Saturday, June 2, 2018

नेपाल वायु सेवा निगमद्वारा काठमाडौँ–ताप्लेजुङको हवाई भाडामा वृद्धि

ताप्लेजुङ, १९ जेठ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले काठमाडौँ–ताप्लेजुङको हवाई भाडा वृद्धि गरेको छ ।

यसअघि रु पाँच हजार ३३० भाडादर रहेकामा अहिले रु एक हजार ८६५ बढाएर रु सात हजार १९५ पुर्‍याइएको निगमका ताप्लेजुङ इञ्चार्ज विकास राईले जानकारी दिनुभयो । एक्कासि वृद्धि भएको भाडादर यही जेठ १६ गतेदेखि लागू भएको छ । निगमको केन्द्रीय कार्यालयबाट नै नयाँ भाडादरसहितको परिपत्रि आएको राईले बताउनुभयो ।

ताप्लेजुङको सुकेटार विमानस्थलबाट हरेक साता बुधबार र शुक्रबार काठमाडौँ उडान भर्दै आएको निगमको उडान भने यही जेठ ८ गतेदेखि स्थगित छ । प्राविधिक कारण देखाउँदै स्थगित उडान जेठ २३ गतेदेखि नियमित गरिने बताइएको छ ।

यस वर्ष भने बर्खामा उडान स्थगन नहुने बताइएको छ । यसअघि असारदेखि तीन महिनासम्म वर्षायामले समस्या हुने जनाउँदै उडान स्थगन हुँदै आएको थियो । अहिले विमानस्थल कालोपत्रे भएकाले पनि वर्षायाममा नरोकिने राईको भनाइ छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...