Sunday, June 3, 2018

पदमपुर खानेपानीको १३औं वार्षिक साधारण सभा सम्पन्न

पदमपुर, चितवन, १९ जेठ ।

पदमपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति कालिका ३ चितवनको १३औं वार्षिक साधारण सभा आज पदमपुरमा सम्पन्न भएको छ । साविक पदमपुर हाल कालिका वडा नं. २, ३, ४ र ५ का २ हजार ५ सय उपभोक्ताहरु यस संस्थाको सदस्य रहेका छन् । संस्थाका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लेखासमिति संयोजक टिकाराज रिजालले लेखा प्रतिवेदन र अध्यक्ष पौडेलले प्रगति तथा भावी नीति कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मण पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभाका सांसद घनश्याम दाहाल, नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधिहरु रामध्वज डल्लाकोटी र जयचन्द्र प्रसाद चौधरी, नेपाली कांग्रेसका प्रतिनिधि मच्छिन्द्र पाण्डे, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इञ्जिनियर भरत पोख्रेल, पिठुवा खानेपानीका अध्यक्ष जयन्द्र कुमार श्रेष्ठ, भिमोदय मा.वि. का अध्यक्ष धर्मेन्द्र आचार्य, कालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, थानखोला सामुदायिक वनका अध्यक्ष जयलाल कडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...