Friday, December 23, 2016

अमेरिकामा क्रिसमस सामान तथा उपहार चोर्ने चोरहरुको बिगबिगी

img_7416

उखानै छ, ‘चोरका हजार दाउ’ । अमेरिका जस्तो देशमा कड़ा सुरक्षा हुँदा हुदै पनि क्रिसमसमा आफन्तले पठाएका तथा आफुले बिधुतीय माध्यम बाट मगाएका समानहरु चोरी भएका घटनाहरु दिनहु बृद्धि भई रहेका छन l

ब्यापक समाचारमा आई रहेका छन l चोरहरु रातीको समयमा मात्र नभई दिन दहाडै चोरी गर्ने गरेका छन l हाकाहाकी झै हुलाक तथा द्रुतसेवाबाट ल्याइएका सामान घर बाहिर छोडेर हिड्ने हुँदा उठाउदै चल्दिने गरेको पाइएको छ l नेपाल जस्तो छर छिमेकले पनि पत्ता नै पाउदैनन l किनभने बाहिर निस्कने मानिस कम हुन्छन् l  सबै जना काममा जाने हुनाले छिमेकीको घरमा के भयो भन्ने नै थाहा हुँदैन l छिमेकीलाई लूतो न कनाई हुन्छ l

उनीहरुले मौका पाउन साथ सियो देखि लिएर फाली सम्म पनि छोडका छोडका छैनन l चोरहरुलाई राम्रो दशै झै भएको छ l गतिला माल हात पार्नुको साथै गरगहना र ठूला चीजमा सवारी साधन समेत लिएर सुई कुच्चा ठोकेको देखिएको छ l

अमेरिकामा अन्य ठूला चाडबाँड तथा क्रिसमस देखि नया बर्ष सम्म चोरहरुको निकै बिगबिगी हुन्छ l अमेरिकाको सरकारी हुलाक ,निजी द्रुत सेवाका प्रसिद्ध युपिएस तथा फेडेक्स नामक प्रतिष्ठानहरु अहोरात्र सामान पुऱ्याउने काममा अहोरात्र खटिएका छन l

युपिएस द्रुत सेवाले मात्र झन्डै हरेक दिन यो हप्ता ३० मिलियन ( ३ करोड़ )सामान पुराउने दाबी गरेको छ l चोरहरु बिशेष सुनसान हुने घरमा गाड़ी नै लिएर सामान छोड़ना साथ टपक्क उठाएर आफ्नै बुवा तथा मामाले पठाएको सामान झै गाड़ीमा सामान हाल्दा छिमेकीले प्रहरीलाई खबर गरे पछि चोर पक्राउ खाएका पनि छन l

फेडेक्सले पनि सन २०१५ को भन्दा १० प्रतिसतले बृद्धि हुने बताएको छ l यो समयमा ढुवानी खर्च निशूल्क गर्ने हुनाले कामको भार अत्यधिक हुने गरेको प्रवक्ताले बताएका छन l यस समय द्रुत सेवामा काम गर्ने लाई भात खान र शौचालय जान समेत हम्मे हम्मे पर्ने हुन्छ l र ,युपिएस ले ९५ हजार अस्थाई कामदार तथा फेडेक्सले ५० हजार भर्ना गरेका छन l सामान घर दैलो अभियानमा महासागर हुने हुनाले चोरहरुले पनि यही मौकामा चौका हान्ने देखिएको छ l युपिएस तथा फेडेक्सले समय  भित्र ९० प्रतिसत सामान पुर्याएको दाबि गरेका छन l

122216_packages_2-673x485

जताततै चोरी बढेको छ l फीनिक्समा घर फोडेर समेत घरमा किनेर राखेका उपहारको साथै अन्य चीज पनि चोरले लगेका छन l यसै गरि ,उपहार किनेर गाडीमा राखेको अवस्थामा गाड़ी नै लिएर बेपत्ता भएका पनि छन l यस्तै गरि एरिजोनामा कुकुर ,बच्चाका उपहार समेत लिएर बेपत्ता भएका छन l ईशाई मंदिरमा राखिएको उपहार पनि चोरले छोडका छैनन l

यसै गरि चोरिएका सामान प्रहरीले मालिकलाई बुझाउँदा हर्षले गदगद पनि भएका छन l यसै गरि बच्चाको उपहार पनि चोरी भएको छ भने अमेरिकाको अनेकौ राज्यहरुमा क्रिसमसको सामान चोरी भएका छन l अमेरिकामा प्रहरीले बिशेष निगरानी राख्नुको साथै सबैलाई यस कुरामा चनाखो हुन आग्रह समेत गरेको छ l

122216_packages-647x485यसै गरि घरको छतको धुँवा नली (चिम्नी )बाट पसेर पनि पनि चोरले महंगा सामान लिएर हिडेका छन l यस्तै गरि मेरिल्याण्ड ,भर्जिनिया ,डीसी ,न्यूहेम्पशायर ,पोर्ट सेन्ट लुइस तथा अन्य शहरमा पनि चोरी भएको छ l चोरीमा संलग्न युवा तथा युवतीलाई समेत प्रहरीले पक्राउ गरेको छ l सामान किन्नेले सामान ढिलो आयो या अहिले सम्म प्राप्त भएको छैन भनी सम्बंधित ठाउँमा सूचना दिने क्रममा त्यस बीचमा चोरी भएको पनि समाचार आएको छ l

चोर लाई दशै लागेता पनि पैसा हाल्ने ब्यक्तिलाई ठुलो दशा पनि लागेको छ l बिशेष गर गहना र बहुमूल्य सामान पनि प्रयाप्त हराएका छन l

यस्तो हुन नदिन आफ सजग हुनु पर्ने र सामान आउने समयमा चनाखो मात्र भए पुर्पुरोमा हात राख्नु नपर्ला l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...