काठमाडौँ, १२ जेठ । काठमाडौंबाट डडेल्धुराको लागि छुटेको उग्रतारा यातायातको बा ४ ख ८४९२ नम्बरको यात्रुवाहक बसमा गुडिरहेकै अवस्थामा आगो लागेको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत बर्दियाको बासगढी नजिकै ओभरट्याक गर्ने क्रममा बसको अगाडिको चक्कामा लागेको आगो फैलँदा बस पूर्ण रुपमा जलेको छ । बसमा सवार यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ । तर, यात्रुहरुका समान गाडीसँगै जलेर नष्ट भएका छन् । दमकल समयमा नपुग्दा गाडी पूर्णरुपमा जलेको बताइएको छ ।
नेपालमै पहिलोपटक डडेल्धुराको उग्रतारा सार्वजनिक यातायातले केही महिनाअघि शौचालय र चमेनागृहसहितकोे अत्याधुनिक बस सञ्चालनमा ल्याएको थियो ।
यसअघि गत माघ २४ गते काभ्रेको धुलिखेलमा पनि गुडिरहेकै अवस्थामा बसमा आगो सल्केको थियो । बनेपाबाट भकुण्डेबेंसीतर्फ जाँदै गरेको हिमाल तराई यातायातको बा ३ ख ३२७० नम्बरको बसमा सल्केको आगोले बस क्षतिग्रस्त भएको थियो । त्यहाँ पनि यात्रु जोगिन सफल भएका थिए ।
त्यसैगरी, ०७३ वैशाख १८ गते नेपालगञ्जबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख ६९५ नम्बरको यात्रुवाहक बसमा पनि आगो सल्केको थियो । तर, आगो फैलन नपाउँदै प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिएका थिए
No comments:
Post a Comment