Tuesday, January 31, 2017
मलेसियामा ४ खेलाड़ी सम्मानित
आज नेपाली प्रवासी सितोरियो कराते संघ,मलेसियाले आयोजना गरेको सम्मान कार्यक्रममा नेपालका खेलकुद जगत का 4 जना हस्तीलाई सम्मान गरिएको छ,र कार्यक्रममा नेपाली प्रवासी सितोरियो कराते संघका अध्यक्ष तथा प्रमुक प्रशिक्षक योगेन्द्र कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि NRNA मलेसियाका अध्यक्ष आदरणीय श्री बिश्व बिक्रम राई ज्यु हुनुहुन्थ्यो साथै सम्मानित हुनुहुने नेपाल बाट पाल्नु भएका राष्ट्रिय खेलकुद परिषदका पुर्ब उपाध्यक्ष आदरणीय श्री पिताम्बर तिम्सिना ज्यु साथै राष्ट्रिय खेलकुद परिषदका केन्द्रिय सदस्य आदरणीय श्री एकेन्द्र कुवर ज्यु ,,,साथै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा दक्षिण एसियाली खेलकुद सागमा चार स्वण पदक र एसियन गेममा 2 पटक सम्म कास्य पदक ल्याउन सफल ओलम्पिक तेक्वान्दो खेलाडी आदरणीय श्री दिपक बिष्ट ज्यु र नेपाली राष्ट्रिय फुटबल टोलिका पुर्ब कप्तान र नेपाल राष्ट्रिय तथ अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष र एक जमानाका फुटबल महारथी आदरणीय श्री हरि खड्का ज्यु लाई यस नेपाली प्रवासी सितोरियो कराते संघ ,मलेसियाले सम्मान गरेको छ….. साथै NRNA का अध्यक्ष ज्यु,,,, कराते संघका अध्यक्ष ज्यु,,,,र आदिवासी जनजाति महासंघ,मलेसियाको महासचिव आदरणीय श्री जीवन देवान गाउँले र प्रवासी कराते संघका बरिस्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय पदकधारी कर्ण बहादुर राई,,,प्रवासी कराते संघका काेषाध्यक्ष तथा अन्तर्राष्ट्रिय कराते रेफ्री लक्ष्मी क्षेत्री,यहाँ सबै पदाधिकारीहरुको हातबाट दोसल्ला ओढाइ,सम्मान पत्र र मायाको चिनो सहित सम्मान गरिएको थियो।कार्यक्रममा कान्तिपुर पत्रकार रामचन्द्र गिरि ज्यु को पनि उपस्थित थियो। कार्यक्रममा प्रवासी खेलाडीहरु राम आन्देम्बे,राम तामाङ,दुर्गा लिम्बुको पनि उपस्थित थियो। हामीले एस नेपाली प्रवासी सितोरियो कराते संघको तर्फबाट नेपालका चर्चित दुई खेलाडीहरु र दुई खेलकुद परिषदका चर्चित पुर्ब र हालका पदाधिकारीलाई सम्मान गर्ने मौका र आफ्नो अमुल्य समय दिनुभएकोमा हामी यस नेपाली प्रवासी सितोरियो कराते परिवारको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौ र यो सबै श्रेय हामी हिमालयन फुटबल क्लबका संयोजक सन्तोष कार्की ज्यु लाई दिन चाहन्छौ।उहाँको निम्तो बाट सम्मानित ब्याक्तित्व मलेसिया आउनु भएको हो।
गायक विनोद खम्वुले मलेसियामा सांगीतिक भूकम्प चलाए
अमेरिकाबाट गोरखालीहरुद्दारा पार्टी कार्यालयका लागि करिब सात लाख रुपैंया सहयोग
अमेरिकामा बसोवास गर्ने गोरखा जिल्लावासी नेपाली कांग्रेस पार्टीप्रति समर्पित, समर्थित र आस्थावान सकृय सदस्यहरुद्दारा नेपाली कांग्रेस, गोरखा जिल्ला पार्टी कार्यालय निर्माण क्रममा अपुग रकम सहयोगका लागि करिब सात लाख रुपैंयां सहयोग गरेका छन ।
नेपाली कांग्रेस, जिल्ला कार्यसमिति, गोरखाका सचिव युवा नेता नन्दु न्यौपानेको ब्यक्तिगत अमेरिका भ्रमणको अवसरलाई पारेर गोरखा जिल्लाबाट अमेरिका आई बिभिन्न राज्यमा बसोवास गर्ने माउ पार्टीप्रती आस्थावान शुभेच्छुकहरुसंगको छलफलले आफ्नै जिल्लामा निर्मित आफ्नै पार्टीको कार्यालय भवनको लागी यो सहयोग जुटेको हो ।
जनसंपर्क समिती, अमेरिका, मिचिगन च्याप्टरका संस्थापक सभापती धर्म भट्टराईको संयोजनमा संकलित ६,४३६१९।९४ (छ लाख, त्रिचालिस हजार, छ सय उन्नाईस रुपैंयां र चौरानब्ब्बे पैसा) ने. का. गोर्खाका पार्टी सचिब श्री नन्द प्र. न्यौपानेको नाममा वेष्ट्रन युनियनबाट नेपाल पठाईएको छ ।
पार्टी कार्यालयका लागी हालसम्म सहयोग गर्ने शुभेच्छुकहरुको नामावाली :
धर्म भट्टराई : $५०१
गोकुल ढकाल : $५०१
हेम राज भट्ट : $५०१
चन्द्र धिताल :$५५५
कृष्ण लमिछाने:$५०१
