Monday, May 28, 2018

यलम्बर संगीत प्रतियोगिताको टिसर्ट सार्वजनिक

अन्तिम छनोट जेठ २६ मा हुने

एबिसि खबर

काठमाडौं । किरात राई कलाकार संघले यलम्बर संगीत प्रतियोगिताको चौथो संस्करणका लागि तयार गरेको टिसर्ट सार्वजनिक गरेको छ । आगामी जेठ २६ गते काठमाडौंमा अन्तिम स्पर्धामा नया किराती कलाकारहरुलाई उतार्न लागेको संघले काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरेर टिसर्ट सार्वजनिक गरेको हो ।
आइतबार ललितपुरको सातदोबाटोस्थित सुम्निमा कल्चर एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा टिसर्ट सार्वजनिक गर्दै अन्तिम चरणको छनोट जेठ २६ गते हुन लागेको संघका अध्यक्ष जनक राईले जानकारी दिए । विभिन्न क्षेत्रमा रहेको किरात राई समुदायका नया प्रतिभाहरुलाई अवसर प्रदान गर्ने उद्येश्यका साथ यो प्रतियोगिता सञ्चालन गर्न लागिएको उनको भनाई रहेको छ । अन्तिम प्रतिस्पर्धाका लागि ९ जना युवा पुस्ताका गायक गायीकालाई छनौट गरिएको भन्दै किराती कलाकारहरु अरु कलाकारहरु भन्दा पृथक वैचारिक चेत भएको कलाकारको रुपमा उत्पादन गर्न लागिएको अध्यक्ष राईले बताए । उनले भने ‘अबको कला र संगीतले जीवन र जगतको चेत बोकेर हिँडनु पर्छ । कला संगीतमा किराती सौन्दर्यता खोज्नु पहिलो काम हो ।’

कार्यक्रममा संघका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहाकार सदस्य वरिष्ठ गायक तथा संगीतकार जीतेन राईले किरात राईहरुले खेलाउँदै आएको संगीतका बारेमा बताउँदै साकेला संगीतको बारेमा जानकारी दिएका छन् । उनले कला संगीत भन्नु एउटा संवेदनाबाट उठेर सिँगो मानसिकतालाई बदल्न सक्ने शक्तिशाली हतियार भएको बताउँदै अहिले उठिरहेको पहिचानको आन्दोलनमा नया किरात राई कलाकारहरुले दर्विलो भूमिका प्रस्तुत गर्नु पर्ने विचार राखेका छन् । उनले कम्तिमा गीत संगीतको माध्यमबाट किराती राई जातिको इतिहास, संस्कृति, सभ्यताको संरक्षण गर्दै भावि पुस्तालाई यी विषयमा जानकार बनाउन सकिने बताए ।
कार्यक्रममा संगीतको माध्यमबाट हाम्रा संस्कृतिहरुलाई संरक्षण गर्न सकिने भएकाले कार्यक्रमको औचित्य पुर्ण रहने विचारहरु आएको थियो । यो प्रतियोगिताबाट गीत संगीतको माध्यमबाट किराती राई जातिको इतिहास, संस्कृति सभ्यता र समसामयिक विषयहरुलाई उजागर गरेर विश्व मानव समुदायमा पु¥याउने अभियानको रुपमा आयोजकले लिएको छ ।

जेठ ६ गते बाट पहिलो चरणको छनौट हुँदै हाल अन्तिम स्पर्धाको लागि नौजनाको सहभागिता रहेको प्रतियोगिताबाट विजयी हुनेहरुलाई पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः २५ हजार, ७ हजार ७ सय ७७ र ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार समेत दिइनेछ । उत्कृष्ट दर्शक छनोटबाट छानिएको एक जनालाई ३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार दिइने छ ।

एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा संघका पूर्व अध्यक्ष तथा गायिका पार्वती राई, किरात राई पत्रकार संघका अध्यक्ष भिम राई लगायतको उपस्थिति थियो ।
यसअघि प्रतियोगिताको भाग १, भाग २ र भाग ३ सम्पन्न गरिसकेको छ ।

सो अवसरमा यलम्बर संगीत प्रतियोगिताको लोगो अंकित टिसर्ट समेत सार्वजनिक गरिएको थियो । प्रतियोगीहरुलाई वितरण गरिएको उक्त टिसर्ट सुम्निमा कलेक्सनबाट प्रायोजन गरिएको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...