Friday, September 30, 2016

डाइभर्सिटी भिसा (डिभी) आगामी असोज १८ गते मंगलबार देखि खुला हुने

dv-lottery

डाइभर्सिटी भिसा (डिभी) आगामी असोज १८ गते मंगलबार देखि खुला हुने

dv-lottery

यस वर्षको अमेरिकी डाइभर्सिटी भिसा (डिभी) असोज १८ गते मंगलबारदेखि खुला हुने भएको छ । काठमाडौं स्थित अमेरिकी दूताबासले बुधबार एक सूचना जारी गर्दै अमेरिकाले सन् २०१८ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन १८ असोज (४ अक्टोबर) बिहान ९ः३० बजेदेखि खुला गर्ने जनाएको छ ।

सूचनामा डिभी भर्ने मिति एक महिना हुने र यसको अन्तिम म्याद कातिक २२ गत हुने उल्लेख छ । यसैबीच अमेरिकी दूताबासले डिभी आवेदकहरूलाई चाँडै नै आवेदन भर्न आग्रह समेत गरेको छ । डिभी चिट्ठामा प्रवेश गर्न शुल्क तिर्नु नपर्ने सूचनामा उल्लेख छ ।

http://bit.ly/2dydQ8H

दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन आग्रह गरेको छ । ‘आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला’, दूतावासले भनेको छ, ‘सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ आफै जिम्मेवार रहनुहुनेछ ।’

अघिल्लो वर्ष डिभी भर्दा उपयोग गरेको फोटो यस पटक प्रयोग नगर्न भनिएको छ । ‘अघिल्लो वर्ष डिभी भर्दा प्रयोग गरेको फोटो प्रयोग गरेमा सो आवेदन रद्द हुनेछ’, दूतावासको विज्ञप्तिमा भनिएको छ ।

२०१८ को डिभी नतिजा आगामी वैशाख १९ गते मंगलबार आउने दूतावासले जनाएको छ ।

डि.भी. को आवेदन कसरी गर्ने ? 

http://bit.ly/2dyeqDq

बधाई तथा शुभकामना छ तिमीलाई “#कृतिका”

picsart_09-30-08-11-09

कृतिका ओली, उमेर १२ बर्ष, नेपालको हाँडीगाँउमा जन्मिएकि उनी करिव ५ बर्षको छँदा आफ्नो परिवार बुबा तेजकी ओली र आमा रेखा सिटौलासंगै अमेरिका आईपुगेका थिए। अहिले भर्खरै १२ बर्ष टेकेकी उनी यति सानै उमेरमा पनि अमेरिकाको आफु बस्ने मेरिल्याण्ड राज्यको एक शहर टाउन अफ् ईन्डिया हेडमा The Mayor’s Youth Advisory Team को नेतृत्वमा चयन हुन सफल भएकी छिन्।
Mayor Brandon Paulin र मेयर कार्यालयसंग सिधै सम्पर्कमा रही आफ्नो टिमका सहकर्मीहरु Alex Thompson र Sophia Gallagher संग सहकार्य गर्दै त्यस शहर भरमा रहेका थुप्रै बिधालयका आफ्ना उमेर समुहका विभिन्न बिद्यार्थीहरुका हकहितका कुराहरु, विभिन्न शैक्षिक गतिविधिहरु, समस्या र समाधानहरु, आवश्यक आर्थिक श्रोतहरु जुटाउने तथा बिबिध गतिबिधिहरुमा सहकार्य गर्नेछिन्।

“म सार्है नै खुशी छु। आफ्नो शहरमा मैले आफ्नै देशको एक सानी छोरीसँग हातेमालो गर्दै काम गर्ने अवसर पाएको छु। एउटा नेपाली छोरीले यसरी अमेरिकी भुमिमा आफ्नो उमेर समुहमा नेतृत्वमा पाईला बढाउँदै गर्दा यसले अन्य नेपाली स-साना भाइबहिनीहरुमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छु। हामीले बच्चाहरुलाई यसरी सानै देखि नै नेतृत्व बिकासमा संलग्न गराउँदै लैजाने बाताबरण बनाउन सके अमेरिकामा नेपाली समुदायको पनि भबिस्यका दिनहरुमा मुलधारको नेतृत्वमा ठूलो प्रभाव पार्न सक्नेछन।” – नेपालीमुलका यसै शहरका उपमेयर समेत रहेका समाजसेवी दाजु Kiran Sitoula, किरण सिटौलाज्युले हामीलाई बताउनु भयो।

हालै मात्र समाजसेवीद्वय केन्टकी राज्यको लुइसभिल सिटीले सेप्टेम्बर २७ तारिखलाई  “डा बिष्णु माया परियार दिवस” र न्युयोर्कस्थित ‘अधिकार’ संस्थाका निवर्तमान कार्यकारी निर्देशक लुना रंजितलाई न्युयोर्क महानगरपालिकाको मेयर अफिसले सेप्टेम्बर २८ लाई ‘लुना रंजित दिवस्’को रुपमा क्यालेण्डरमा अंकित गरि नेपाली चेलीहरुको सामाजिक सेवा र उहाँहरुको सफल एवम् प्रशंसनीय नेतृत्वको कदर गर्दै अमेरिकी सरकारबाट गरिएको सम्मान र अवसरको घटनालाई हेर्ने हो भने, हामी अभिभावकहरुले यस्ता सानै उमेर देखि नै उत्कृष्ट नेतृत्वको बिकासमा आफ्नो पाइला अगाडि बढाईरहेका कृतिकाको कदमलाई पनि सम्मान गर्नैपर्ने हुन्छ। हाल General Smallwood Middle School in Charles County मा कक्षा ७ मा अध्ययन गरिरहेकी कृतिका आफ्नो पढाइमा पनि सधैं अब्ब्ल् (4.0) रहदै आएकी छिन।

आउनुहोस् , हामी सम्पुर्ण अभिभावकहरुले पनि आफ्ना छोराछोरीहरुको रुचि र प्रतिभालाई बुझेर उनीहरुलाई आ-आफ्नो क्षेत्रमा सक्षम बनाउने बातावरण दिनुपर्दछ जसले गर्दा उनीहरु अमेरिकाको हरेक क्षेत्रमा प्रतिस्पर्धात्मक वातावरणमा बिजयी भएर हिड्न सकोस्।

सम्पुर्ण मेरिल्याण्डवासी नेपाली परिवारजनहरुका तर्फबाट छोरी कृतिका ओलीको हरेक प्रयासहरुमा सफलताको कामना गर्दै उनको यस नेतृत्वको सफल कार्यकालको लागि हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं।

तस्वीर/ श्रोत: किरण सिटौला

लेख: श्रीजन ताम्राकार, बाल्टिमोर मेरिल्याण्ड

© मेरिल्याण्डका हामी नेपाली, 2016

अमेरिकामा पुरुष सरह प्रमुख कार्यकारी अधिकारी हुन् महिलालाई झन्डै पचास बर्ष लाग्ने ?

fullsizerender-4महिला र पुरुष समान मानिएको विश्व कै प्रजातान्त्रिक देश अमेरिकामा महिलाले धेरै अगाडी कदम चाल्नु पर्ने छ l र धेरै संघर्ष गरि रहेको अवस्था भएता पनि अधिकांश महिला पुरुषको दाजोमा पुग्न सकेका छैनन् l 

अमेरिकामा पुरुष सरह प्रमुख कार्यकारी अधिकारी हुन् महिलालाई झन्डै पचास बर्ष लाग्ने ?

fullsizerender-4

संयुक्त राष्ट्र सङ्घले महिला विकासलाई मानव विकासको आधार स्तम्भका रूपमा व्यख्या गरेको छ । महिला र पुरुष लिङगको आधारमा फरक भएता पनि महिला र पुरुष समान् हुन् ,यस्मा दुई मत छैन l र ,बहसको बिषय नै हैन l

सन् १८५७ को मार्च ८ मा अमेरिकाको न्यूयोर्कमा पुरुष सरह समान ज्यालादर र कार्यस्थलमा काम गर्ने उन्नत वातावरणको माग गर्दै महिलाहरूले आफ्ना अधिकार राज्यद्वारा सम्बोधन गराउन प्रदर्शन गरे ।

आफ्ना अधिकार प्रति सचेत महिलाहरूले ५१ वर्षपछि सन् १९०८ मार्च ८ मा सन् १८५७ को आन्दोलनप्रति समर्थन गर्दै न्यूयोर्कमा पुनः श्रमिक महिलाद्वारा प्रदर्शन भयो । महिला श्रमिक माथिको विभेद विरुद्ध छेडिएको सो आन्दोलन माथि फेरि प्रहरीले व्यापक दमन गर्यो l

महिला र पुरुष समान हुन् ,बराबरी हुन ,बिभेद गर्न हुन्न भनि आफ्नो अधिकारको लागि गरिएको निरन्तर संघर्ष पछि अमेरिकामा महिलाको अवस्था पुरुष सरह हुन् पुगेको छ l अधिकार दिइदैन भने खोसेर लिनु पर्छ भन्ने चर्का नारा यत्र तत्र गुन्जायमान भएका छन् l यो संघर्ष निरन्तर चलि रहेको छ l

महिला र पुरुष समान मानिएको विश्व कै प्रजातान्त्रिक देश अमेरिकामा महिलाले धेरै अगाडी कदम चाल्नु पर्ने छ l र धेरै संघर्ष गरि रहेको अवस्था भएता पनि अधिकांश महिला पुरुषको दाजोमा पुग्न सकेका छैनन् l

सन् २०१६ मा प्रमुख कार्यकारी अधिकारी पदमा पुगी अमेरिकामा महिलाले किर्तिमान कायम गर्न सफल भएका छन् l तर किर्तिमान कायम गरेता पनि जुन संख्या पुरुषको दाजोमा केवल ५ प्रतिसत मात्र रहेको छ l यस्ले के देखाउछ भने महिलाले यस्ता पदमा पुग्न धेरै कडा मेहनत गर्नु पर्ने देखिएको छ l

अमेरिकाको इतिहासमा यस्तो तथांक राख्ने एस एण्ड पी ग्लोबल मार्केटिंग इन्टेली जेंट्सले गरेको सर्वेक्षण अनुसार २०१६ मा २७ वटा महिलाहरु प्रमुख कार्यकारी अधिकारी पुग्न सफल भएको जनाएको छ l

जुन २२ प्रतिसतले वृद्धि हो भने गत बर्ष २०१५ मा केवल २२ जना महिला कार्यालयको प्रमुख कार्यकारी अधिकारी बन्ने मौका पाएका थिए l

लैंगिक खाडल अमेरिका र युरोपमा पनि निकै भएको जनाउदै औसत रुपमा वृद्धि भएता पनि निकै कम भएको देखाएको छ l

जुन स्थानमा पुरुषहरुले प्रभुत्व जमाएका थिए त्यस्ता स्थानमा समेत महिलाहरुले कब्जा गर्न थालेका छन् l

महिलाहरु पहिला पहिला एउटा निश्चित क्षेत्रमा हात हाल्थे भने अहिले महिलाहरु सबै क्षेत्रमा दबदबा हुन् थालेको तथांक प्रस्तुत गरेको छ l

स्याण्डबर्गले यसै हप्ता एक प्रतिबेदन विमोचित गर्दै अमेरिकामा अझ कार्यस्थलमा लैंगिक समानता हुन् दशकौ लाग्ने बताएको छ l अमेरिकामा प्रत्येक बर्ष पाँच जना महिला प्रमुख कार्यकारी अधिकारी निरन्तर रुपमा भै रहेको बताएको छ l यहि क्रम भै रह्यो भने झन्डै ५० बर्षमा लैंगिक बराबरी हुने बताएको छ l

5th annual showcase, KarishmFam on October 08, 2016 at Golden Auditorium, Queens, New Yor

Meenakshi Krishna, a Harvard University Student, and her friends studying in Harvard, Columbia, Cornell, NYU, and other universities of USA, are organizing 5th annual showcase, KarishmFam on October 08, 2016 at Golden Auditorium, Queens, New York to support earthquake victim of Nepal through HDNP International, Texas, USA. Please mark your calendar and be there to watch this spectacular performance or sponsor by giving your advertisement. You can contact to Binod Roka at 6466626193Devi David Acharya at 8173089830, Akhilesh Krishna at5163558203.

