Saturday, December 5, 2015

मधेस आन्दोलनको रिमोट देश बाहिर छ: पर्यटनमन्त्री

ananda-pokhrelभक्तपुर, १९ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले मधेस आन्दोलनको रिमोट देश बाहिर रहेको बताउनुभएको छ ।

नेकपा एमाले नगरकोट नगर कमिटीको आज सुडालमा आयोजित पहिलो स्थापना दिवस कार्यक्रममा मन्त्री पोखरेलले मधेसी मोर्चाका नेताहरुसमेत देश बाहिरबाटै निर्देशित भएकाले यसको समाधान पनि उनीहरुसँग नभई देश बाहिरै खोज्नुपर्ने आँैल्याउनुभयो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा एक हप्ताभित्र सुधार
मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय विमानस्थलमा एक हप्ताभित्र सुधार गरिने बताउँदै नेपालको पर्यटकीय क्षेत्रको राष्ट्रिय गुरुयोजना निर्माण गर्न सरकार लागेको जानकारी दिनुभयो ।

उहाँले नगरकोट जाने वैकल्पिक कमलविनायक, कलमसी, सुडाल सडकको स्तरोन्नति एवम् त्यस क्षेत्रको विकासका लागि गुरुयोजना बनाएर आए मन्त्रालय सहयोग गर्न तयार रहेको बताउनुभयो ।

एक सय वर्षअघिका धार्मिक एवम् ऐतिहासिक पुरातात्विक संरचना भूकम्पले भत्काएको भए पुनःनिर्माणमा सहयोग गर्न सरकार तयार रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा एमाले नगरकोट नगर कमिटीका अध्यक्ष विष्णु तामाङ, एमाले भक्तपुर जिल्ला उपाध्यक्ष बचन देउजा, एमाले भक्तपुर जिल्ला सचिव हरिशरण लामिछानेलगायतले देशको इन्धन सङ्कट हटाउन सबै पक्षले कदम चाल्नुपर्ने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...