटसन्न समुदायहरुमा आफ्ना सहयोगी हातहरु फैलाउन पाउँदा चरम आनन्द महसुुुस भएको छ ।”

आजै नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको तर्फबाट उपमहामन्त्री हरि प्रसाद न्यौपाने र सम्बन्धित जिल्लाहरुको तर्फबाट सुनसरीका रेडक्रस सभापति उमेश थापा, उदयपुर रेडक्रस सभापति विनोद बस्नेत र सप्तरीका रेडक्रस सभापति जोगेन्द्र भगतले परियोजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर गरी फाइल आदान प्रदान गर्नुभयो ।
कोरियन रेडक्रसले नेपाल रेडक्रससँग काम गरेको एक दशक भन्दा वढी भएको कोरियन रेडक्रसकी क्गलजभभ प्ष्m ले जानकारी दिनुभयो । वहाले क्ब्ःक्ग्ल्न् को साथमा नेपाल रेडक्रससँगको साझेदारीलाई वढाउदै वाढीग्रस्त क्षेत्रमा विपद् जोखिमलाई न्युनिकरण गर्न सहयोगी हुन पाउँदाु खुशी व्यक्त गर्नु भयो ।

कार्यक्रममा धरानस्थित इलाका प्रशासन कार्यालयका प्रमुख जयराम श्रेष्ठ, पत्रकार महासँघ सुनसरीका अमर खड्का, नेपाल रेडक्रसका उपमहामन्त्री हरि प्रसाद न्यौपाने, केन्द्रीय सदस्य मनोज थापा लगायतका व्यक्तित्वहरुले सम्बोधन गर्नुभएको थियो ।

सभापतिको आसन बाट सुनसरी शाखा रेडक्रसका सभापति उमेश थापाले विपद्ग्रस्त क्षेत्रमा विगतमा गरिएका कार्यक्रमहरुको अनुभवबाट सिक्दै उत्थानशिल समुदायहरुको निर्माण गर्न यो परियोजनाले मदत पुर्याउने अपेक्षा व्यक्त गर्नुभयो ।

थप जानकारीको लागि सम्पर्क : दिव्य राज पौडेल, सञ्चार प्रमुख ९८४१६९९०६८

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...