Tuesday, January 26, 2016

आहा–रारामा झापा–११ बाट बङ्गलादेश पराजित

12107182_1687013801510612_2334596343520015293_nपोखरा, १२ माघ । सहारा क्लबद्वारा पोखरा रङ्गशालामा भइरहेको १४औँ आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा झापा–११ ले गजिरचाट स्पोर्टिङ क्लब बङ्गलादेशलाई ४–१ अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

आजको खेलमा झापा–११ का कर्ण लिम्बूले खेलको छैटौँ र ७४औँ, गणेश ढकालले १५औँ र नरेन्द्र लिम्बूले २८औँ मिनेटमा गोल गरी टोलीलाई विजयी बनाएका थिए । बङ्गलादेशको गजिरचाट स्पोर्टिङ क्लबका मनिकले खेलको ४८औँ मिनेटमा एक गोल गरेका थिए ।

गत माघ ५ गतेदेखि सुरु भएको सो प्रतियोगिताका सेमी फाइनलका खेल भोलिदेखि सुरु हुने भएका छन् । भोलिको पहिलो सेमीफाइनल खेल आयोजक सहारा क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

त्यस्तै, दोस्रो सेमीफाइनल खेल पर्सि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र झापा–११ बीच हुनेछ । प्रतियोगिताको फाइनल खेल माघ १६ गते शनिबार हुने क्लबका सदस्यसचिव केशवराज बरालले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...