Friday, June 1, 2018

बजेटका विषयमा अर्थमन्त्रीले राष्ट्रियसभामा जवाफ दिदै

काठमाडौँ, १८ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रियसभाको आजको बैठकमा आव २०७५/७६ को राजश्व र व्ययको अनुमानमाथिको सामान्य छलफलमा सदस्यहरुले उठाउनुभएका विषयमा जवाफ दिनुहुने भएको छ ।

बिहीबारदेखि राष्ट्रियसभामा आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएकामा आज छलफल सकिएलगत्तै अर्थमन्त्रीले जवाफ दिनुहुने कार्यसूचिमा उल्लेख रहेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्को संयुक्त सदनमा यही जेठ १५ गते बजेट प्रस्तुत गर्नुभएको थियो । बिहीबारको छलफलमा २२ जना सदस्यले भाग लिनुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...