Wednesday, June 22, 2016

मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध

1466649177mugling-jam-finalरत्ननगर (चितवन), ९ असार । चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत चन्डिभञ्याङ–६ स्थित सडकमा खसेको पहिरोका कारण गएको ९ घन्टादेखि यहाँ सडक अवरुद्ध हुन पुगेको छ ।

उक्त सडकको चार किलो र पाँच किलोको बीचमा राति ९ बजे खसेको पहिरोका कारण सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अहिले दुईतर्फबाट दुईवटा डोजरको सहायतामा पहिरो पन्छाउने क्रम जारी रहेको छ ।

सडक बन्द हुँदा बीच बाटोमै गाडीको लामो लाइन रहेको जनाइएको छ । बाटो खुल्न अझै केही घन्टा लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त सडक दैनिक अवरुद्ध हुन थालेको छ ।

यसअघि मङ्गलबार र बुधबार पनि पटकपटक पहिरो खसेर उक्त सडक अवरुद्ध हुँदा यात्रु प्रभावित भएका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...