Tuesday, May 22, 2018

सुन तस्कारीकान्डमा पक्राउ परेकामध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

विराटनगर, जेठ ८ । मोरङ जिल्ला अदालतले साढे ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकामध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने र दुईजनालाई तारेखमा छाड्ने आदेश दिएको छ ।

न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले ११ दिनसम्म दुवैतर्फको थुनछेक बहस सुनेपछि मंगलबार यस्तो आदेश दिएको हो ।

थुनामा पठाइएकाहरुमा पूर्वडीआइजी, बहालवाला एसएसपीदेखि सुन व्यापारीसम्म रहेका छन् । उनीहरुलाई जिल्ला कारागार मोरङ चलान गरिएको छ ।

प्रहरीजवान अमरबहादुर थापालाई साधारण तारेख र प्रहरी हवल्दार विष्णबहादुर खड्कालाई १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश पनि अदालतले दिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...