Thursday, December 1, 2016

एकता समाजले डिसेम्बर ४ मा साधारणसभा गर्दै

अमेरिका, लस एन्जल्स १ डिसेम्बर l अमेरिकाको क्यालिफोर्निया राज्य स्थित लसएन्जल्समा सन् २००९ मा स्थापित भै सामाजिक सेवामा समर्पित हुँदै आएको नेपाल अमेरिका एकता समाजको वार्षिक साधारण सभा आगामी डिसेम्बर ४ तारिख आइतबार आर्टेसिया सहरमा हुने भएको छ l
साधारण सभा साँझ सात बजे देखी तारा हिमालयन कुजिन आर्टेशियामा हुने तय भएको जानकारी संस्थाको महासचिव डोल्मा लामाले दिएकी छिन् l सभा पश्चात् निकट भविष्यमा हुनगईरहेको एनआरएन अमेरिकाको निर्वाचनको सम्बन्धमा समेत यस क्षेत्रको कसरी कस्तो प्रतिनिधित्व गर्ने, को-को आकाङ्क्षा राख्ने छन् भन्ने विषयमा समेत छलफल गर्ने कार्यक्रम राखेको एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष रामबाबु पाण्डेले जानकारी दिए l
यस वार्षिक साधारण सभाले यस सेरो फेरोमा रहेका सम्पूर्ण नेपाली समुदायलाई
एकत्रित गर्दै आफ्नो नेपाली सांस्कृतिक पराम्परालाई जगेर्ना गर्ने आफ्नो उद्देश्य पूर्तिका लागि वार्षिक कार्ययोजना माथि छलफल गरी दिर्घकालिन योजना तयार गर्ने   उद्देश्य रहेको अध्यक्ष सूर्य प्रसाईले जानकारी दिए l

संस्थाले प्रवासमा रहेका नेपाली समुदायको हक ,हित र अधिकारको संरक्षण र प्रबर्धन तथा नेपाली चाड पर्वका बेला सबै नेपाली हरुलाई एकै थलोमा  भेला गरी आफ्नो नेपाली पनको महसुस गराउदै आई रहेको छ l सामाजिक सेवामा थुप्रै उल्लेखनीय काम गर्न सफल भएको यस संस्था अमेरिकामा निकै राम्रो गैर मुनाफा सामाजिक संस्थाको रूपमा स्थापित भएको छ  l
साधारण सभामा गत एक वर्षको कार्यक्रम तथा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, विधान संशोधन, संस्थाको वार्षिक कार्ययोजना तथा विविध विषयमा छलफल गर्ने योजना रहेको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...