Monday, June 4, 2018

‘सम्पत्ति दुर्व्यसनी’ भन्दै जीवनमा जाडरक्सी सेवन नगरेको मलाई सुधार केन्द्रमा लगि दिशापिसाब कोच्याइयो: सबिना कार्की [भिडियो सहित]

सन्दीप खत्री

काठमाडौँ: लागुपदार्थ सेवन गर्ने दुर्व्यसनीहरुलाई सुधार केन्द्रमा उपचारको लागि राखिएको घटना त सबैलाई थाहा भएकै कुरा हो। तर सम्पत्तिको दरुपयोग गरेको भनि एक महिलालाई सम्पत्ति दुर्व्यसनीको नाममा सुधार केन्द्रमा लगि यातना दिएको घटना बाहिर आएको छ।

बसुन्धरा निवासी सबिना कार्कीले ‘फेथ रिह्याब सेन्टर’ भैंसेपाटीमा आफु लगायत अन्यलाई चरम यातना दिइएको बताएकी छिन। कार्कीले आफुलाई सुधार केन्द्रमा दिशापिसाब कोच्याउने समेत गरेको दावी गरेकी छिन। यतिसम्मकी सुधार केन्द्रको संचालकले शौचालयको प्यानसमेत चाट्न लगाएको उनले बताइन।

सुधार केन्द्रमा महिला र पुरुषलाई एकै स्थानमा राख्न कानुनत पाइदैन तर सबिना कार्की भने सुधार केन्द्रमा आफुलाई बेहोस बनाई पुरुषहरुले मुखमा पिशाब गर्ने गरेको समेत बताउछिन।

बाँके नेपालगञ्ज स्थायी घर भएका आफ्नै श्रीमान नरेन्द्र शर्माले आफूलाई ८ महिनासम्म यातना दिइ सुधार केन्द्रमा लगेकोमा अपराधमा सलंग्न मुख्य अभियुक्तहरुले अदालतबाट सफाई पाएकोप्रति कार्कीले आपत्ति समेत जनाएकी छिन । श्रीमान सहित परिवारको सदस्यले आफुलाई मार्ने षडयन्त्र रचेतापनी आफु बाच्न सफल भएको उनले बताइन ।

दूई सन्तानकी आमा समेत रहेकी पीडित कार्कीले आफूलाई श्रीमानले आठ महिनासम्म चरम शारिरीक यातना दिएको बताउँदै भनिन्, ‘न्यायको लागि न्यायालय जाँदा यस्तो जघन्य अपराधमा संलग्न अभियुक्तहरुलाई छुट्कारा दिईयो, अपराधीहरुलाई जतिसक्दो छिट्टो पुनः कानुनि कठघरामा उठाउनुपर्यो।’

जर्मनीमा रोजगार गरि विभिन्न समस्याको कारण नेपाल फर्किएका आफ्नो श्रीमानलाई मासिक रुपमा १ लाख रुपैया आउने गरेको र अरु केटीसँग लागि आफू लगायत छोराछोरीलाई पनि बेवास्ता गरेर पैसाजति क्यासीनोमा सकाएर चरम यातना दिँदै आएको उनले दुःखेसो पोखिन् ।

पीडित कार्कीले भावुक हुदै भनिन, ‘२०७२ सालको भूकम्पपछि श्रीमान र मुक्ता गुरुङ भन्ने केटी भएर आफूलाई मार्ने प्रयास समेत गरेका थिए, र उजुरी गर्न जाँदा मलाई उल्टै कुटे । म अधिकार खोज्न नेपालगन्ज जाँदा सिडिओले निवेदन नै दर्ता गर्न मानेन ।” उनले आफुलाई यातना दिनेमा सुवास खड्का, सुधिर अधिकारी, विकु शेर्पा, सुनिल महर्जनको नाम लिएकि छन ।

कलाकारिताको शौखिन रहेकी उनी हाल विभिन्न म्युजिक भिडियो र टेली-शृंखलामा अभिनय गरि दुई छोराछोरीलाई लालनपोषण गरिरहेको बताउछिन । नेपालमा संचालित सबै सुधार केन्द्र सबिना कार्कीले भनेजस्तै अपराधिक किसिमका त हुदैनन्। यद्यपि सुधार केन्द्रमा यस्ता अपराधिक घटना हुन्छन भने अपराधीलाई कानुनि कठघरामा उभ्याएर सजाय दिन सम्बन्धित निकायको बेलैमा ध्यान पुग्नु जरुरी छ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...