Tuesday, May 22, 2018

गठबन्धनको ऐतिहासिक एकताले मुलुकको विकास सहयोग पुग्छ : नेता गौतम

काठमाडौँ, ८ जेठ : नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालय सदस्य वामदेव गौतमले गठबन्धनको ऐतिहासिक एकताले मुलुकको विकास र जनताको समृद्धिका लागि सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।

युवा संघ नेपालको नवनिर्वाचित तथा पुनः गठित कमिटीलाई शपथग्रहण गराउनका लागि आज आयोजित कार्यक्रममा उहाँले एकतालाई मजबुत बनाउन उक्त गठबन्धनका विभिन्न जनवर्गीय संगठन तथा त्यसका नेतृत्वको योगदान तथा सहयोगको अपेक्षा गर्नुभयो ।

केन्द्रीय कमिटी सदस्यहरु महेश बस्नेत, दिलु पन्त र निरज आचार्यले गठबन्धनको एकता जनताको चाहना र समयको माग भएको बताउँदै यसले मुलुकलाई स्थायित्व र प्रगतिका लागि अवसर प्रदान गरेको बताउनुभयो । उहाँहरुले उक्त संगठनले अब वाइसिएलसँग एकता गरी युवा सशक्तीकरणका लागि भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

संघका अध्यक्ष रमेश पौडेलको अध्यक्षतामा बसेको संघको बैठकले एकता अगाडि संगठनअन्तर्गतका कुनै पनि कमिटी गठन तथा पुनः गठन जगरिने निर्णय गरेको महासचिव नरेश शाहीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...