Monday, May 21, 2018

लाउरेको र्याप जस्ताको त्यस्तै गाउने यी बालक कक्षामा सधैँ प्रथम [हेर्नुहोस् भिडियो]

पिएनपिखबर, भक्तपुर। कुनै पनि देशको भौतिक विकास र त्यस देशको आर्थिक उन्नतिको पहिलो आधार भनेको शैक्षिकव्यावस्थापन नै हो । देशको शिक्षा नीति र त्यसको कार्यान्वयनबाट नै त्यस देशको सबै अवस्था बुझ्न सकिन्छ । शिक्षा नै सबै विकासको मुहान हो । साच्चै भन्ने हो भने सानो बच्चाको भविष्य नै गुणस्तरीय शिक्षामा निर्धारित भएको हुन्छ।

उग्रतारा-४, जनागाल स्थित नाइटिङ्गल एकेडेमी उ.मा.वि.को शिक्षा प्रणालीको बारेमा कुरा गर्ने हो भने विद्यार्थीहरुलाई पढाईको क्रममा आवश्यक पर्ने हरखालको सुबिधाहरु सहजै उपलब्ध भएको पाइन्छ। विद्यार्थीहरु किताबी ज्ञानमा मात्र होइन अरु थप गतिविधिहरूमा पनि उत्तिकै प्रतिभाशाली छन्।

त्यस्तै प्रतिभाशाली विद्यार्थी मध्य एक हुन् क्रिस यादव। नाइटिङ्गल एकेडेमी उ.मा.वि. मा कक्षा ६ मा अध्ययनरत क्रिस पढाईमा मात्र होइन अरु गतिविधिमा पनि उत्तिकै अब्बल छन्। निलो रंगको शर्ट, खैरो रंगको प्यान्ट र पहेलो रव निलो धारको भएको टाई लगाएर चिटिक्क परेका क्रिस कक्षामा सधै प्रथम हुन्छन्। उनकी आमा पनि सोहि विद्यालयमा शिक्षिकाको रुपमा काम गर्छिन्। उनका पिता पनि शिक्षक नै हुन्। शिक्षक शिक्षिकाकै सन्तान भएर पनि होला उनको पढाई निकै राम्रो भएको। विद्यार्थीलाई विद्यालयको पढाईमात्र पर्याप्त हुँदैन। घरमा पढ्ने वातावरण छ भने मात्र विद्यार्थीको पढाई अझै निखारीदै जान्छ।

लेखाई र पढाईमा अब्बल क्रिस कम्प्युटरमा प्रिजेनटेसन पनि मज्जाले गर्छन्। उनले ‘स्ट्रक्चर अफ द अर्थ’ नामक प्रिजेनटेसन तयार पारेर सबैलाई चकित पार्दिएका छन्। सानै उमेरमा आफैले यस्तो प्रिजेनटेसन तयार पार्न सजिलो पक्कै छैन त्यसैले पनि उनको प्रिजेनटेसन पनि तारिफ योग्य नै छ।

पढाईमा तिक्ष्ण क्रिस भविष्यमा डाक्टर बन्न चाहन्छन्। उनी भन्छन्, ‘डाक्टर बनेर मा देशको सेवा गर्नेछु। ‘

पुलबजार, बनेपाका वासिन्दा क्रिस सानै देखि नाइटिङ्गल एकेडेमी उ.मा.वि.मा नै पढेका हुन्। त्यसैले पनि उनी आफ्नो विद्यालय र विद्यालयको शिक्षण बारे खुलेर प्रसंशा गर्छन्। त्यति मात्र होइन उनले एउटा लेख तयार पारेका छन् जसमा उनले आफ्नो विद्यालयको खुलेर प्रसंशा गर्दै नेपालमा शिक्षण प्रगतिको बारेमा बिस्तृत रुपमा लेखेका छन्।

उनले लेखेको लेखमा उनले विद्यालयको शिक्षण प्रणालीको बारेमा चर्चापरिचर्चा गरेका छन्। उनको लेखमा उनले आफ्नो विद्यालयको प्रसंशा गर्दै सरकारी विद्यालयमा भन्दा पनि बढी निजी विद्यालयहरूमा विद्यालयमा धेरै सरसुबिधा, पढाईमा सरलता, किताबी ज्ञान भन्दा पनि बाहिरी ज्ञानमा जोड दिएर पढाईने कुरा व्यक्त गरेका छन् । हुन त आजकाल गुणस्तरीय शिक्षा भन्दा पनि व्यवसायिकमुखी बन्दै छन् विद्यालयहरु। तर नाइटिङ्गल एकेडेमी उ.मा.वि. विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनसकेमा विद्यालयले आफै आम्दानी गर्छ भन्ने कुरामा विश्वाश गर्छ ।

निजी विद्यालयको शुल्कका कुरा, पाठ्यक्रमका कुरा, मूल्याङ्कन प्राणालीका कुरा र समग्र पारदर्शिताको मुद्धा निकै ठूलो महाभारत भएको छ । यो सब कुरालाई वेवास्ता गर्दै गुणस्तरीय शिक्षाको कुरा गर्ने हो भने प्रतिवर्ष एसईईको रिजल्टले नै निजि विद्यालयको शिक्षाको अवस्था छर्लङ्ग देखिन्छ ।

अचेल हाम्रो शिक्षा प्रणालीले व्यक्तिगत पहल, अनुसन्धान र रचनात्मकतामा प्रोत्साहन गरेको पाइन्छ | विद्यार्थीहरुलाई परिक्षा मार्फत मापदण्ड गरिन्छन् भने उनीहरुमा भएको सिप र कार्यकौसलाताले उनीहरुको भविष्य निर्धारित गर्छ। त्येसैले पनि विद्यार्थीमा किताबी ज्ञान मात्र नभई अरु एक्स्ट्रा बाहिरी ग्यान हुन पनि अति आवश्यक छ। व्यक्तिगत तथा व्यवसायिक रुपमा विकास गर्न र सम्भावित अवसरलाई वडावा दिन अहिलेको शिक्षा प्रणालले निकै सहयोग पनि गरेको छ।

हेर्नुहोस् भिडियो :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...