Sunday, June 3, 2018

आत्मसमर्पण गरेका छिरिङ जेल चलान

विराटनगर, जेठ २० । साढे ३३ किलो सुनकाण्डका मुख्य अभियुक्त मध्येका छिरिङ वाङ्गेल घले जेल चलान भएका छन् ।

जिल्ला अदालत मोरङको फैसला अनुसार छिरिङलाई पुर्पक्षका लागि मोरङ कारागार लगिएको छ । उनी अर्का अभियुक्त भुजुङ गुरूङका साला पनि हुन् ।

बिहान अदालतमा आत्मसमर्पण गरेलगत्तै घलेले इन्कारी बयान दिएका थिए । बयानमा छिरिङले सुन तस्करीमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका हुन् ।

तर मूख्य अभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’ले भने सुन तस्करीको सेटिङ मिलाउने काम छिरिङले गरेको र उनकै मातहतमा आफूले भरियाको नेतृत्व गरेको बयान दिएका थिए ।

बिहान ११ बजेपछि सुरु भएको बयानमा छिरिङले गोरे लगायतको समूहले आफूलाई फसाउन झुटो बयान दिएको आरोप समेत लगाए ।

आफू डा. डेविट नभएको दाबी गर्दै उनले गोरेले भनेको छिरिङ अर्कै हुनसक्ने तर्क पनि गरेका थिए ।

गृह मन्त्रालयलबाट गठित छानबिन समितिको अनुसन्धानका आधारमा जिल्ला अदालत मोरङमा ६३ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...