Friday, May 25, 2018

आँधीखोलामा डुबेर एकको मृत्यु

वालिङ, स्याङ्जा, ११ जेठ:आँधीखोलामा डुबेर आज दिउँसो एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जाको भिरकोट– ३ रिजुका ६५ वर्षीय खोंचबहादुर खत्री रहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
आज बिहान घरबाट औषधि लिन बयरघारी बजारतर्फ आउने क्रममा आँधीखोलामा उनी मृत अवस्थामा फेला परेका हुन् ।
स्वास्थ्य परीक्षणका लागि उनको शव वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइँदै छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...