Sunday, June 3, 2018

आइतबारको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ, २० जेठ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णयहरु गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले काठमाडौँ–तराई दु्रतमार्ग निर्माण कार्यविधि स्वीकृदेखि फेरि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्नेसम्मका निर्णय गरेको हो ।

बैठकले फास्ट ट्रयाक निर्माण कार्यविधि २०७५ स्वीकृत गरेको छ भने जिल्ला प्रशासन, ईलाका प्रशासन, सिमा सुरक्षा, अध्यागमन लगायतका कार्यालय व्यवस्थित बनाउन, छिटो छरितो काम गर्न संगठन र दरबन्दी समेत स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

यसैगरी, बैठकले प्रशासकीय अदालत सम्बन्धि विधेयक पनि स्वीकृत गरेको छ । मन्त्रिपरिषदबाट स्वीकृत भएको यो विधेयक सरकारले अब सदनमा लैजानेछ ।

यस्तै, बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को सम्मेलन आउँदो भदौमा गर्ने निर्णय गरिएको छ । भदौको १४ र १५ वा २१ र २२ मा सम्मेलन गर्ने प्रस्ताव गरिएको हो । सदस्य राष्ट्रहरुसँग समन्वय गरेर यी दुई मध्ये एउटा मिति तय गर्ने सरकारको तयारी छ । गएको बिहीबार मात्रै विमस्टेकका महासचिब सहिदुल इस्लामले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाट गरेका थिए । भेटमा प्रधानमन्त्री ओलीले केही समयभित्रै नेपालमा विमस्टेकको सम्मेलन गर्ने प्रतिवद्धता जनाएका थिए ।

आइतबारको मन्त्रिपरिषद बैठकले विद्यार्थी भर्ना अभियान फेरि सञ्चालन गर्ने निर्णय पनि गरेको छ । गएको बैशाखमा शुरु गरिएको भर्ना अभियानपनि पनि ५६ हजार विद्यार्थी विद्यालय बाहिरै रहेको पाइएपछि सरकारले फेरि भर्ना अभियान थाल्ने निर्णय गरेको हो ।

बैशाखको भर्ना अभियानमा देशभर ३ लाख १३ विद्यार्थी विद्यालयको पहुँचमा पुगेका छन् । बाँकी ५६ हजारमध्ये सबैभन्दा धेरै प्रदेश नम्बर २ मा रहेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...