Thursday, August 18, 2016

नेपाल विद्यार्थी संघको सभापतिमा नैनसिंह महर विजयी

Nainsing-mahar-won-650x382

काठमाडौं, २ भदौ । नेपाल विद्यार्थी संघको सभापतिमा नैनसिंह महर विजयी भएका छन् ।

बिहीबार दिउँसो सार्वजनिक मत परिणाम महर एक हजार ३३४ मतका साथ विजयी भएको प्रमुख निर्वाचन अधिकृत भरतप्रसाद खरेलले जानकारी दिए ।
उनका निकटतम प्रतिद्वन्द्वी मनोजमणि आचार्यले एक हजार २०९ मत प्राप्त गरेका थिए ।
पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका महर कर्मठ, लगनशील तथा अनुभवी विद्यार्थी नेता हुन् । ९ वर्षपछि भएको ११ औं महाधिवेशनमा विकट क्षेत्र सुदूरपश्चिमबाट उनले नेतृत्वमा बाजी मारे ।

महामन्त्रीमा कुन्दन काफ्ले र सरोज थापा त्यसैगरी महामन्त्रीमा कुन्दन काफ्ले र सरोज थापा निर्वाचित भएका छन् ।
यसैबीच नवनिर्वाचित सभापति महरले आमविद्यार्थीको भावनालाई आत्मसात् गरेर सङ्गठनलाई अघि बढाउने प्रारम्भिक प्रतिक्रिया दिए ।

उनले ११औँ महाधिवेशन एकताको महाधिवेशन भएको र यसले सकारात्मक सन्देश प्रवाह गरेको बताए ।
सभापतिका प्रत्यासी आचार्यले नेविसङ्घले आमविश्वविद्यालयका विद्यार्थीको भावना समेटेर अघि बढ्ने विश्वास व्यक्त गर्दै आगामी कार्यकालको शुभकामना व्यक्त गरे ।
संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन गत साउन २३ गते सुरु भएको थियो ।

नेतृत्व चयनका लागि बुधबार बिहान १२ बजेदेखि सुरु भएको मतदान प्रक्रिया आज बिहान ९ः४५ मा सकिएको थियो । विद्युतीय मतदानका कारण चाँडो परिणाम आएको हो ।
निर्वाचन अधिकृत कृष्णप्रसाद पनेरुका अनुसार तीन हजार ३०७ प्रतिनिधिले मतदान गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...