रत्ननगर १८ बैशाख ।
दिग्दर्शन युवा क्लब रत्ननगर १५ माधवपुरको आयोजनामा आज तेस्रो बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्लबका अध्यक्ष बालकृष्ण पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा ८९ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सांसद कञ्चन खनाल, कार्यक्रमका विशिष्ट अतिथि रत्ननगर नगरपालिकाका नगरप्रमुख नारायण वन, वडा नं. १५ का हुमनाथ लामिछाने, संस्थापक अध्यक्ष द्रोणप्रसाद लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

No comments:
Post a Comment