“पानी अभियानबारे चर्चित गायक राजेश पायल राई र हेमन्त शर्मा”

आनन्दु लामा र विश्व थापाको वाँसुरी र मादल

चेतनाको क्रान्ति गर्दै सुखको सङ्ग्राम जितौं

bhimsen-sapkota

                            जव चित्त शुद्द हुन्छ तव पवित्र विचार हरक्षण आउंछन्, र यस्तो संकल्प अनि  विचार गरेर  संस्कार बसाउंदै जांदा जो सुकै एक दिन महान बन्न सक्छ । 

चेतनाको क्रान्ति गर्दै सुखको सङ्ग्राम जितौं

bhimsen-sapkota

जीवनमा राम्रा दिनहरूलाई निम्त्याउन , कठिन दिनहरू सङ्ग युद्द गर्न सक्नु पर्छ । दु:ख बाट भागेर सुख कहिल्यै आउंदैन । कठिनाई सँग भाग्न खोज्दा झन ठुला कठिनाईहरू लखेट्न आईपुग्छन्। यसको सार हो , हरेक परिस्थीतिको सामना गरौं , जे जस्तो अवस्था आउंछ ,त्यसलाई स्वीकार गरौं। स्विकारोक्ति नै , जीवनमा आनन्दको मुल हो । चटपटे सांढेका ,सात वटा डाम भने झैं , अस्थिर मार्ग , मन र चन्चल स्वभाव दु:खको कारण बन्छ । मानिसहरू कि सोच्दै नसोचि काम गर्छन् र यसबाट भात्किएको सफलताले दुखित बन्छन् , या सोचिरहन्छन् र काम भने गर्दैनन् तसर्थ दुखित बन्छन्। सोच विनाको कर्म र कर्म विनाको सोच दुवै घातक हुन्। तसर्थ चिन्तन र कार्य को सन्तुलन मात्र सुख प्रदायक हो ।

सोचिरहने तर यात्रामा ननिस्कने मानिस गन्तव्यमा पुग्न सक्दैन , यस्तै विना लक्ष्य को यात्रामा लाग्नेहरू पनि भीडमा हराएको मानिस जस्तै अलपत्र हुन पुग्छ । अति चन्चल मनमा सोचले वास गर्नै पाउंदैन , र लगातार चिन्तन र सोच मात्र आइ रहंदा शक्ति क्षय भएर जान्छ । तसर्थ चित्तलाई स्थिर पार्ने विधि हो – स्थुल शरीर र चिन्तनको जोड । यहि जोड नै योग हो । शुक्ष्म शरीर र स्थुल लाई विभिन्न आसन मार्फत जोड्न सकिन्छ । जसले पवित्र विचार-प्रवाह गर्छ , विचार प्रवाहको विघटन नै मृत्‍यु हो । विचार नै सम्पूर्ण खुशीहरूको आधार हो । सदविचार नै सद्व्यवहारको मूल हो । तसर्थ योगलाई ॠषि पतन्जलि ले ‘योगचित्तव्रित्ती निरोधक ‘ भनेर चित्त निरोध तर्फ जोड दिए ।

जव चित्त शुद्द हुन्छ तव पवित्र विचार हरक्षण आउंछन्, र यस्तो संकल्प अनि विचार गरेर संस्कार बसाउंदै जांदा जो सुकै एक दिन महान बन्न सक्छ । योग सूत्र व्यास भाष्य -१।१ मा भनिएको छ ,’योग :समाधि:’। योगनै समाधि को पथ हो । जीवन प्रवन्धन हो । सम्पूर्ण चिकित्सा हो र आत्म अनुशासन जगाई सम्पूर्ण समस्या हरूको अमोघ समाधान गर्ने साधन हो ।

गीता को २।४८ मा उल्लेख छ कि “समत्व योग उच्यते ।” रोग , शोक र संकट बाट माथि उठाई मृत्‍यु लाई नै चुनौति दिने योग केवल व्यायाम हैन बरू यो आरोग्य , निर्भयता , सुख शान्ति , र आफ्ना विचार लाई जित्दै निर्विचार मा पुग्ने एक सफल जीवन कला हो । सबै धर्म, जाति , वर्ग र सम्प्रदाय बाट माथि उठेर सबैलाई एकतामा बांध्ने कलाको नाम नै योग हो । कहिल्यै आपसमा सहमत हुन नसक्ने देशहरू पनि संयुक्त राष्ट्र संङ्घ मार्फत आज सामुहिक योग दिवस मनाउन तयार भए र हरेक जुन २ १ तारिख लाई ,योग दिवसको रुपमा मनाउन थालीयो । आज विश्वका विभिन्न देशमा ‘योग’ विश्वविध्यालयको पढाई बन्न पुगेको छ ।

जसले योगको सत्य बुझेको हुन्छ उसका निम्ति सारा भेदका पर्खाल भात्किन्छन्। सम्प्रदायका सिमानाहरू टुक्रिन्छन्, आफ्नो जीवनमा प्रेम र समानताको प्रकाश छरिन्छ । खोज र अभ्यास उसले मात्र गर्न सक्छ जसको जिज्ञासा स्वतन्त्र हुन्छ । बेलायति दार्शनिक डेभिड ह्युमले लेखेका छ्न्”जसलाई निर्विचार हुनु छ उसले व्यर्थका विचार छाडेर आफु भित्र पस्दै जानु पर्छ “। करोडौंले यसको लाभ लीई रहेका छन्। कहिल्यै योग को नाम नसुनेका हरू पनि यसको साधनामा डुब्न थालेका छन्। संसारले कहिल्यै कहीं भेट्टाउन नसक्ने सुख लाई योगले दैलो दैलो मा निशुल्क पुर्याईदिएको छ । शुन्य बजेटमा मानिसहरूको स्वास्थ्य विमा नै गराईदिएको छ योगले । हरेक कुराको सफलतामा कुनै सुत्र हुन्छ र जीवन जिउने पनि सुन्दर सुत्र छ त्यो हो , योग लाई नियमित जीवनको अङ्ग बनाउनु । योग र प्राणायाम नै ध्यानमा प्रवेश गराउने अचुक विधि हो ।

अस्थिर शरीरमा सजिलै ध्यान घटित हुंदैन तसर्थ विकारहरूलाई निचोर्न ध्यान गर्नु पुर्व तयारी स्वरुप योगका विभिन्न चराण पार गर्नु जरूरि छ । यम , नियम ,आसन , प्राणायाम , प्रत्याहार , धारण , ध्यान, समाधि गरि आठ चरण मा योग विभक्त छ । जब कोहि एकै पटक कक्ष्या दशको परीक्ष्यामा सामेल हुन्छ भने उ त्यसमा उत्तिर्ण हुन सक्दैन ।

त्स्यस्तै यम, नियम जस्ता विभिन्न चरण पार गरे पछि मात्र ध्यान को गहिरू आनन्दमा प्रवेश भई आत्म साक्ष्यातकार गर्न सकिन्छ । कहिल्यै योग आसन नगरेका हरू ले आज अन्यन्य लाभ लीई रहेका छन् भने हामी तीनै ॠषि महर्शिका सन्तान जसको रगतमा योगका महान दर्शन हरू प्राण बनेर कुदिरहेको छ भने हामी यसको लाभ बाट किन बन्चित हुने । जीवनको कुनै भरोसा हुंदैन तसर्थ , आउनुहोस्, योग , ध्यान र अध्यात्मिक कला द्वारा हामीभित्र निहित अन्यन्य शक्तिको महान द्वार खोलौं । आँफैंभित्र लुकेको महापुरुषलाई जन्म दिउं । हरेक क्यानभासमा सुन्दर कला कोर्न सकिन्छ , हरेक ढुङ्गाहरू कलात्मक मुर्ति बन्ने क्षमता राख्छन्। तपाईं भित्र पनि एउटा महानता लुकेको छ , जीवनको सुर्य नअस्ताउंदै आजैँ त्यो उज्यालो राजामार्गको यात्रि बनौं । मृत्‍यु पछि पाईने आशामा होईन , जीवन रहंदैमा स्वर्गको अनुभव गरौं । जो आफुलाई बदल्न सक्षम हुन्छ , उ संसारलाई पनि बदल्न सामर्थ्य राख्दछ ।

[email protected]

(नेपाल-गणतान्त्रिक फिजि साँस्कृतिक राजदुत )

२१औ शताब्दिको ए ! नारी !!!

bhawana-ghimireअब तिमीले
युगान्तकारी
पदचाप हरु पहिलाउनु पर्छ
तिम्रो आफ्नो समान्ताको लागि
एउटा युगान्तकारी
ईतिहास बनाउनु पर्छ
नचाहेरै पनि तिमी ले
एउटा युद्धको
सङ्ख घोस् गर्नै पर्छ
किन कि !?
जुठु चुलो र घर धन्दा
तिम्रो पेवा होइन ।
घर आगन र करेसा मात्र
तिम्रो भुगोल होइन ।
घास् दाउरा र मेला-पात
तिम्रो दाईजो होइन ।
चार दिवालको सङ्घार भित्र
पिजडाको सुगा होइन ।
सन्तान हरुको जिम्मेवारी
तिम्रो मात्र होइन ।
पुरुष मात्र तिम्रो भाग्यको खुशी होइन ।
किन कि !
आधा आकाश ढाक्ने तिमी नारी !
संसारको युग हाक्ने तिमी नारी
हिम्मत र आँट भएकी तिमी नारी !!
ओजस्बी हुन सिक
यो पक्षपाती समाज सङ्ग
तेजस्बी हुन सिक ।
सबै भ्रम हरु चिरेर
तिमी अघी बड्नु पर्छ ।
जे हुन्छ हुन देउ
चिन्ता लिन छोड
कुरिती र कु-सस्कारलाई
आजै बाट छोड ।
कहाँ पुगे संसारका ति नारिहरु
विश्व फर्किएर हेर
तिम्रो यो जिन्दगी !
घर धन्दमा नजावोश खेर ।
त्यसैले ए नारी
तिमीले एउटा ईतिहास बनाउनै पर्छ .
जहाँ तिम्रो हरेक पाइला हरुमा
तिम्रो पद्चाप हरु नमेटिउन ।।।

डिसीमा छक्का पन्जा प्रदर्शन हुने ,सबैमा हार्दिक निमन्त्रणा ! (copy)

chakaka-panja

स्वास्थमन्त्री गगन थापाले गरे अनसनरत डा. केसी सँग भेट,के भने भेटमा

israel-peres

स्वास्थमन्त्री गगन थापाले गरे अनसनरत डा. केसी सँग भेट,के भने भेटमा

israel-peres

काठमाडौं, १४ असोज । पाँच दिन देखि अनसन बसिरहेका डा.गोविन्द केसीसँग उनकै अनसनस्थल टिचिङ अस्पताल पुगेर स्वास्थमन्त्री गगन थापाले शुक्रबार साँझ भेट गरेका छन् । भेटमा मन्त्री थापाले डा.केसीले राखेका मागहरु पुरा गर्नेतर्फ सरकारले चालेको कदमहरुबारे जानकारी दिँदै माग पुरा गर्नेतर्फ प्रगति भइरहेको बताए ।

