Saturday, May 26, 2018

सगरमाथा नेपालको पहिचान र गौरव : प्रचण्ड

काठमाडौं, १२ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा शनिवार बिहान राजधानीमा रक्तदान कार्यक्रमको उद्घाटन गरेका छन् ।

सगरमाथा आरोही संघद्वारा आयोजित उक्त कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सगरमाथा नेपालका पहिचान र गौरव भएको बताए ।

उनले विश्वको सर्वोच्च शिखर सगरमाथामा तेन्जिङ नोर्गे र एडमण्ड हिलारीले आरोहण गरेपछि विभिन्न कीर्तिमान कायम भएको उल्लेख गरे ।

आरोहणका क्रममा धेरै मानिसले जीवनको उत्सर्ग पनि गरेको बताउनुहुँदै आरोहण अभियानबाट प्रकृतिसँग मानिसको सम्वाद वा अन्तर्क्रिया बेजोड रहेको आभाष भएको अध्यक्ष प्रचण्डको भनाई थियो ।

‘नेपाल राष्ट्र र नेपाली जनताको इतिहासमा सगरमाथाले संस्कृति, सभ्यता, एकता र गौरवलाई मात्र होइन विश्वभरिका जनताको एकता र गौरवलाई पनि आफ्नो प्रक्रियामा सामेल गराएको छ,’ अध्यक्षले भने ।

उनले सगरमाथा आरोही संघले मानव सेवा र सामाजिक सेवामा आरोहीहरुको योगदानलाई स्थापित गरेको भन्दै उक्त कार्यको प्रशंसा गरे ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...