Monday, June 4, 2018

छड्के जाँच गर्न कृषिमन्त्री कालिमाटी तरकारी बजार पुग्दा जे देखियो…

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले काठमाडौंस्थित कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेका छन्। किसान र आम उपभोक्तालाई मारमा पार्ने खालका गतिविधि संचालन भईरहेका बेला मन्त्री खनाल कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौंधरीसहित सोमबार बिहान करिव २ घण्टा कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेका छन्।

अनुगमनकै क्रममा उनले किसानको पहिचान गरेर मात्रै पसलका लागि स्टक उपलब्ध गराउन कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका पदाधिकारीलाई निर्देशन दिए। उनले गुणस्तरहिन फलफूल तथा तरकारी राख्ने स्टल तत्काल हटाउन पनि समितिलाई सचेत गराए।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...