डा. केसी अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने लगायतका विभिन्न माग राख्दै पाँच दिन देखि आफ्नो नवौं पटकको अनसनमा बसेका छन् ।

विश्व नेताद्वारा नोबेल पुरस्कार विजेता पेरेजको अन्तिम बिदाइ

israel-peres

जेरुसेलम (इजरायल), १४ असोज । नोबेल शान्ति पुरस्कार विजेता इजरायलका पूर्वराष्ट्रपति सिमोन पेरेजलाई विश्वनेताले शुक्रबार अन्तिम श्रद्धाञ्जलि दिनुभएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामा, बेलायतका राजकुमार चाल्र्सलगायतका विश्व नेताले कडा सुरक्षा व्यवस्थाबीच पेरेजलाई श्रद्धाञ्जलिसहित बिदाइ गर्नुभएको हो । प्यालेस्टायनका राष्ट्रपति मोहम्मद अब्बास पनि श्रद्धाञ्जलि समारोहको अघिल्लो लहरमा हुनुहुन्थ्यो । उहाँले पेरेजलाई सम्झौता गर्न वार्ता गर्ने नेताको रुपमा नजिकबाट चिनेको बताउनुभयो । विश्वनेताको उपस्थितिका कारण जेरुसेलममा उच्च सुरक्षा सतर्कता अपनाइएको थियो भने सडक बन्द गरिएको र हजाराँै कर्मचारी परिचालन गरिएको थियो । श्रद्धाञ्जलि समारोहमा झन्डै ७० देशका प्रतिनिधि सहभागी रहेका थिए । इजरायलका संस्थापक पिताको रुपमा चिनिने नेता पेरेजको निधन गत बुधबार ९३ वर्षको उमेरमा भएको हो ।

बिहीबारसम्म अमेरिकाका पूर्वराष्ट्रपति विल क्लिन्टनसहित झन्डै ५० हजार जनाले संसद् अगाडि राखिएको पेरेजको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिएका छन् । श्रद्धाञ्जलि दिने बेला क्लिन्टन शब्दविहीन बन्नुभएको थियो । इजरायल र प्यालेस्टाइनका बीचमा सन् १९९० मा भएको ओस्लो शान्ति सम्झौताका लागि क्लिनटनले सघाउनु भएको थियो, जसका कारण पेरेजले नोबेल शान्ति पुरस्कार पाउनुभएको थियो । पेरेसको मृत्युभएपछि क्लिनटनले उहाँलाई अपूर्व बुद्धि र मन भएको महान् व्यक्तिका रुपमा सम्झनुभएको थियो । श्रद्धाञ्जलि समारोहमा ओबामा, क्लिनटन, इजरायली राष्ट्रपति रेउभेन रिभ्लीन, प्रधानमन्त्री बेञ्जामिन नेतान्याहु, सभामुख युली इडेल्स्टेइन, चर्चित लेखक अमोस ओज, पेरेसका छोरा र छोरीले शोक मन्तव्य दिनुभएको थियो । झन्डै सात दशकको राजनीतिक यात्राका क्रममा उहाँले सन् २००७ देखि २०१४ सम्म प्रधानमन्त्री र राष्ट्रपतिसहित विभिन्न महत्वपूर्ण भूमिकामा रहनुभएको थियो । रासस/एएफपी

अनसनरत डा.केसी विरुद्ध पनि अनसन सुरु

ansan-at-b-c-hospital-jhapa

काठमाडौं,१४ असोज ।  मेची अञ्चलको विर्तामोडमा रहेको बी एण्ड सी नामक मेडिकल कलेज सञ्चालन गर्न दिइनु पर्छ भन्दै झापाका समाजसेवी एवं कलेज सञ्चालक चैतन्य प्रसाद मैनाली बुधबार देखि अनसन बसेका छन् । विकट जिल्लामा मेडिकल कलेज खोल्ने डा. गोविन्द केसीको योजना अनुसार नै मेची अञ्चल अस्पताल निर्माण गरिए हो ।

तर अस्पताल सञ्चालन हुन नपाउँदै पुनः डा. केसी कै माग अनुसार अहिले सरकारले हालका लागि कुनै पनि मेडिकल कलेजलाई सञ्चालन गर्न नदिने निर्णय गरेको छ । सरकारले गरेको उक्त निर्णय गलत भएकाले त्यसैकोे विरोधमा मैनालीले अनसन सुरु गरेको बी एण्ड सी अस्पतालका सञ्चालकहरु मध्येका एक जना दुर्गा प्रसाई बताए । प्रसाईले सरकारले मैनालीका माग पुरा नगरे शनिबार देखि विरोधका कार्यक्रम अगाडी बढाउने चेतावनीे दिए ।

भद्रकालीमा बाबुरामको धर्ना

 

 

 

 

मिस नेपालको २२ औं वर्षगाँठको उपलक्ष्यमा सामूहिक तस्बिर खिचाउँदै पहिलो मिस नेपाल रुबी राणालगायत उषा खड्गी, माल्भिका सुब्बा र अन्य नेपाल सुन्दरीहरु । तस्बिरः उषा खड्गीको फेसबुकबाट

pahupati-aryaghat

ओलीले ठट्टा गरेको कुरामा किन प्रतिक्रिया दिनुपर्यो ?: डा. महत

pahupati-aryaghat

नेपाली काँग्रेस अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा छ । काँग्रेसभित्र अहिले पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलवीच विवाद छ । यी दुई नेताहरुवीच त्यति राम्रो सम्बन्ध छैन् । नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई एकलौटी ढंगले अघि बढाएको आरोप लगाएका छन् । संविधान संशोधन लगायत अन्य राष्ट्रिय मुद्दाहरुमा पार्टीभित्र छलफल गर्नुपर्छ भन्ने नेता पौडेल पक्षको माग छ । तर अहिलेसम्म केन्द्रिय समितिको बैठक बोलाउने सुरसार पार्टी सभापति देउवाले देखाएका छैनन् । यीनै विषयमा केन्द्रित काँग्रेस नेता डा. रामशरण महतसँगपत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश :

के पार्टीभित्र असन्तुष्ट पक्षहरुले केन्द्रिय समितिको बैठक बोलाएका हुन ?

असन्तुष्ट वा सन्तुष्टको कुरा होईन् । कसले यस्ता भन्छ मलाई थाहा छैन् । तर म चाहीँ असन्तुष्ट वा सन्तुष्टको विवादमा पर्न चाहन्न् । मुल कुरा अहिले देशमा गम्भिर समस्याहरु अघि बढेका छन् । मुल कुरा यी समस्याहरुको समाधान गर्नुपर्यो भन्ने विषयमा पार्टीभित्र कुरो उठेको हो । मुलुकको समस्याको निकासको लागि केन्द्रिय समितिको बैठक बोलाउनुपर्यो भनिएको हो । त्यही आवाज रामचन्द्र पौडेलजीले पनि उठाउनुभएको होला । अहिले संविधान संशोधनबारेमापनि कुरा उठिरहेको छ । यो बारेमा पनि पार्टीभित्र छलफल गर्नुपर्छ । त्यस्तैगरि स्थानीय निकायको वा तहको पूर्नसंरचनाको कुराहरु छन् । सरकारको सञ्चालनको विधिका कुराहरु छन्, यी बारेमा पार्टीभित्र छलफल गर्नुपर्छ भनेको हो । यो नौलो कुरा होईन् ।

तर पनि हिजो तपाईहरुलाई रामचन्द्र पौडेलले सम्पर्क कार्यालयमा बोलाएर छलफल गर्नुभयो रे नि ?

अब म यस्तो आन्तरिक विषयमा कुरा गर्न चाहाँदिन् । छलफल त बारम्बार भैरहन्छन् । छलफल नै नगर्ने अनि सबैको मुख बन्द गरेर त पार्टी चल्दैन न् ि। त्यसकारण छलफल हुने कुरा कुनै नौलो कुरा होईन् ।

उसो भए संविधान संशोधनमा तपाईहरुको विमति छ ?

कसले भन्यो ?हाम्रो विमति छ भनेर । राष्ट्रका गम्भिर विषयमा छलफल त गर्नुपर्यो नि । विमति भनेको के हो ? छलफल हुनुपर्छ भन्नु नै विमति हो र ?

तर पनि रामचन्द्र पौडेलले संविधान संशोधनबारे संस्थागत रुपमा निर्णय हुनुपर्छ भन्नुभएको छ नि ?

उहाँले के के भन्नुभयो त्यसबारेमा मलाई कुनै जानकारी छैन । तर संविधान संशोधनको विषय गम्भिर विषय हो । यसबारेमा पार्टीभित्र एउटा पोजिसन त बनाउनुपर्यो नि।

उसो भए आजको दिनमा तपाईको पार्टीमा संविधान संशोधन गर्ने वा नगर्ने बारेमा बहस छ ?

संविधान संशोधन गर्ने वा नगर्ने भन्दापनि आवश्यक पर्यो भने गर्नुपर्छ । कसले भनेको छ र यहाँ गर्नुपर्दैन भनेर ? मधेशको मुद्दाको जुन कुरा छ । उहाँहरु वर्षौदेखि आन्दोलन गर्दै आउनुभएको छ । असन्तुष्ट हुनुहुन्छ । त्यसो भएको हुँदा यो बारेमा राष्ट्रिय सहमति जुटाएर समाधान निकाल्नुपर्छ । आवश्यक पर्यो भने संशोधन पनि गर्नुपर्छ ।  त्यसको लागि पनि तयार हुनुपर्छ ।

पार्टी सभापतिले अब केन्द्रिय समितिको बैठक बोलाउनुपर्छ भन्ने तपाईहरुको माग हो ?

हो नि । बोलाउनुपर्छ । विधान अनुसार पनि बोलाउनुपर्ने आवश्यकत्ता छ । बैठक बोलाउनुपर्छ भन्नु के अनौंठो कुरा हो र ? कार्यसमितिको बैठक बोलाउनुपर्छ अनि कतिपय विषयमा संस्थागत निर्णय गर्नुपर्छ भन्ने कुरा बहस र विवादको विषय होईन् । यी कुराहरु भनेको पार्टीका आन्तरिक कुराहरु हुन् । आन्तरिक छलफलको विषय हो । यो कुनै झैझगडा वा असन्तुष्टहरुको कुरा होईन् । पार्टीलाई अघि बढाउनको लागि राष्ट्रिय महत्वको विषयमा छलफल गर्नुपर्यो । अहिले नै यहाँ सरकार जसरी चलेको छ । प्रधानमन्त्री प्रचण्डजीले जसरी घोषणा गर्नुभएको छ, त्यसमा कतिपय कुराहरु चित्त नबुझेका कुराहरु छन् । त्यसबारेमा पनि पार्टीभित्र छलफल हुनुपछै । माओवादीभित्र र एमालेभित्र त छलफल भैरहेको छ । त्यसैले काँग्रेसभित्र पनि छलफल गर्नुपर्छ भन्ने कुरा के अनौठो विषय भयो र ?

तर अहिलेको अवस्थामा काँग्रेसभित्रै यस्तो असन्तुष्टि देखिँदा समस्याको समाधान त नहुने भयो नि ?

