Saturday, May 19, 2018

पांचौ संस्करणको मिस्टर एण्ड मिस एसइइ आइडल –२०१८ को प्रतिभा प्रदर्शन सम्पन्न

कक्षा १० (एसईई) को अन्तिम परीक्षा समाप्त गरेर बसेका विद्यार्थीहरूलाई केन्द्रित गरि आयोजना गरिदै गरेको सौन्दर्य एबं बौदिक प्रतियोगिता ‘मिस्टर एन्ड मिस एसइइ आईडल २०१८’ को प्रतिभा प्रदर्शन सम्पन्न भएको छ ।

प्रतियोगिताका प्रतिस्पर्धीहरुले गायन, अभिनय, नृत्य, चित्रकला र वक्तृत्व कलामा आ–आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । निर्णायकमा मिस एसईई आईडल २०१६ सुनिला ढुंगेल, ट्रिनिटि ईभेन्टका सुदन थापा, मिस्टर ग्ल्यासियर ईश्वर श्रेष्ठ, टेक्सास कलेजका दिपक बास्तोला, ग्रेस ईभेन्टका सुरज थापा रहेका थिए ।

कार्यक्रमको आयोजना ट्रिनिटि मार्केिङ्ग तथा ईभेण्ट म्यानेजमेन्ट प्रा.लि.ले आयोजना गरेको हो । उक्त प्रतियोगितामा प्रतिभा प्रदर्शन (अडिसन )नेपाल अधिराज्यभरबाट १८ प्रतियोगीहरुले प्रतिस्पर्धा गर्दैछन ।

प्रतियोगितामा आकृती खतिवडा , सुरक्षा बस्नेत, निशा भण्डारी, प्रितीका बास्तोला ,अस्मिता पौडेल, पूजा तामाङ, मनिता खड्का , सुनिता नेपाल, रमुना विश्वकर्मा, रुपेश बस्नेत, अभिशान्त कार्की,यमर मगर, रोहन बिष्ट, प्रदिप कार्की, गगन कार्की सुभेक्षा मालाकार, टिना गुरुङ, सोना तिमल्शिना लगायतका छन ।

आगामी १२ जेष्ठमा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरिने अन्तिम प्रतिस्पर्धाबाट ‘मिस्टर एन्ड मिस एसईई आईडल २०१८’ को चयन गरिने आयोजक संस्थाका अध्यक्ष सुनिता साबित्री ढुंगानाले अमेरिका बाट संचालित ईनेप्लिजलाई बताईन। प्रतियोगिताको नृत्यकला निर्देशन नमिता भण्डारीले गरिरहेकी छिन्।

मिस्टर एण्ड मिस एसइइ आइडल –२०१८ को पांचौ संस्करणका सहभागीहरुले राजधानीको पेन्टागन कलेजमा छात्रवृत्ति पाउने बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...