Monday, October 26, 2015

भारदहबाट तीन सय लिटर पेट्रोल र डिजेल बरामद

सप्तरी, १० कात्तिक । एक मिनीबसमा लुकाएर लगिँदै गर्दा सप्तरीको भारदहबाट करिब तीन सय लिटर डिजेल र पेट्रोल बरामद गरिएको छ ।

गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहस्थित राजमार्गमा बा३ख ६१७४ नंको मिनीबसभित्र लुकाई राखेको अवस्थामा प्रहरीले जाँच गर्दा अवैध डिजेल र पेट्रोल फेला परेको जनाएको छ ।

बरामद गरिएको पेट्रोल र डिजेललाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको र सो विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...