समस्या समाधान गर्नकैलागि छलफलको कुरा हो । यो कुनै समस्या झन बल्झाउनको लागि छलफल गर्नुपर्छ भनिएको होईन नि । समस्या सुल्झाउनको लागि परामर्श जरुरी छ । पार्टीमा आन्तरिक छलफल गर्नुपर्छ भनिएको हो ।

उसो भए अहिलेसम्म पार्टीमा आन्तरिक छलफल भएको छैन ?

त्यही आन्तरिक छलफल नभएको कारणले नै छलफलको माग गरिएको हो ।

स्थानीय निकाय पूर्नसंरचनाबारे तीन दलवीच सहमति भएको हो ?

खै, सहमति भएको कुरा मलाई जानकारी छैन् ।

एमालेपनि स्थानीय तहको संख्या बढाउन लचिलो भयो रे नि ?

होला, तर यो बारेमा मलाई कुनै जानकारी नै छैन् ।

एमाले अध्यक्ष केपी ओलीले तपाईकै अगाडि काँग्रेस अघाएर बसेको बाघ भन्नुभएछ, यसबारेमा तपाई के भन्नुहुन्छ ?

मैले हिजै प्रतिक्रिया दिईसकेको छु । काँग्रेस सवल छ भनेको थिएँ । ओलीजी ठट्टा गर्नुहुन्छ, अनि मजाक गर्नुहुन्छ । उहाँकै पछि पछि लागेर मैले बोल्ने होईन् । उहाँले काँग्रेसले विपीलाई बिर्सियो भन्नुभयो, तर मैले त्यही मञ्चबाट काँग्रेसले विपीलाई बिर्सिएको छैन् । बरु झन बलियो बनाएको छ । विपीको विचारलाई बलियो बनाएको छ भनेर जवाफ दिएँ ।

तर नेपाली काँग्रेसभित्र अहिले प्रतिपक्ष पनि छ नि ?

त्यसै भएर त मैले तपाईलाई को कसको विरोधी, को प्रतिपक्षी भनेर भन्नु भन्दापनि सकारात्मक रुपमा सोच्नुपर्छ भनेको हो ।

रामचन्द्र पौडेल र शेरबहादुरवीच राम्रो सम्बन्ध छैन नि ?

यो पार्टीमा रामचन्द्र र शेरबहादुरमात्रै छैनन् । यो पार्टीमा रामचन्द्र र शेरबहादुरजस्ता नेताहरु धेरै छन् । त्यसकारण रामचन्द्र र शेरबहादुर मात्रै नभन्नुहोस् । पार्टीभित्र समूहको राजनीतिमा मात्रै हुँदैन् । विवेकको राजनीति पनि हुन्छ ।

‘भौँरा’ सोनुको कम्ब्याक फिल्म, शुक्रबार विश्वज्योतिमा च्यारिटी

pahupati-aryaghat

काठमाडौं । नन्दुराज चौधरीले निर्माण गरेको थारु भाषाको फिल्म ‘भौँरा’ले शुक्रबार (असोज १४ गते) काठमाडौंमा आफ्नो च्यारिटी शो गर्ने भएको छ । च्यारिटी शो विश्वज्योति हलमा हुनेछ । च्यारिटीबाट संकलन हुने रकम थारु समुदायको उत्थानमा खर्च हुने निर्माण पक्षको भनाइ छ । च्यारिटीका लागि निर्माण पक्ष धमाधम तयारीमा जुटेको चौधरीले उल्लेख गरे । चम्पन साँस्कृतिक समूहको पहिलो प्रस्तुति ‘भौँरा’मा थारु समुदायमा विद्यमान नराम्रा विषयहरू कथामा समेटिएको छ । ‘भौँरा’ अभिनेत्री सोनु थारुको कम्ब्याक फिल्म पनि हो । लामो समयपछि सोनुले ‘भौँरा’मा जोडदार अभिनय गरेकी छिन् । सोनुले थारु भाषाका थुप्रै फिल्म पनि निर्माण गर्नुका साथै आफै अभिनय गरेकी छिन् । ‘भौँरा’मा थारु रितिरिवाज र साँस्कृतिबारे कथावस्तु समेटिएको निर्माता चौधरीले जानकारी दिए । ‘भौँरा’ झण्डै २५ लाखमा निर्माण भएको निर्माता चौधरीले दाबी गरेका छन् । फिल्ममा अधिकांश कलाकार नयाँ छन् ।

‘भौँरा’को अधिकांस छायाँकन दाङमा गरिएको हो । फिल्मलाई कृष्ण चौधरीले निर्देशन गरेका हुन् । श्रीनारायण चौधरीको पटकथा, हरिनारायण चौधरीको छायाँकन रहेको ‘भौँरा’मा दीपक चौधरी, हरि वाग्ले र दीपक दीपको नृत्य निर्देशन रहेको छ । ‘भौँरा’मा निर्माता नन्दुराज चौधरीले पनि अभिनय गरेका छन् । फिल्ममा सोनु थारु, कृष्ण चौधरी, श्रीनारायण चौधरी, अञ्जु चौधरी, रीमा चौधरी, राज कुस्मी, हरि चौधरी, रोशन रत्गैँया, फिरु चौधरी, वीरबहादुर चौधरी, समीक्षा चौधरी, राम कठरियालगायतको अभिनय रहेको छ ।

म्यानचेष्टर युनाइटेडद्वारा लुहान्स्क १–० ले पराजित

pahupati-aryaghat

लन्डन, १४ असोज । म्यानचेष्टर युनाइटेडले युरोपा लिग अन्तर्गत बिहीबार राति भएको खेलमा जोर्या लुहान्स्कलाई १–० पराजित गरेको छ । युनाइटेडको जितका लागि जाल्टान इब्राहिमोबिचले गोल गरे । जारी युरोपा लिगमा पाँच खेल खेलिसकेका इब्राहिमोबिचले यसअघिका खेलमा गोल गर्न सकेका थिएनन् । लुहान्स्क विरुद्धको खेलमा इब्राहिमोबिचले ६९ औं मिनेटमा हेडमार्फत गरेको गोल नै निर्णयक बन्यो । लुइस भान गालको ठाउँमा म्यानचेष्टर युनाइटेडको प्रशिक्षक भएका माउरीन्होले पनि जित कठिन भएको प्रतिक्रिया दिएका थिए । एक महिनाभित्र भएका प्रतियोगितामा म्यानचेष्टर युनाइटेडले तीन वटा म्याच जितेको छ भने तीन वटा म्याच हारेको छ । – एजेन्सी

सिरियालाई शान्त पार्ने बढी जिम्मेवारी रसियाको : मर्केल

pahupati-aryaghat

बर्लिन (जर्मनी), १४ असोज । सिरियामा जारी द्वन्द्वले युरोपलगायत विश्वका धेरै मुलुकलाई प्रभावित पारेको र हालै अलेप्पोमा सिरियाली सरकारद्वारा गरेको हवाई आक्रमण जर्मन चान्सलर एन्जेला मर्केलले बिहीबार बताउनुभएको छ । उहाँले युद्धबिरामले विश्व समुदायमा ठूलो आशा सिर्जना गरिरहेका बेला रसियाको समर्थनमा सिरिया सरकारद्वारा प्राचीन सहर अलेप्पोमा आक्रमण हुँदा यसले विश्वलाई निरास बनाएको मर्केलको भनाई थियो । सिरियाली सहर अलेप्पो क्षेत्रमा पछिल्लो समय भएका हवाई आक्रमण सिरियाली भूभागमा भएका केही हृदयविदारक घटनामध्येको एक भएको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले बताउनुभएको छ । यसलाई नियन्त्रण गर्न रसियाको भूमिका रहनुपर्ने उहाँको भनाई थियो । सन् २०११ मा सुरु भएको सिरियाली द्वन्द्वका कारण करिब तीन लाख मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ । द्वन्द्वका कारण सिरियाको आधा जनसङ्ख्या विस्थापित बनेको छ । –एएफपी

कुशको शव बनाएर पूर्वगृहमन्त्री घिमिरेको पशुपति आर्यघाटमा अन्त्येष्टि

pahupati-aryaghat

काठमाडौं, १४ असोज । ६ दिनदेखि त्रिशूली नदीमा वेपत्ता पूर्व गृहमन्त्री माधव घिमिरेको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ । गत आइतबार साँझ चितवनको घोप्टेभिरबाट जिप खसेर बेपत्ता भएका घिमिरेसहित भाइहरु मोहन र प्रकाशको खोजी गर्दा पनि नभेटिएपछि शुक्रबार आफन्तले तीनै जनाको कुशको शव बनाएर अन्त्येष्टी गरेका हुन् । कुशको शवलाई घिमिरेका छोरा सुशान्तले दागबत्ती दिएका थिए । पूर्वगृहमन्त्री घिमिरेको अन्त्येष्टिमा गृहमन्त्री विमलेन्द्र निधि, मुख्यसचिव सोमलाल सुवेदी, सुचिवहरू, पूर्वसचिवहरू र आफन्तहरूको उपस्थिति थियो । सात जना सवार बा९च १५३१ नम्बरको जिप त्रिशुलीमा खस्दा तीन जनाको ३ को मृत्यु, ३ बेपत्ता र एकको जिवितै उद्दार गरिएको थियो । घिमिरेकी आमा चैतन्या, आफन्त नारायणप्रसाद काफ्ले र अंगरक्षक सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको मृत्यु भएको थियो भने गाडीका चालक विष्णु राईको जीवितै उद्दार गरिएको थियो । पूर्वमन्त्री घिमिरे र उनका दुई भाई अझै वेपत्ता छन् । फोटो : सुजित महतको ट्विटबाट ।

चेपाङ केन्द्रमा दशैं

dsci5338

चितवन, १४ असोज
पुर्वि चितवनको रत्ननगर १० मा रहेको गामबेशीको चेपाङ संरक्षण केन्द्रमा आज एक कार्यक्रमका बिच दशैं मनाईएको छ ।

बालबालिकाहरु दशैं बिदामा घर जाने भएको हुँदा केन्द्रमा आज दशैं मनाईएको हो ।

नारायणगढका दुई दिदी बहिनीहरु श्रद्धा लिम्बु र कृष्णा लिम्बुले बालबालिकाहरुसँगै बसी मिष्ठान्न भोजन गराएर दशैं मनाएका हुन ।

dsci5350

यो कार्यक्रमको संयोजन हाँस्य कलाकार ज्योति काफ्लेले गरेका थिए । लिम्बु दिदी बहिनीले बालबालिकाहरुलाई दाल, भात, तरकारी, अचार, मासु खुवाएर नाचगान गरि सँग सँगै नाचेर रमाईलो गरेका थिए ।

चेपाङ बालबालिकाहरु अब दशैं बिदा सक्काएर केन्द्रमा फर्किनेछन ।

आफ्नो कला एवंम संस्कृति जोगाउनका निम्ति बिभिन्न ब्यक्तिको सहयोगमा सबै नेपाली चाडपर्वहरु मनाईने केन्द्रका सदस्य शिशिर सिंखडाले जानकारी दिनुभयो ।

एनआरएन अमेरिका जुट्यो वृद्धाश्रम वनाउने तयारिमा सदस्यता वनाउने अभियान तिब्रगतिमा

nrna1

अमेरिका । गैर आवाशीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको कन्फरेन्स कल बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । आईतवार संघका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको बैठकले अमेरिकामा गैर आवाशीय आन्दोलनलाई थप मजबुत र प्रभावकारी बनाउन यसका अतिरिक्त नेपाली समुदायको हितमा काम गर्न भिन्न भिन्न उद्धेश्य रहेको कार्यदल सल्लाहकार, एनआरएनका च्याप्टरहरू तथा एनआरएन अमेरिकाका सम्पूर्ण अभियन्ता संगठित भई अमेरिकाको विभिन्न राज्यमा सदस्यता विस्तार गर्ने निर्णय गरेको छ ।

