
नेपाल डे परेड २०१६ र नेपाल परेड २०१७ सफलताका साथ सम्पन्न गरि सकेको नेपाल डे परेड २०१८ भोली मे २० तारिख आईतबार मनाउने पर्ने छ । तर पनि सामाजिक संजालमा अझ पनि दोहोरी निरन्तर अविरल रुपले चलेको चलै छ । दुबिधा र अन्यौलता रहेता पनि नेपाल परेड डे २०१८ मनाउने पक्का भएको छ ।
एकता र जुटको लागि नेपाल परेड दिवस सफल बनाउन क्षेत्रीय संयोजक एनआरएनए गौरीराज जोशी उत्तर अमेरिका क्षेत्र, नवीन शेरचन क्षेत्रिय उप-संयोजक एनआरएनए उत्तर अमेरिका क्षेत्र ,डा. केशव पौडेल अध्यक्ष एनआरएनएनसीसी युएसए ,तथा रामहरि अधिकारी अध्यक्ष एनआरएनए युएसए, न्युयोर्क शाखाले सबैमा आग्रह गरेका छन् । न्यूयोर्कका दुई दर्जन वटा संघ/संस्था गयल हुने जानकारी सार्बजनिक गरेका छन् ।
यसका सबै बिकल्प र ढोका खोलिएता पनि एकता गाठो बुनिन सकिएको छैन । परेडले शान्तिपूर्ण नेपाली शक्ति प्रदर्शनका साथै नेपाली पहिचानलाई प्रवासमा जीवन्त राख्न सक्दछ भनि एनआरएनका पदाधिकारीले नेपाली समुदायलाई आग्रह गरेका छन् । न्यू योर्कका सकृय रहेका २८ वटा संस्था द्वारा आर्थिक अपारदर्शिता र ब्यक्तिवाद कारण देखाउदै सहभागिता नजनाउने भएका छन् ।
परेड आयोजक ईंक तीन जनाको नाममा दर्ता गरी परेडको नाउँमा जनजाति महासंघ फिप्नाको कर परिचय पत्र प्रयोग गरेर उठाएको रकम हिसाबकिताब नबुझाएकोले दुई दर्जन भन्दा ज्यादा संस्था बाहिरिने जनाएका छन् । अधिकांस संस्थाले आफ्ना आधिकारिक रुपमा छापा बिज्ञप्ति मार्फत सहभागिता नजाउने सूचना टास सामाजिक संजालको भित्तामा रंगाएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना), शेर्पा किदूग युएसए, मुस्ताङ किदूग युएसए, मनाङ किदूग युएसए, घ्याल्सुम्दो सेवा संस्था युएसए, गुरुङ (तमु) सोसाईटी अफ अमेरिका, मगर एशोसिएसन युएसए, ह्योल्मो सोसाइटी अफ अमेरिका, न्यू योर्क न्यूआ गुठी, युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका लगायत परेडमा भाग नलिने भनि खुलेआम सार्वजनिक गरेका छन् । तथापी न्यु योर्कमा रहेका अन्य संघ/संस्थाहरु सहभागी हुने भएको सामाजिक संजालमा,यत्र तत्र सर्बत्र छाएका छन् ।
नेपाल र नेपालीको परिचयात्मक कार्यमा फिप्नाको योगदान र सहभागिताको कदर गर्दै आफ्नो निर्णयलाई पुनर्विचार गर्न एनआरएनए आईसीसी, एनसीसी युएसएय एवं न्युयोर्क शाखा परिवार हार्दिक अनुरोध गरेका छन् ।
No comments:
Post a Comment