Monday, May 21, 2018

बेवसाइट डिजाइनरलाई ज्यान मार्ने धम्कि , घटनमा प्रहरीकै मिलेमतो

विराटनगर , बैशाख ६
बिराटनगर महानगर वडा नम्वर ८ मा रहेका वेबसफट नेपालका प्रा लिका प्रोपराईटर भवेश मण्डलले आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर आफु र आफनो परिवार असुरक्षित भएको बताएका छन ।
 बैशाख २२ गते शनिवार बेलुका १० शिरोमणी कटुवाल भन्ने रन्जन पासवानले अपराधिक मानसिकताका साथ आफुलाई जहाँ भेटेपनि ज्यान मार्ने लगायतका विभिन्न धम्की तथा कार्यलयमा भएको अन्दाजी २ लाख बराबरको सामान तोडफोड गरेको तर प्रहरी बाट अपराधी संरक्षित भएको आरोप पनि लगाउनुभयो ।
घटना भए देखि प्रहरीमा सम्पर्क र उजुरी दिदा समेत  पनि प्रहरीले चासोका नदिएको र स्थानिय राजनैतिक दलको मिलेमहतोमा घटना गराएको आरोप पत्रकार सम्मेलनमा गराइएको थियो । स्थानिय प्रहरी चौकी  हाटखोला प्रहरीले कुनै कारवाही गरी राजनैतिक संरक्षणमा दोषीलाई छोडेको प्रोपराईटर मण्डलले बताउनुभयो ।  उहाँले आफनो ज्यु ज्यानको जोखिम रहेको र दोषीलाई कानुनी दायरामा ल्याएर अगाडि बढनुपर्ने आफनो माग रहेको सो अवसरमा जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...