त्यसै गरि एनआरएन अमेरिकाले एनआरएन अमेरिकाको उपाध्यक्ष रविना थापा र एनआरएन अमेरिकाका मिडिया कोअर्डिनेटर सर्बज्ञ वाग्लेलाई देवघाटको वृद्धाश्रममा गई स्थलगत अध्यायन गरि असक्त तथा वृद्ध वृद्धाहरूलाई मन्दिर तथा खाना खाने ठाउँ नजिकै भवन वनाउन उपयुक्त ठाउँ खोजि गरि एनआरएन वोर्डलाई जानकारि दिन लगाईएको थियो । सो निर्णय अनुसार एनआरएन अमेरिकाकी उपाध्यक्ष रविना थापाको संयोजकत्वमा देवघाटमा वृद्धाश्रम वनाउने अभियानलाई तिब्रगतिमा अगाडि वढाउने निर्णय धेरै अगाडि देखि शुरू गरिए पनि चन्दा संकलनको अभियान आईतवारको कन्फ्रेन्स कल मीटिंगवाटै शुरू गरियो । एनआरएन अमेरिकाले हालै देवघाटको मंदिर नजिकै २५ जना वृद्ध तथा वृद्धा अटाउने पहिलो भवन वनाउने छ । उक्त भवनमा ती वृद्ध तथा वृद्धालाई औषधो उपचारका साथै उनीहरूको सेवामा खटने व्यक्तिको पनि व्यवस्था गर्न सजिलो होस् भनि सो कार्य एनआरएन अमेरिकाले गर्न लागेको हो । हालै वनाउने भनिएको उक्त भवनको चापहेरि पछि पनि विस्तार गर्न मिल्ने छ ।

सो भवन वनाउन हालै नेपालमा रहनु भएका एनआरएनका महासचिव तिलक श्रेष्ठले देवघाट गई वृद्धाश्रमको शिलान्यास गरि भवन वनाउने प्रकृयालाई तदारूपताका साथ संचालन गरि अमेरिका फर्कनु हुनेछ ।

यसका अतिरिक्त एनआरएन अमेरिकाले नेपालीहरू माथि अकस्मात् पर्ने आपत तथा विपतका लागि इमर्जेंसी फ़ण्डको व्यवस्था गर्नुपर्ने विषयमा पनि व्यापक छलफल गरि चाडो भन्दा चाडो निर्णयमा जाने योजनामा जुटने प्रक्रिया समेत सुरु गरेको छ । मातृभूमि नेपालमा गएको प्रलयकारी भुकम्प लगत्तै संघको तर्फबाट अति प्रभावित क्षेत्रमा गरिएको राहत वितरण र स्वास्थ्य परिक्षण अभियानको समिक्षा गर्दै वृद्धाश्रम वनाउने एनआरएनको अभियानमा सहयोग पुर्याउन सम्पूर्ण संघ संस्थालाई अनुरोध गर्दै नेपाल र नेपालीको हितका पक्षमा जनमत निर्माण र कार्वान्वयनका लागि निरन्तर क्रियाशील रहने निर्णय गरेको छ । कन्फ़ेशन कल मीटिंगको संचालन एनआरएनका महासचिव तिलक श्रेष्ठले नेपालवाटै संचालन गर्नु भएको थियो ।

सर्बज्ञ वाग्ले मिडिया कोर्डिनेटर । एनआरएन एनसिसिय युएसए

Thursday, September 29, 2016

Music Makes Me Happy

वीएण्डसी हस्पिटललाई मेडिकल कलेजको अनुमति माग्दै मैनाली बसे आमरण अनशनमा

chaityanay

बिर्तामोड ।बिर्तामोडस्थित वी एण्ड सी टिचिङ हस्पिटललाई मेडिकल कलेज सञ्चालनको अनुमति दिनुपर्ने लगायतका ६ बुँदे मागसहित स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज मेचीका उपाध्यक्ष चैतन्यप्रकाश मैनाली बुधवारबाट आमरण अनशनमा बसेका छन् ।

वी एण्ड सी हस्पिटलमा आमरण अनसन बसेका मैनालीले माग पूरा नभएसम्म अनशन जारी रहने बताएका छन् । समाजले आयोजना गरेको पत्रकार सम्मेलनकाबीच उनले आमरण अनसन शुरु गरेको घोषणा गरे । वीएण्डसी हस्पिटलले मेडिकल कलेज सम्बन्धनका लागि पूरा गर्नुपर्ने सम्पूर्ण निर्धारित मापदण्ड पूरा गरेको जनाउँदै समाजका उपाध्यक्ष मैनालीले कैयौं बैंकको अर्बौ लगानी रहेको वी एण्ड सीलाई मेडिकल कलेज सञ्चालनको सम्बन्धन दिन राज्यले गरिरहेको ढिलाईप्रति आपत्ति प्रकट गरे ।

डाक्टर गोविन्द केसीले विभिन्न प्रभावमा परेर अनशन बस्दैमा राजधानी बाहिर त्यसमा पनि मेची अञ्चलका २६ लाख जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा र आफ्नै अञ्चलमा मेडिकल अध्ययन गर्ने अधिकारबाट बञ्चित गर्न नहुने मैनालीको भनाइ छ ।

समाजले राखेका अन्य मागहरुमा कुनै पनि क्षेत्र विशेषको विकास र उन्नतिमा सोही क्षेत्रका जनताले निर्णय गर्न पाउने सर्वसम्पन्न अधिकारमाथि सरकारले अंकुश लगाउन नहुने तथा मेचीका २६ लाख जनताको स्वास्थ्य सुधारका लागि आवश्यक पहलकदमी र विशेष कार्यक्रम ल्याइनुपर्ने रहेको छ ।

त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई शिक्षण अस्पताललाई सम्बन्धन प्रदान गर्न सक्ने अधिकार सम्पन्न मेडिकल विश्व विद्यालयको स्वीकृति प्रदान गर्नुपर्ने समाजको माग छ ।

त्यस्तै सरकारी अस्पतालमा पूर्णकालीन रुपमा कार्यरत चिकित्सकलाई निजी अस्पताल तथा क्लिनिकमा गई काम गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाउनुपर्ने र सरकारी अस्पतालमा चौविसै घण्टा सेवा उपलब्ध हुनुपर्ने माग समेत राखिएको छ । सरकारले तोकेका मापदण्ड पूरा नगरेका र कानून विपरीत सञ्चालनमा रहेका निजी अस्पताल, नर्सिङ होम र मेडिकल क्लिनिकलाई तत्काल बन्द गर्नुपर्ने माग समाजले अघि सारेको छ ।

असक्त विरामी तथा शव माथि लाग्दै आएको स्वास्थ्य सेवा कर वापतको अतिरिक्त ५ प्रतिशत शुल्क सम्बन्धी व्यवस्था तत्काल खारेज गर्न र कमिशनको लोभमा विरामीलाई सीमापार लाने गिरोहको खोजी गरी तत्काल आवश्यक कार्वाही अघि बढाउन पनि समाजले माग गरेको छ ।

पत्रकार भेटघाटको सञ्चालन समाजको सचिव टीकाराम मंग्रातीले गरेका थिए । यसैबीच बुधवार नै आमरण अनशनमा बसेका मैनालीको वीएण्डसीको चिकिसत्क टोलीले स्वास्थ्य परीक्षण गरेको छ । उनको अवस्था सामान्य रहेको वीएण्डसीका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

समाचार तथा तस्बिर सौजन्य :विनोद पाण्डे

विश्वको कुनै कुना बाट नेपालको मोबाइल रिचार्ज गर्न मिल्ने सुविधा भएको एप 

connect-to-nepal

वाशिडटन डिसी 
 
अमेरिकाको भर्जिनियामा बसोबास गर्ने दुई नेपाली विद्यार्थीहरु राजीव श्रेष्ठ र गोपाल सापकोटाले एक नयाँ एपको प्रयोग गरेर  मोबाइलमा सोझै रिचार्ज पैसा हालि दिन सक्ने बनाएका छन् l श्रेष्ठ तथा सापकोटा हाल डिसी महानगर क्षेत्रमा अवस्थित अमेरिकन कलेज अफ कमर्स टेक्नोलजी (एसीसीटी) मा अध्ययनरत छन्
 
हालै सार्बजनिक गरेको उक्त एप कनेक्टटुनेपाल वेव र मोबाइल दुबै बाट प्रयोग गर्न सकिने छ । कनेक्टटुनेपालको एप एन्ड्रोइडको गुगल प्ले तथा आइओएस्को एप स्टोर बाट सर्च गरेर बिना शुल्क डाउन लोड गर्न सकिन्छ । यस्को प्रयोगबाट छोटो समय मै लाखौं नेपाली लाभान्वित हुने छन् l
 
यो एप चलाउन निकै सजिलो भएको र आइफोन र एन्ड्रोइड दुवैका प्रयोगकर्ताहरुले यो एपबाट भरपूर फाइदा उठाउन सक्ने गरी निकै ठूलो प्राविधिक प्रयास पछि यो बनाउन सफल भएको उनीहरुले जानकारी गराए ।
 
अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली अमेरिकन आइटी प्रोफेसनलहरुको नयां संस्था सोसाइटी अफ नेपलिज अमेरिकन आइटी इन्जिनियर्स (स्नेयी) को अन्तरक्रिया कार्यक्रममा राजीव र गोपालले यो एपको पहिलो पटक सार्वजनिक गरेका हुन । 
 
एकै महिनामा ५ सय रेगुलर प्रयोगकर्ता बनेको र उनीहरुको कारोबारबाट नेपाल सरकारले ३ लाख सम्मको राजश्व पाइसकेको आंकडा पनि उनीहरुले दिए ।
 
यो एपले एनटिसी, एनसेल तथा युटिएल सवै कम्पनीका मोबाइलमा विदेशबाटै सजिलै पैसा रिचार्ज गर्न सकिन्छ । नेपालमा रहेका आफन्तको मोबाइल नम्बर मात्र भए फोनको रिचार्ज गर्न सकिने छ भने पे पाल मार्फत आफ्नो भीसा, मास्टर कार्ड तथा बैंक कार्डबाट समेत पैसा चार्ज गर्न सकिन्छ । डलर तथा पाउण्डबाट गरिएको चार्जको नेपालीमा यति हुन्छ भनेर देखाउने ब्यबस्था पनि गरिएको छ ।
 
यी युवाको जोडीले नेपालसंग संसारभरिका नेपालीहरुलाई जोड्ने सिलसिलामा यो पहिलो उपहार ल्याएको र आफूहरु अरु दुई ठूला र विशुद्ध नयाँ आइटी प्रोजेक्ट तयार गर्न तल्लीन रहेको बताएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री शाहीले ICAO महासभालाई सम्बोधन

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) को मुख्यालय मन्ट्रियलमा सेप्टेम्वर २७ देखि अक्टोवर ७, २०१६ सम्म संचालन भईरहेको ICAO को ३९ ‌औं महासभामा भाग लिन आउनु भएका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री जीवन बहादुर शाहीले आज महासभालाई सम्बोधन गर्नुहुँदैं नेपालको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित तथा भरपर्दो बनाउन नेपाल सरकार क्रियाशील रहेको जानकारी गराउनु भयो।

 आजको महासभाको पहिलो वक्ताका रुपमा सम्बोधन गर्दै माननीय मन्त्री शाहीले अधिकांश भू-भाग हिमाल र पहाडले ओगटेको नेपालका लागि सुरक्षित हवाई उड्डयन अत्यन्त महत्वपुर्ण रहेको भन्दै नेपालको पर्वतीय पर्यटनको विकासमा हवाई उड्डयनको ठूलो योगदान रहेको उल्लेख गर्नुभयो।

