Thursday, October 29, 2015

नेपाली खेलाडी विश्व कराते च्याम्पियनसिपमा प्रथम

84-650x366

काठमाडौँ, ११ कात्तिक । नेपालका कराते खेलाडी मुक्ति सङ्ग्राम विष्टले अमेरिकाको बाल्टिमोरमा आयोजित ब्याटल अफ बाल्टिमोर विश्व कराते च्याम्पियनसिप–२०१५ मा प्रथम स्थान हासिल गरेका छन् । गत असोजको अन्तिम सातामा भएको उक्त प्रतियोगितामा विभिन्न राष्ट्रका १५ खेलाडीलाई पछाडि पार्दै उनले प्रथम स्थान हासिल गरेका हुन् । विष्टले आज यहाँ पत्रकार सम्मेलन गरी यो आफ्नो खेल जीवनकै महत्वपूर्ण उपलब्धि भएको बताए । दुई दिने उक्त प्रतियोगिता असोज २९ र ३० गते सञ्चालन भएको थियो । विसं २०३२ वैशाख १५ गते चितवनमा जन्मेका विष्ट खेल क्षेत्रमा आफूलाई परिचित गराउने उद्देश्यले २०४६ सालदेखि क्योकुशिन करातेमा लागेका हुन् । उनले सन् १९९५ मा काठमाडाँैमा सम्पन्न एसियन गेम अफ क्योकुशिन कराते च्याम्पियनसिपमा भाग लिनुका साथै इटालीमा आयोजना भएको वाको विश्व किक बक्सिङ च्याम्पियनसिप– २००२ र अमेरिकामा भएको अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप– २००३ तेस्रो स्थान हासिल गरेका थिए । त्यस्तै, अमेरिकामा भएको मेरिल्यान्ड युएसए खुला कराते प्रतियोगिता–२००३ मा दोस्रो तथा सन् २००९ मा अमेरिकामै आयोजित मर्सर अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा प्रथम स्थान हात पारेका थिए । पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले विदेशमा रहेर पनि खेलकुदको माध्यमबाट राष्ट्रको नाम उच्च राख्नु गौरवको कुरा भएको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...