Wednesday, May 23, 2018

भक्तपुरमा टिपरले स्कुटरलाई ठक्कर दिँदा तीनजनाको घटनास्थलमै मृत्यु

भक्तपुर, जेठ ९ । भक्तपुरको नलीनचोकमा बुधबार टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

काभ्रेको साँगाबाट काठमाडौंतर्फ जाँदै गरेको बा३ख ६६७४ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा५६प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा मध्यपुरथिमि नगरपालिका–१, लोकन्थली बस्ने ५० वर्षीय स्कुटरचालक हरिबहादुर कटुवाल, सोही ठाउँ बस्ने ४२ वर्षीया सबिता घिमिरे र उनका १३ वषीय छोरा अरबिन घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि टिपरचालक फरार छन् भने टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक तीनजनाकै शव अहिले भक्तपुर अस्पतालमा राखिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...