 वहाँले ICAO को सन् २०१३ को नेपालको हवाई उड्डययन सम्बन्धी ICVM प्रतिवेदनमा उल्लेख गरिएका महत्वपूर्ण सुरक्षा चासोका विषयलाई सम्बोधन गर्न नेपालले ICAO समेतको सहयोगमा महत्वपूर्ण कार्यहरु गरी रहेको र पछिल्लो तथ्याङ्कले नेपाल ICAO सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयनमा विश्वका सरदर मुलुकहरुको नजिक पुग्न लागेको देखाएको भन्दै नेपालले शीघ्र ICAO को मापदण्डमा उल्लेखित सुरक्षा चासोका विषय सम्बोधन गरिसक्ने विश्वास व्यक्त गर्नुभयो। वहाँले जापान सरकारको सहयोगमा Monopulse Secondary Surveillance Radar (MSSR) आयोजना संचालन गरी कार्य गरिरहेको पनि सभालाई जानकारी गराउनु भयो।

 सेप्टेम्वर २७, २०१६ का दिन क्यानडाका यातायात मन्त्री, ICAO परिषद्का वर्तमान अध्यक्ष, ICAO का महासचिव र मन्ट्रियलका मेयरले संयुक्त रुपमा उदघाटन गर्नुभएको ICAO को ३९ ‌औं महासाभामा नेपालबाट माननीय संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको नेतृत्वमा क्यानडाका लागि नेपालका राजदूत तथा ICAO का प्रतिनिधि, नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक, पर्यटन मन्त्रालयका सम्बन्धित महाशाखाका प्रमुखहरु, नेपाल वायुसेवा निगमका प्रवन्ध निर्देशक लगायतका अधिकारीहरु नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनुहुन्छ।

 ICAO का विभिन्न निकायका यस अघि सेप्टेम्वर 26, 2016 का दिन भएको कार्यकारीहरुको अनौपचारिक बैठकमा अतिथिको रुपमा बोल्दै माननीय मन्त्री शाहीले हवाई उड्डयन सम्बन्धी पूर्वाधारको विकास तथा नो कन्ट्री लेफ्ट विहाइन्ड (No Country Left Behind) भन्ने ICAO को नारालाई मूर्तरुप दिन ICAO र विकसित मुलुक तथा हवाई उड्डयनसँग सम्बन्धित संघ-संस्थाहरुलाई हवाई उड्डयनको विकास कम भएका नेपाल लगायतका मुलुकहरुलाई सहयोग गर्न पनि अनुरोध गर्नुभयो।

 माननीय संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले अक्टोवर ३, २०१६ का दिन ICAO परिषद्का अध्यक्ष र  ICAO का महासचिवसँग संयुक्त भेटघाट गर्ने कार्यक्रम रहेको छ।

 

 

 

 

नेपालमा रूसी महाकवि पुश्किनको प्रतिमा र काव्यसङ्ग्रह विमोचन

pushkin-bust-kath25092016

रूस–नेपाल सहयोग तथा मैत्री समाजको अग्रसरतामा रूसमा बसोवास गरिरहेका साहित्यानुरागी नेपालीहरूको समेत सक्रिय सहभागितामा २५ सेप्टेम्बर २०१६ (आइतवार) का दिन नेपालको राजधानीस्थित रूसी विज्ञान तथा संस्कृति केन्द्रको प्राङ्गणमा विश्वविख्यात रूसी महाकवि अलेक्सान्द्र पुश्किनको प्रतिमा स्थापना गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा नेपालका लागि रूसका राजदूत आन्द्रेइ बुदनिक, रूसी संस्कृति केन्द्रका निर्देशक स्तानिस्लाभ सिमाकोभ, रूस–नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभ, नेपाल–रूस मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष भगवानरत्न तुलाधर, पुश्किनको आवक्ष कांस्य प्रतिमाका निर्माता मूर्तिकार ग्रिगोरी पोतोत्स्कीको समेत समुपस्थितिमा प्रतिमा अनावरण समारोह सुसम्पन्न भयो । त्यसै भव्य अवसरमा विश्व नेपाली साहित्य महासंघका केन्द्रीय सल्लाहकार कृष्णप्रकाश श्रेष्ठद्वारा रूसी भाषाबाट सोभैm नेपालीमा अनुदित काव्यसङ्ग्रह ‘रुसाल्का’ को पनि विमोचन भएको छ ।

simakovgpupretitejprakash2509016

उक्त काव्यसङ्ग्रहको सम्पादनमा सहयोग पु¥याउने अनुवादकका भाइ, नेपाल बालसाहित्य समाजका अध्यक्ष तेजप्रकाश श्रेष्ठबाट रूसी महाकविको काव्यसङ्ग्रह ‘रुसाल्का’ को लोकार्पणार्थ छोटो मन्तव्य दिइएपछि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीबाट पुस्तक विमोचन गरिएको थियो । रूसको मैत्री प्रमण्डलका सदस्यहरूका साथै समारोहमा उपस्थित सबै महानुभावहरूमा पुश्किनका त्रासदी काव्यत्रय (‘रुसाल्का’, ‘मोजार्ट र साल्येरी’ एवं ‘जिप्सी’) का साथै २५ वटा कविताहरू समाविष्ट काव्यसङ्ग्रह ‘रुसाल्का’ उपहारस्वरूप प्रदान गरिएको थियो ।

rusalkavimochan-tejprakash2509016
यहाँनेर नेपाली पाठकवृन्दलाई रूसी महाकविको संक्षिप्त परिचय दिनु युक्तिसङ्गत हुनेछ ।
मास्कोको एक कुलीन परिवारमा सन् १७९९ को २६ मई (नयाँ शैलीअनुसार ६ जून) का दिन जन्मेका अलेक्सान्द्र पुश्किनको बचपन उनकी धाइआमाले सुनाएका लोककथा र लोकगीतहरूको संसारमा बितेको थियो । पछि उनी फ्रान्सेली विचारक भोल्टेएरका कृतिहरूबाट निकै प्रभावित हुन पुगे । खास गरी नेपोलियनद्वारा रूसमा आक्रमण हुँदा सन् १८१२ को देशभक्तिपूर्ण युद्धकालमा रूसी जनताले देखाएको वीरताले उनको बौद्धिक विकासमा ठूलो असर पारेको थियो ।

rusalkavimochan-gpupretitpshrestha

रूसी महाकवि अलेक्सान्द्र पुश्किनमा उन्नाईसौं शताब्दीको समकालीन यूरोपेली साहित्यको छाप पर्नु स्वाभाविकै थियो । आधुनिक रूसी साहित्यिक भाषाका प्रवर्तक मानिने अलेक्सान्द्र पुश्किन तथा नेपाली साहित्यमा आधुनिक चेतनाका संवाहक रहेका लक्ष्मीप्रसाद देवकोटाको काव्यसिर्जनाकालमा एक शताब्दीभन्दा पनि बढी समयको अन्तर रहे तापनि यी दुवै महाकविहरूमा प्राच्य र पाश्चात्य सौन्दर्यसास्त्रीय अनुभूतिको बेजोड समन्वय पाइन्छ । विशेषतः रोमाञ्चवादी साहित्यधाराकै प्रतिनिधि भएका हुनाले रूस तथा नेपालका महाकविद्वयको काव्य–चिन्तनमा धेरै समानता पाइनु अस्वाभाविक हुँदैन । यसैको परिणामस्वरूप पुश्किनले रूसी काव्यलाई आधुनिकतामा ढालेजस्तै अंग्रेजी साहित्यको स्वच्छन्दतावादी साहित्यिक धाराबाट प्रभावित हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि नेपाली साहित्यमा यथार्थोन्मुख स्वच्छन्दतावादी धारालाई चरमोत्कर्षमा पु¥याएका थिए ।

rusalka-vimochan-gpupreti

उपरोक्त कथनको पुष्टि विमोचित काव्यसङ्ग्रह ‘रुसाल्का’ मा समाविष्ट काव्यको अध्ययनबाट स्पष्ट हुनेछ । संक्षेपमा भन्ने हो भने नारीसमस्यामूलक ‘रुसाल्का’ काव्यमा नायकको सम्पन्नता र नायिकाको विपन्नता पारस्परिक नैसर्गिक प्रेममा समेत वाधक बन्न पुग्दछ । प्रतिभावान् संगीतकार मोजार्टप्रति उसकै अनन्य मित्र साल्येरीको ईष्र्याभावमा आधारित लघुत्रासदी ‘मोजार्ट र साल्येरी’ चाहिं ‘खुट्टा तान्ने प्रवृत्ति’ को पर्याय बनेको छ । पुश्किनको ‘जिप्सी’ र रूसी भाषामा समेत मूल काव्यकै छन्दमा अनूदित देवकोटाको ‘मुनामदन’ काव्यलाई दाँज्ने हो भने पूर्वीय जीवनदर्शनका उपज तर पश्चिमाभिमुख देवकोटामा तथा यूरोपीय जीवनदर्शनका प्रतिनिधि तर पूर्वाभिमुख पुश्किनमा कतिपय मूलभूत अन्तरका वाबजूद पनि निकै समानता ठम्याउन सकिन्छ । यी खण्डकाव्यहरूको रचनामा दुवै कविले लोकाख्यानलाई आधार तुल्याएका छन् । देवकोटाले मध्यकालीन नेवारी गीतको कथानकलाई ‘मुनामदन’ खण्डकाव्यको रचनार्थ प्रयोग गरेका थिए भने पुश्किनले पनि भारतीय मूलका मानिने घुमन्ते जिप्सी जातिको माझमा प्रचलित किम्बदन्तीलाई आफ्नो काव्यको आधारभूमि तुल्याएका थिए । त्यसैले रूसी भाषाबाट नेपाली भाषामा सोभैm अनुवाद गरिएको पहिलो कृति बन्न पुगेको ‘जिप्सी’ काव्य (ई.सं. १९६८) ‘मुनामदन’ कै लोकछन्द लिएर नेपाली भाषामा उदायो ।

kpsstanislavsimakov

यी दुवै यथार्थवादी कृतिहरूको रचनाकालमा पूरै एक शताब्दीको अन्तर रहे तापनि तिनको साहित्यिक भावधारा समान रहेको छ भन्नु अतिशयोक्ति मानिने छैन । रूसी महाकविका अन्य अनूदित कविताहरूबाट पनि यस कथनको पुष्टि हुन्छ ।

