Friday, September 2, 2016

यहि शनिवार ” विशेष साँझ यहाँहरू माँझ “!

IMG_6484

हरेक वर्ष जस्तै यस वर्ष पनि एन. ए. एन. सी. (NANC) ले आफ्नो स्थापना कालदेखि नै उत्तरी क्यालिफोर्नियामा नेपाली समुदायहरू माँझ संस्कृति झल्काउने खालको बार्षिक सांस्कृतिक कार्यक्रम “नेपाल साँझ” पटक पटक प्रदर्शन गर्दै आएको छ । त्यसैलाई निरन्तरता दिने उद्देश्यले यो बर्षको “नेपाल साँझ -२०१६” कार्यक्रम सेप्टेम्बर १०, २०१६ शनिवारको दिन अलमेडामा बिभिन्न सांगीतिक कार्यक्रमहरु सहित “विशेष साँझ यहाँहरू माँझ” आयोजना गरिदै छ ।

उक्त विशेष ” साँझ यहाँहरू माँझ ” कार्यक्रममा नेपालका बरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटा, गायिका मंजु थापा एवं चर्चित नायिका नलिना चित्रकार तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक कार्यक्रम तथा वेजोड नृत्य पनि प्रस्तुति रहनेछ । सो कार्यक्रमबाट बचेको शत प्रतिशत रकम उत्तरी क्यालिफोर्नियामा हालै स्थापना गर्न लागिएको,नेपाली कम्युनिटिहलमा जम्मा गरिने छ । हामी सबैको घर नेपालीको घर यो धर्तिमा नेपाली माटोको टुक्रा लिन सहयोग हुनेछ । नेपाली नेपाली माँझ दुख-सुखको समयमा प्रयोग गर्न सकिने नेपाली सामुदायिक केन्द्र भवन स्थापना गर्ने परियोजनाको सहयोगार्थ प्रदान गर्ने निर्णय भै सकेको छ । यसर्थ बिबिध सांस्कृतिक कार्यक्रममा मनोरंजन लिंदै सामुदायिक केन्द्र भवन स्थापना गर्ने महान यज्ञमा सरिक भई धर्म पनि कमाईने र भरपुर मनोरञ्जन पनि लिनको लागि विनम्र अनुरोध गर्दै हार्दिक चुलै निमन्त्रणा टक्र्याउन चाहन्छ ।

धन्यवाद !

प्रार्थी,
संयोजक – “नेपाल साँझ – २०१६” एवं भवन निर्माण समिति
मिडिया कमिटी – सर्बज्ञ वाग्ले –

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...