Tuesday, June 5, 2018

यक खुमन अधिकारी र गायिका कोपिला छिनालको “मायाको अभाव” सार्बजनिक

रोशन पोखरेल , काठमान्डौ
गायक खुमन अधिकारी  र गायिका कोपिला छिनालको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत  “मायाको अभाव” सार्बजनिक भएको छ। सर्वोकृष्ट सिर्जना आम दर्शक तथा स्रोता माझमा पुयाएर नेपाल्ी संगीतको जर्गेना गर्नेक्रममा यस पटक मायाको अभाव गीतलाई बजारमा ल्याएको र त्यसलाई लोकपारखी श्रोताले निकै माया गर्ने अपेक्षा खुमनले लिएको बताए ।
समर्पित मन पुष्कलको लय रहेको यस गीतमा शब्द भने लोकेन्द्र ओली , तिलक बहादुर ओली र शिव कुवँर समिपको रहेको छ । शिव दर्शन म्युजिक कम्पनी मार्फत बजारमा सार्बजनिक भएको गीतमा मायाको अभावमा भोगीएको पिडालाई ब्यक्त गरिएको छ ।
भिडियोलाई सागर गौत्तमले छायाँकन , प्रविन रश्मी मगरले सम्पादन गरेका हुन । भिडियोमा भौतारिएका मायालु जोडीको भुमिकामा सागर थापा र मिना मगरलाई देख्न सकिन्छ ।  गीतमा ब्यक्त भावहरुलाई यर्थाथ रुपमा चित्रण गर्नको लागी काजिश श्रेष्ठले निर्देशन गरेका हुन ।
हेर्नुहोस भिडियो ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...