20160925_175711

नेपाली पाठकवृन्दमा रूसी महाकवि पुश्किन अब अपरिचित छैनन् भन्न सकिन्छ । नेपालीमा यसै पंक्तिकारको अनुवादमा अलेक्सान्द्र पुश्किनका दुई गद्यकृति ‘दुब्रोभ्स्की’ लघुउपन्यास र ‘बेल्किनका कथाकहानी’ (आख्यान) पनि प्रकाशित भएका छन् । रूसी महाकविका केही कविताहरू मेरा आत्मीय बन्धु जङ्गब चौहानबाट नेपालीमा र मेरा सहपाठी कवि दुर्गालाल श्रेष्ठको अनुवादमा नेवारीमा समेत निसृत भएका छन् । भविष्यमा रूसी महाकविका अन्य अमर कृतिहरूले पनि नेपालका विभिन्न राष्ट्रिय भाषाहरूमा पुनर्जन्म पाउने छन् । काठमाडौंमा स्थापित पुश्किनको प्रतिमाले यसै भावनाको अभिव्यक्तिस्वरूप पुश्किनकै ‘स्मारक’ कविताबाट एक श्लोक पैंचो लिएर नेपालीहरूलाई सम्बोधन गर्दै यसो भनेभैंm लान्छ :
नेपालभरि नै होला चर्चा मेरो प्रतिक्षण ।
भाषामा सबको होला मेरो नै नाम गुञ्जन ।।
थारू, किरात, नेवार, तामाङ्, गुरुङ्, मगर्, खश,
हिमाल्, पाहाड्, मधेस्वासी मेरो पैmलाउलान् यश ।।
रुसी महाकवि अलेक्सान्द्र पुश्किन ३८ वर्षको जम्जमाउँदो उमेरमै ईष्र्यालु दान्तेससितको मल्लयुद्धमा घाइते भई यस लोकबाट बिदा भए तापनि उनले जुन रूसी आधुनिक साहित्यिक भाषाको सिर्जना गरेका थिए सो जीवित छ र सदासर्वदा जीवित रहनेछ । उनका साहित्यिक कृतिहरूमा उनको युगको प्रगतिशील विचारधाराको प्रतिबिम्ब छर्लङ्ग उत्रेको छ । महाकवि अलेक्सान्द्र पुश्किनले आफ्ना अमर कृतिहरूमा तत्कालीन रूसी समाजको यथार्थ चित्रण प्रस्तुत गरेका छन् ।

20160925_174519

रूसी विज्ञान तथा संस्कृति केन्द्रमा उगश्किनको प्रतिमा अनावरण तथा काव्यसङ्ग्रहको विमोचन समारोहको अवसरमा ‘पुश्किनको मास्को’ शीर्षकमा रूस–नेपाल सहयोग तथा मैत्री समाजका उत्तरदायी सचिव बोरिस भेर्शिनिनकृत छविचित्रहरूको प्रदर्शनी र ‘हाम्रो सुन्दर एकता’ शीर्षकमा रूसी चित्रकारहरूको ग्राफिक चित्रकला प्रदर्शनीको पनि समुद्घाटन सम्पन्न भयो ।
पुश्किनको काव्यसङ्ग्रहको डिजाइनकर्ता समन श्रेष्ठले सूचित गरेअनुसार रूसी महाकविको प्रतिमा अनावरण तथा पुस्तक विमोचन समारोह निकै भव्य वातावरणमा सम्पन्न हुनुका साथै काठमाडौंस्थित रूसी विज्ञान तथा संस्कृति केन्द्रमा रमाइलो शरदीय न्यानो साँझमा निकै बेरसम्म

रूसी गीतहरू गुञ्जेका थिए ।
फोटो सौजन्य : समन श्रेष्ठ
मिति ः २७ सेप्टेम्बर २०१६
काठमाडौं–मास्को ।

20160925_174436

दशै तथा तिहार २०७३ को उपल्क्ष्यमा सास्कृतिक साँझ

enepales_-800x500

आदरणीय वाशिंगटन डि सि मेट्रो एरियामा वसोवास गर्ने मानुभावहरु वडा दशै तथा तिहारको हार्दिक मंगलमय शुभकामना । दशै तथा तिहारको उपल्क्ष्यमा प्राईड नेपाल यू एस ले आगामी अक्टोवर ०९ २०१६ आइतवारका दिन 1633 Davidson Rd, McLean, VA 22101
( McLean High School ) मा समय बेलुकी ४.३० बजे देखि ९ बजे सम्म शुभ कामना आदान प्रर्दान तथा मनोरन्जन साथै ALS रोगले पिडित श्री गणेश मैनालीको सहयोगार्थ दशै तिहार सास्कृतिक साँझ २०७३ गर्दैछौ । यस कार्यक्रममा नेपालका ख्याति प्राप्त गायक प्रमोद खरेल, चर्चित नायक दिलिप रायमाझी र साथमा स्थानिय कलाकारहरुको गायन, दोहोरी, हाँस्य, नृत्यहरुको वेजोड प्रस्तुती हुने छ । यस कार्यक्रममा तपाईलाई पनि हार्दिक निमन्त्रणा गर्दछौ ।
प्राईड नेपाल यू एस, भर्जिनिया

Venue: McLean High School
Address: 1633 Davidson Rd, McLean, VA 22101
Date: October 09, 2016
Time: 4:30 PM to 9:00 PM

ब्रिस्तित जानकारीको लागि सम्र्पक
कृष्ण श्रेष्ठ 703-963-5887, टिका कार्की 571-425-0075, रमेश मैनाली 703-945-5856, दिपेन खरेल 703-949-1061, गुण राज लुइटेल 703-720-0360, उज्वल कार्की 703-677-1130
e-mail: pridenepalus@yahoo.

सिड्नीमा मनोजले हसाँउने इन्दिराले तताउने

enepales_

अस्ट्रेलिया भ्रमणमा रहेका मनोज गजुरेल र ईन्दीरा जोशीले दसैंकाे पुर्ब संन्ध्यामा सिड्नीबासीलाई हसाउने र तताउने भएका छन् ।

यही आउँदाे आइतबार सिड्नीमा दसैँ साँझ मार्फ़त गजुरेल र जाेसीले आफ्नाे कलाकारीता प्रस्तुत गर्ने भएका छन् ।

प्रवासमा रहेका नेपालीको पहिलो पुस्ताको रंगमा रंगिएको र झागिंएको नेपाली कलाजगतले अबको दश बर्षमा भने नया मोडको र नौलो खोजको तयारीमा रहनुपर्ने मनोजले सुनाए ।

नेपालवाट बिदेशीएका पहिलो पुस्ताको लागि हाम्रो खुराक प्रयाप्त होला तर यहा जन्मेका र हुर्केका लागि भने केही नया र नौलो पस्कन सकेन भने पलायनको वाटो लाग्ने पक्का भएको उनले बताए । मनोजले मुल्य र मान्यता भित्र रही अगाडि बढ्ने योजनाले तत्कालै राहत नभएपनि कलान्तरमा भने भरपुर आत्मसन्तुष्टी पाइने बताए ।

ब्रिज द ग्याप नामक संस्थाको आयोजना र नेपालको शिक्षामा सहयोगको पाटो बोकेको यो कार्यक्रम पनि एउटा असल कारणका लागि भएको मनोजको तर्क थियो । हास्ने र हसाउने बिषयमा भने उनले यस पटक प्रधानमन्त्रीको भारत भ्रमणसँग जोडिएका हास्यरसका पोको फुकाउने तयारीमा रहेको बताए । मनोजको हास्यब्यंगमा मुलुकको राजनितीसँग जोडिएका आत्मपरक र केहि फरक ब्यंगबाण सम्मीलित हुने छन ।

लमजुङको शारदा माध्यामिक बिद्यालयको पुननिमार्णका लागि सिड्नीमा रहेको ब्रिज द ग्याप नामक संस्थाले यो दशै साझ नाम राखेर च्यारीटी कार्यक्रमको आयोजना गर्न लागेको हो । मनोजसँगै चर्चित गायिका इन्दिरा जोशीको पनि आकर्षक गित संगित कार्यक्रमको अर्को पाटोको रुपमा रहने छ ।

नेपाली साकीरा नामले चिनिने चर्चित गायिका इन्दिराले यस पटक केही राम्रो कार्यको लागि स्टेजमा उत्रन लागेको हुँदा केही फरक प्रस्तुती हुने बताइन ।

कलाकारलाई राज्यले गहना भन्दै गर्दा उपयुक्त वाताबरण र आवश्यक सहयोग गर्नु पर्ने बेला आएको बताउदै इन्दिराले भनिन , हामीले पनि सडक र आन्दोलन हैन ,माया र ममता खोज्ने अभियानको थालनी गर्न सक्नुपर्छ ।

कार्यक्रममा ग्याप दी नेपालका सल्लाहकार कृष्ण कुमार श्रेष्ठले यो संस्था फरक र अलग पहिचानवाट अगाडि बढेको बताए । श्रेष्ठले मुलुकको शिक्षा क्षेत्रमा रही आएको खाल्डो पुरा गर्ने हाम्रो अभियान हो यो । कार्यक्रममा ग्याप दी नेपालका अध्यक्ष शिव श्रेष्ठले सन २०१७ को मार्च महिना भित्र स्कुल पुननिमार्ण गरी हस्तान्तरण गरिने योजना रहेको बताए ।

भूकम्पले पूर्ण क्षती भएको सो स्कुलका लागि करिब ४५ हजार अस्ट्रेलियन डलर खर्च हुने अनुमान गरिएको छ ।

अनलान खबर बाट

डीसीमा यसरि हर्सौल्लास साथ राष्ट्रिय दिवस मनाईयो

img_4182

उपस्थिति र शुभ कामना

साथीहरु सबैमा नमस्कार,

सर्ब प्रथम आउदै गरेको हाम्रो महान चाड बिजय दशमीको शुभ कामना…

नेपाल र नेपाली समाजको सेवा गर्ने उधेश्यका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, युरोप शाखाले  स्थापनागरेको परोपकारी संगीत कोष बिकासको लागि पेरिसमा हुन गैरहेको बडादशैं लोक दोहोरी धमाका २०१६  को कुरा अवगत गराउन चाहन्छु ।

परोपकारी उदेश्यका साथ यो सांस्कृतिक कार्यक्रम लिएर नेपाल र युरोपका ख्याति प्राप्त कलाकारहरु हाम्रो रमणीय शहर पेरिसमा उपस्थित हुदै हुनुहुन्छ । कलाकारहरु : पुरुषोत्तम न्यौपाने, सुमी घिमिरे, बिनिता लामिछाने, जेबी ओली लगायतकाकलाकारहरु हाम्रो माझ आउदै हुनुहुन्छ ।

परोपकारी कार्यमा साथ दिन र प्रत्यक्ष बाजा बजेको सांस्कृतिक कार्यक्रमको रमाइलो लिनको लागि  याँहाको उपस्थितिको लागिहार्दिक अनुरोध गर्दछु  ।

 

मिति: अक्टोबर २०१६ आइतबार

स्थान: Restaurant Kamran 77-79 rue du Landy, 93300 Aubervilliers, France

समय: दिनको १ बजे बाट

आयोजक : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखा र नेपाली एकता समाज, फ्रान्स

Direction :

RER B: La Plaine St de France and Take Bus 173,139,239 Station: Murger

Metro 7: La Courneuve and Take bus 173 Station: Murger

Metro 12: Front Popularie and Take bus 239,139 Station: Murger

निर्मल अर्याल

पूर्व अध्यक्ष – एन.आर.एन.ए फ्रान्स

तथा

सल्लाकार – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, युरोप शाखा

Paris, France
[email protected]

नेपाली मूर्तिकारद्वारा जापानमा १८ मिटर अग्लो बुद्धको मूर्ति बनाउँदै

14488989_540077422847759_804224194_o

चितवन, १३ असोज
नेपालका प्रसिद्ध मूर्तिकारहरुको टोलीले जापानको क्युसुको कुमामोतोमा १८ मिटर अग्लो मूर्ति बनाउने काम थालेका छन् । नेपालका प्रसिद्ध मूर्तिकार सूर्य ‘मध्यरात’ (चितवन), मञ्जुल ‘मितेरी’ (मोरङ), रामचन्द्र पण्डित (उदयपुर) र सानुभाइ विश्वकर्मा (काभ्रेपलाञ्चोक) ले सो १८ मिटर अग्लो बुद्धको मूर्ति बनाउन थालेका छन् । जापानका व्यवसायी तथा समाजसेवी ओओसिमाको लगानीमा निर्माण हुन लागेको सो मूर्ति पाँच वर्षमा निर्माण सम्पन्न हुने प्रोजेक्ट मेनेजर दिलिप लामिछानेले जानकारी दिए ।

