Wednesday, May 23, 2018

नेपाल प्रहरीद्वारा हेलिप्याड निर्माण

रसुवा, जेठ ९ गते । नेपाल प्रहरीको सक्रियतामा धुञ्चेमा नयाँ हेलिप्याड निर्माण भएको छ ।जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीको सक्रियतामा आफ्नो कार्यालयको माथिल्लो भागमा एमआई हेलिकोप्टरसमेत अवतरण गर्न सक्ने हेलिप्याड निर्माण गरिएको छ ।

पहिलो पटक अल्टिच्युड एयरको हेलिकोप्टर अवतरण गराई सफल परीक्षण समेत गरिएको छ ।

नयाँ हेलिप्याडबाट अब गम्भीर बिरामी तत्काल काठमाडाँै लान, आकस्मिक परेका जो सुकै पनि हवाई मार्गबाट आवतजावत गर्न र राति हेलिकोप्टर राख्नुपरेमा सहज रुपले सुरक्षा दिनसमेत सहज भएको प्रहरी निरीक्षक ध्रुव सिलवालले बताउनुभयो ।

तत्कालीन जिल्ला पञ्चायतद्वारा २०३९ सालमा हेलिप्याड तथा खेल मैदानको प्रयोजनका लागि भनी निर्मित मैदानमा विगतका प्रशासकद्वारा हेलिकोप्टर बसाउन रोक लगाइएको थियो ।

मंगलबार मध्याह्न आफूले पहिलो पटक सो हेलिप्याडमा हेलिकोप्टर अवतरण गराएको र हेलिप्याड उपयुक्त भएको अल्टिच्यूड हेलिकोप्टरका पाइलट एवं उडान व्यवस्थापक सोवित गौतमले बताउनुभयो । हेलिप्याडमा जानका लागि स्वास्थ्य मन्त्रालयको सहमतिमा जिल्ला स्वास्थ्य कार्यालय रसुवाको परिसरबाट करीब ५०० मिटर नयाँ सडक पनि निर्माण भएको बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...