Friday, June 1, 2018

सामुदायिक विद्यालयलाई शुल्क विवरण बुझाउन आग्रह

तुलसीपुर, १८ जेठ । तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिले सामुदायिक विद्यालयहरुलाई शुल्क विवरण वुझाउन आग्रह गरेको छ ।

सामुदायिक विद्यालयहरुले विभिन्न वहानामा शिक्षा ऐन विपरित शुल्क लिएको भन्ने सुन्नमा आएकाले तत्काल त्यस्तो कार्य रोक्नका लागि आग्रह गरेको हो ।

उपमहानगरपालिका शिक्षा समितिका संयोजक देवराज विकको अध्यक्षतामा बसेको बैठकले जेठ २३ गतेसम्म अनिवार्य रुपले सम्पूर्ण विवरण बुझाउन आग्रह गर्ने निर्णय गरेको हो । वैठकले विद्यालयमा शुल्क उठाउने आधार, शिर्षक र प्रक्रियाका बारेमा स्पष्ट पार्न समेत आग्रह गरेको छ । शिक्षा नियमावली २०५९ को नियम १४७ र अनुसुची २२ वमोजिम प्रक्रिया पु¥याएर जानकारी दिनका लागि आग्रह गरिएको छ ।

यसैगरी कतिपय संस्थागत विद्यालयहरुले पारदर्शी विना शुल्क लिएकोमा आपत्ति जनाउँदै सम्पूर्ण शुल्कको विवरण बुझाउन समेत आग्रह गरिएको छ । बैठकले छात्रवृत्ति वितरण गर्दा पारदर्शी रुपमा गर्नुपर्ने कुरा समेत उल्लेख गरेको छ ।

हरेक वर्ष संस्थागत विद्यालयहरुले छात्रवृत्ति घोषणा गर्दा जनप्रतिनिधिको रोहवरमा मात्रै घोषणा गर्नुपर्ने उल्लेख गरिएको छ । बैठकले सम्पूर्ण संस्थागत विद्यालयहरुलाई जेठ ३० गतेसम्म यो आर्थिक वर्षको शुल्क विवरण वुझाउन समेत आग्रह गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...