Friday, December 25, 2015

सशस्त्र प्रहरीलाई ७५ लाख मूल्य बराबरको जग्गा प्रदान

सुरुङ्गा (झापा), ११ पुस । झापाका दुई समाजसेवी भगीरथ लुइँटेल र पृथ्वी बुढाथोकीले सशस्त्र प्रहरी बेसक्याम्प शनिश्चरेका लागि झन्डै रु ७५ लाख मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गर्नु भएको छ ।

सशस्त्र प्रहरी बेस क्याम्पमा शुक्रबार भएको एक कार्यक्रममा शनिअर्जुन नगरपालिका–७ निवासी लुइँटेल र सोही नगरपालिका–१ निवासी बुढाथोकीले शनिअर्जुन नगरपालिका–१ स्थित सातपत्रेमा रहेको पाँच कट्ठा जग्गा प्रदान गर्नुभएको सशस्त्र प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो ।

कार्यक्रममा शनिश्चरे बजारका व्यवस्थापन समिति अध्यक्ष कुमार भट्टराई, नेकपा (एमाले) ४ नम्बर क्षेत्रीय अध्यक्ष हरि राना, तरुण दलका केन्द्रीय सदस्य मदन बुढाथोकी, शनिश्चरे इलाका प्रहरी कार्यालय व्यवस्थापन समिति सचिव मिलन काफ्ले, समाजसेवी बलदेव गोङ्देनलगायतले भाडाको घरमा बस्दै आएको प्रहरीका लागि आफ्नै भवन निर्माण गर्न जग्गा प्रदान गर्नु आफैँमा अनुकरणीय काम भएको भन्दै भवन निर्माणका लागि अन्य दातालाई पनि सहयोग गर्न अपिल गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...