Tuesday, May 1, 2018

समृद्धि र समुन्नतिको जनअपेक्षा पूरा गर्नुपर्छः दाहाल

काठमाडौँ, वैशाख १८ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थिरता, विकास तथा समृद्धि र समुन्नतिको जनअपेक्षा पूरा गर्नुपर्ने बताउनुभएको छ ।

बबरमहलस्थित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको केन्द्रीय कार्यालय भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै अध्यक्ष दाहालले अब विकास र निर्माणले गति लिने विश्वास व्यक्त गर्नुभयो । जनयुद्ध र शान्ति प्रक्रियामार्फत देशमा ठूलो राजनीतिक परिवर्तन ल्याउन आफूले नेतृत्व गरेको उल्लेख गर्दै उहाँले जनताको अपेक्षानुसार काम गर्ने अवसर प्राप्त भएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “जनताको अपेक्षाअनुसार काम गर्ने अवसर प्राप्त भएको छ, अब विकास तथा समृद्धि र समुन्नतिको जनअपेक्षा गर्ने जिम्मेवारी पूरा गर्नुपर्छ ।” उहाँले जनताका अपेक्षा पूरा गर्न कर्मचारीको महत्वपूर्ण भूमिका हुने भएकाले त्यसलाई स्मरण गरेर आआफ्ना जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

जनताले वामपन्थीलाई मुलुकको समृद्धिका लागि दुई तिहाइ मत दिएको स्मरण गराउँदै अध्यक्ष दाहालले जनताले दिएको अवसरलाई सदुपयोग गरेर अघि बढ्नुपर्ने बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले बदलिँदो परिवेशअनुसार आफूलाई बदल्न कर्मचारीलाई सुझाव दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...