Monday, June 4, 2018

विश्वकप फुटबल आयोजक रुसद्वारा टिम घोषणा, को–को छन् टिममा ?

मस्को, २१ जेठ । विश्वकप फुटबल आयोजक राष्ट्र सुरुले आफ्नो अन्तिम टोली घोषणा गरेको छ । रुसले विश्वकपका लागि घोषणा गरेको २३ सदस्यीय टोलीमा अधिकांश खेलाडी रुसकै लिगका विभिन्न क्लबबाट खेल्छन् ।

टोलीमा आउँदो जुलाईमा ३९ वर्ष लाग्ने डिफेन्डर सर्गेइ इग्नाशेविच पनि परेका छन् । उनले चोटग्रस्त रुस्लान काम्बोलोवको ठाउँ लिएका हुन् ।

टोलीमा युरी जहिर्कोभ र अ्रटेम डिज्युबा, एलन डिज्यागोभ, इगोर एकिन्फेभ जस्ता स्टार खेलाडी छन् । रुसको टोलीमा जुम्ल्याहा दाजुभाइ पनि परेका छन् ।

एलेक्सी र एन्टोन मिरान्चुक टोलीमा परेका छन् । उनीहरू सन् २००६ पछि विश्वकप खेल्ने पहिलो जुम्ल्याहा दाजुभाइ हुनेछन् । सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा स्वीट्जरल्याण्डका जुम्ल्याहा फिलिप र डेविड डिगेनले विश्वकप खेलेका थिए ।

रुसले जुन १४ मा विश्वकपको उद्घाटन खेलमा साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । समूह ए मा रहेको रुसले अरु खेलमा इजिप्ट र उरुग्वेको पनि सामना गर्नेछ ।

सुरुको टिममा गोलरक्षकमा इगोर एकिन्फेभ, भ्लादिमिर गाबुलोभ र एण्ड्री लुनेभ चयन भएका छन् ।

डिफेन्डरसमा भ्लादिमिर ग्रानाट, फेडोर कुड्रयाशोभ, इल्या कुतेपोभ, एण्ड्री सेमेनोभ, सर्गेइ इग्नाशेभिच, मारिओ फर्नान्डेस, इगोर स्मोल्निकोभ तथा मिडफिल्डरसमा युरी गजिन्स्की, एलेक्ससान्ड्र गोलोभिन, एलन डिज्यागोभ, एलेक्ससान्ड्र एरोखिन, युरी झिर्कोभ, डालेर कुज्याभ, रोमन जोब्निन, एलेक्ससान्ड्र सामेडोभ, एन्टोन मिरान्चुक, डेनिस चिरिशेभ चयन भएका छन् ।

फरवार्डसमा अ्रटेम डिज्युबा, एलेक्सी मिरान्चुक र फेडोर स्मोलोभ छनौट भएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...