४ वर्ष देखि जापानमा अध्ययनरत विद्यार्थी दिलिप लामिछाने मार्फत् सो मूर्तिकारहरु जापान गएका हुन् । करिब ५० अरब भन्दा बढी रकम लाग्ने प्रारम्भिक अनुमान गरिएको सो मूर्ति निर्माणमा आवश्यक पर्ने रकम समाजसेवी ओओसिमाले खर्च गर्ने लामिछानेले जानकारी दिए । सो १८ मिटरको मूर्तिका साथै १३ मिटरको दुईवटा र ८ मिटरको चारवटा मूर्ति समेत निर्माण हुने लामिछानेले जानकारी दिए ।

14455820_540077379514430_196366852_o

आफ्नो जन्मस्थलमा केही सामाजिक गरौं भन्ने भावनाका साथ सो कुमामोतो राज्यमा ओओसिमाले बुद्धको मूर्ति निर्माण गर्न लागेका हुन् । चितवनका दिपक लामिछानेको सहयोगमा मूर्तिकारहरु जापान पुगेका हुन् । जापान पुगेका मूर्तिकारहरुलाई फुकुओका र कुमामोतो राज्यमा भव्य स्वागत समेत गरिएको थियो । २१औं शताब्दीको नयाँ सम्पदाको रुपमा विकास गरिने सो स्थानमा बुद्धको मूर्ति बन्न लागेपछि सो राज्यका जापानीहरु र नेपाली समुदायहरु हर्षित भएका छन् । चितवनका प्रसिद्ध मूर्तिकार सूर्य ‘मध्यरात’ लगायतका मूर्तिकारहरु नेपालकै प्रख्यात मूर्तिकार हुन् । उनीहरुले बनाएका मूर्तिहरु नेपाल र नेपालीहरु माझ ज्यादै लोकप्रिय रहेका छन् ।

14446459_540077392847762_499558673_o 14438771_539330652922436_1969472008_o 14423596_539466359575532_855112375_o

दशै तथा तिहार २०७३ को उपल्क्ष्यमा सास्कृतिक साँझ

enepales_

आदरणीय वाशिंगटन डि सि मेट्रो एरियामा वसोवास गर्ने मानुभावहरु वडा दशै तथा तिहारको हार्दिक मंगलमय शुभकामना । दशै तथा तिहारको उपल्क्ष्यमा प्राईड नेपाल यू एस ले आगामी अक्टोवर ०९ २०१६ आइतवारका दिन 1633 Davidson Rd, McLean, VA 22101
( McLean High School ) मा समय बेलुकी ४.३० बजे देखि ९ बजे सम्म शुभ कामना आदान प्रर्दान तथा मनोरन्जन साथै ALS रोगले पिडित श्री गणेश मैनालीको सहयोगार्थ दशै तिहार सास्कृतिक साँझ २०७३ गर्दैछौ । यस कार्यक्रममा नेपालका ख्याति प्राप्त गायक प्रमोद खरेल, चर्चित नायक दिलिप रायमाझी र साथमा स्थानिय कलाकारहरुको गायन, दोहोरी, हाँस्य, नृत्यहरुको वेजोड प्रस्तुती हुने छ । यस कार्यक्रममा तपाईलाई पनि हार्दिक निमन्त्रणा गर्दछौ ।
प्राईड नेपाल यू एस, भर्जिनिया

Venue: McLean High School
Address: 1633 Davidson Rd, McLean, VA 22101
Date: October 09, 2016
Time: 4:30 PM to 9:00 PM

ब्रिस्तित जानकारीको लागि सम्र्पक
कृष्ण श्रेष्ठ 703-963-5887, टिका कार्की 571-425-0075, रमेश मैनाली 703-945-5856, दिपेन खरेल 703-949-1061, गुण राज लुइटेल 703-720-0360, उज्वल कार्की 703-677-1130
e-mail: pridenepalus@yahoo.

डीसीमा यसरि हर्सौल्लास साथ राष्ट्रिय दिवस मनाईयो

हलियाको आशालाई निराशा हुन दिन्नँ – मन्त्री पाण्डे

bikram-pandeyकाठमाडौँ, १३ असोज । भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले हलियाको आशालाई आफूले निराशामा परिणत हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मुक्त हलियाको वर्तमान अवस्था र सरकारको दायित्व विषय आज यहाँ आयोजित अन्तक्र्रियामा उहाँले भन्नुभयो – “हलियाले उठाउँदै आएको विषय राष्ट्रको समस्या भएको हुँदा त्यसलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको छ ।

नेकपा (एमाले) अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले हलियासम्बन्धी विषयलाई श्रमिकको समस्या भनेर सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो ।

एकले अर्काेलाई भत्काएर र भड्काएर समस्या निराकरण हुन नसक्ने बताउँदै उहाँले भन्नुभयो – “यो समस्या अवधि तोकेर सम्बोधन गर्न आवश्यक छ ।”

नेकपा (माओवादी केन्द्र)का सांसद कर्णबहादुर विकले हलियाको सङ्ख्या बढाउने र घटाउने कार्यले वास्तविक हलिया मारमा पर्न सक्ने पक्षलाई हेक्का राखेर काम गर्न सचेत गराउनुभयो ।

नेपाली काँग्रेसका सांसद नरबहादुर चन्दले हलियासम्बन्धी समस्यालाई सदाका लागि अन्त्य गर्न सबै राजनीतिक दलले सामूहिक प्रतिबद्धता जनाएर काम गर्न आवश्यक छ भन्नुभयो ।

सो अवसरमा हलिया मुक्ति आन्दोलनमा योगदान पु¥याउनुभएका कोपिला नेपाली, रमेश कोली, ईश्वर सुनारलगायतले सुदूरपश्चिम र मध्यपश्चिमका १२ जिल्लामा हलियासम्बन्धी समस्या रहँदै आएको जानकारी दिनुभयो ।

हलियामध्ये ९८ प्रतिशत दलित समुदाय नै रहेको बताउँदै उहाँहरुले बाँझो जमिन जोतेर बसोबास गरेको तथा लिएको ऋण तिर्न नसकेर पुस्तौँपुस्तादेखि हलिया बन्नु परेको घटना सुनाउनुभएको थियो ।

सरकारले २०६५ भदौ २० गते हलिया मुक्तिको घोषणा गरे पनि उनीहरु अझै पनि उचित बसोबासको व्यवस्था मिलाउन माग गर्दै आन्दोलनमा रहेका छन् ।

भूमिसुधार तथा व्यवस्था मन्त्रालयले १९ हजार ५९ मुक्त हलिया परिवारको लगत प्रमाणीकरण गरी परिचयपत्र वितरणको कार्य गर्दै आएको छ ।

सरकारले आठ हजार ८८८ जनालाई दुईवर्षभित्र दुई चरणमा गरी पुनःस्थापन गर्ने कार्ययोजना अघि सारेको छ । हलिया मुक्त भएको पूर्ण कार्यान्वयनका लागि विद्यमान कानुनमा सुधार, जग्गासम्बन्धी आवश्यक व्यवस्था र क्षतिपूर्ति एवम् राहतको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

डीसीमा यसरि हर्सौल्लास साथ राष्ट्रिय दिवस मनाईयो

img_4099

          नेपाली राजदुतावास द्वारा आयोजित पहिलो संविधान दिवसको अवसरमा आयोजित राष्ट्रिय दिवस वाशिंगटन डीसीमा गत सेप्टेम्बर २८ तारिख ऐतिहासिक रुपमा सम्पन्न भयो l 

डीसीमा यसरि हर्सौल्लास साथ राष्ट्रिय दिवस मनाईयो

img_4090

नेपाली राजदुतावास द्वारा आयोजित पहिलो संविधान दिवसको अवसरमा आयोजित राष्ट्रिय दिवस वाशिंगटन डीसीमा गत सेप्टेम्बर २८ तारिख ऐतिहासिक रुपमा सम्पन्न भयो l लामो समयको प्रतिक्षा पछि नेपाली जनताले पाएको विश्व कै उत्कृष्ठ नया संबिधानलाई समर्थन जनाउदै डिसी महानगर क्षेत्रका नेपाली समुदाय ,बिदेशी अतिथि ,कुटनैतिक विशेष व्यक्तित्वहरुले खचाखच भिड रहेको उक्त नेपाल दिवस सफलता पुर्वक सम्पन्न भएको छ l

राष्ट्रिय दिवसमा राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि ) ले राष्ट्रिय दिवसको उपलक्ष्यमा हर्ष व्यक्त गर्दै उपस्थित सबैलाई स्वागत गरेका थिए l गत बर्ष नेपालमा गएको भूकम्पलाई अन्तर राष्ट्रिय अद्वितीय सहयोगको लागि नेपाल सरकार तथा नेपाली जनताको तर्फ बाट धन्यवाद दिएका थिए l राजदुत कार्कीले हामी पुनर्निर्माणमा लागि परेका छौ भन्दै हामी अझ बलियो बन्दै जाने छौ भनि मन्तब्य राखेका थिए l

img_4097

कार्यक्रममा अमेरिकाको राज्य बिभागका प्रतिनिधिले मन्तब्य राखेका थिए भने डीसी का नगर प्रमुखले संदेश दिएका थिए l यसै गरि पढेर डिस्ट्रिक अफ कोलम्बिया बिश्व बिद्यालयका सभापति तथा नेपाल पर राष्ट्र मन्त्रि प्रकाश शरण महत (बिध्य्वा वारिधि ) ले मन्तब्य राखेका थिए l

पर राष्ट्र मन्त्रि महतले बिदेशी तथा नेपाली समुदायको लागि अंग्रेजी तथा नेपाली दुबैमा मन्तब्य राख्दै संबिधान दिवसको उपलक्ष्यमा नेपाल दिवस भनेर मनाएका हौ भनि बताए l महतले नेपालको नया संबिधानले नेपाली जनताका मौलिक अधिकार ,समानता ,सहभागितालाई प्रत्याभूति गरेको छ भन्दै महिलाहरुको हक र अधिकार को सवालमा नेपालमा प्रधान न्यायाधिस ,राष्ट्रपति तथा सभामुखमा जस्ता पदमा महिलाको प्रतिनिधित्व रहेको जानकारी गराएका थिए l परराष्ट्र मन्त्रि महतले नेपाल तथा अमेरिकाको कुटनैतिक सम्बन्ध बारेमा चर्चा समेत गरेका थिए l कार्यक्रममा संसद मोहन बहादुर बस्नेतले पनि छोटो मन्तब्य राखेका थिए l

img_4079

अमेरिका तथा नेपालको राष्ट्रिय गीत बाट कार्यक्रमको उद्घाटन गरिएको भने कार्यक्रममा नेपाली राजदुतावास ,विभिन्न जिम्मेबारीमा रहेका कर्मचारीहरु, विभिन्न नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरु, नेपाली व्यवसायीहरु ,विभिन्न पेशाका ब्यक्तिहरु तथा पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली संस्कृति झल्काउने प्रकारका नृत्यहरुमा कुमारी नृत्य ,धिमे नृत्य,मधेसी नृत्य तथा परम्परागत नेपाली नृत्यहरु प्रस्तुत गरिएको थियो l

img_4176 img_4158 img_4156 img_4155 img_4153

img_4150 img_4144 img_4143 img_4140 img_4137 img_4131 img_4127 img_4110 img_4099 img_4077 img_4073 img_4071img_4207 img_4209 img_4215 img_4199 img_4204 img_4206

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...