Tuesday, May 1, 2018

कालिकामा सरसफाई कार्यक्रम

खोलेसिमल १८ बैशाख ।
चितवनको कालिका नगरपालिका वडा नं. ६ स्थित शिव पञ्चाङ्ग टोल विकास संस्थाको आयोजनामा आजबाट फोहोर व्यवस्थापन अभियान कार्यक्रम सुरु भएको छ । संस्थाका अध्यक्ष नन्दलाल लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कालिका वडा नं. ६ का वडा अध्यक्ष विनोद रेग्मीले नगरलाई स्वच्छ, सफा र हराभरा बनाउन सबै टोल विकास संस्थाका सदस्यहरुले कम्तिमा हरेक हप्ता आफ्नो गाउँ टोल सरसफाई गर्नु पर्ने बताउदै नगरपालिकाबाट आवश्यक सहयोग सदैव रहने समेत उनले बताए ।

स्थानीय टोलबासी, खोलेसिमल प्रहरी बिटका प्रहरीहरु र स्थानीय समाजसेवीको उपस्थिति रहेको कार्यक्रममा रेडक्रसग्राम स्कूलदेखि कमलचोकसम्म सरसफाई समेत गरिएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...