हरि ढकाल : $२०१,
प्रदिप वस्ती : $२०१,
जिबन गुरुङ : $२५१,
नारायण भट्ट : $१११,
सोम भट्ट : $१११,
नारायण बोहोरा: $२०१,
गोपाल बस्नेत : $५०१,
कृष्ण लमिछाने : $५०१,
बैकुण्ठ खनाल : $५६६,
बिनोद भट्ट : $१५१,
शिब ढकाल : $१५१,
केपी ढकाल : $१२१,
अरुण धिताल :$२०१,
हरेराम पन्त : $२०१,
हरी भट्ट : $१५१,
गोमा अधिकारी : $१०१,
अर्जुन देबकोटा : $ १०१,
पूर्ण शेर्पा : $१०१,
मणी पनेरु : $१५१, र
बुद्धी लामिछाने : $५५१ (नेपालमा उपलब्ध गराउने गरी) ।
संकलित रकम संयोजक भट्टराईले नेपाल पठाएपश्चात यस अघि नै नेपाल फर्किएका पार्टी सचिव न्यौपानेले एक कार्यक्रमका बिच पार्टी जिल्ला समितिका सभापती हरि घलेलाई हस्तान्तरण गराईसकेका छन । ‘प्रवासमा रहेर पनि जिल्लाको संगाठानिक ममताले सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तकज्यूहरुलाई म हार्दिक धन्यवाद दिन चाहन्छु,’ जिल्ला सभापति हरि घलेले सबैलाई धन्यवाद दिएको सचिव न्यौपानेले बताए ।
यसै संयोजक भट्टराईकानुसार रकम संकलित हुने क्रम जारी छ र नामहरु क्रमश: सुचित गरिनेछ । अन्य शुभचिन्तकहरुले पनि सहयोग गर्ने चाहना राख्न्नुभएमा निम्न खातमा रकम जम्मा गर्नसक्नुहुनेछ :
रकम जम्मा गर्न : बैक अफ अमेरिका
खाता नं : ४८३०१४०२११६८
राउटिङ नं : ०२१०००३२२
फोन : २४८ २५२ ७४६०
त्रियानब्बे प्रतिशत भूकम्पपीडितलाई अनुदान
काठमाडौँ, १८ माघ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दिइने अनुदानअन्तर्गत ९३ प्रतिशतलाई पहिलो किस्ताको अनुदान उपलब्ध गराएको छ ।
प्राधिकरणले भूकम्पबाट अति प्रभावित १४ जिल्लामा निजी घरको पुनःनिर्माणका लागि ९३ प्रतिशत घरधनीलाई पहिलो किस्ताको अनुदान रकम उपलब्ध गराएको हो ।
प्राधिकरणले पुनःनिर्माणका लागि अनुदान सम्झौता गरेका पाँचलाख ५० हजार २४१ घरधनीमध्ये आजसम्ममा पाँच लाख १० हजार एक सय ३० जनालाई पहिलो किस्ताको रु ५० हजार वितरण गरिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभयो ।
सिन्धुपाल्चोकका ७४ हजार ९१२, ओखलढुङ्गाका १८ हजार ३०१, नुवाकोटका ६० हजार ४७४, रामेछापका ३९ हजार ७५९, दोलखाका ४७ हजार ७९, गोरखाका ५२ हजार ६७५, काभ्रेपलाञ्चोकका ५९ हजार ७५१, रसुवाका आठ हजार ८४८, सिन्धुलीका २६ हजार १६२, धादिङका ५२ हजार ९१७ र मकवानपुरका १९ हजार ९ घरपरिवारलाई पहिलो किस्ताको अनुदान प्राप्त गरेका छन् ।
काठमाडौँ, भक्तपुर र ललितपुमा भने अनुदान सम्झौता गरेका ७१ हजार ६८३ मध्ये ५० हजार २४३ ले पहिलो किस्ता पाएको प्रवक्ता भुसालले बताउनुभयो । यस्तै पहिलो किस्ता अनुदान पाएर मापदण्ड अनुुसार घरको जग निर्माण गरेका ७२० घरधनीले दोस्रो किस्ताबापतको रु एक लाख ५० हजार प्राप्त गरिसकेका छन् ।
काठमाडौं, १८ माघ। प्रधानमन्त्री पुष्पकमल दाहालले क्रान्तिको उपलब्धि संरक्षण गर्न पनि स्थानीय तहको निर्वाचन जरुरी भएकाले सरकार तम्तयार भएको बताएका छन् ।
माओवादी घटकमा आबद्ध युवाको एकता बैठकलाई मंगलबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्रीले निर्वाचनलाई जसरी पनि सम्पन्न गराउने र त्यसैका लागि सम्पूर्ण तयारी गरिएको बताए ।
केही दिनभित्रै स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरिने जानकारी दिँदै उनले निर्वाचन परिवर्तन चाहने र नचाहने प्रवृत्तिबीचको संघर्ष भएको उल्लेख गरे ।
स्थानीय निकायको निर्वाचन हुन नदिएर संघीयता नै असफल बनाउने खेल भएको भन्दै प्रधानमन्त्रीले कुनैपनि द्विविधा नराखी निर्वाचनमा क्रियाशील हुन सबै राजनीतिक दललाई आग्रह गरे ।
परिवर्तनकारी शक्तिलाई विजयी गराउन युवा विद्यार्थीले विशेष योजनाका साथ काम गर्नुपर्ने स्पस्ट पार्दै उनले आगामी माघभित्र तीनओटै तहको निर्वाचन सम्पन्न हुने उल्लेख गरे ।
विश्वव्यापीरुपमा दक्षिणपन्थी हावा बगेको भन्दै प्रधानमन्त्रीले नेपालमा पनि त्यसैलाई अगाडि बढाउन खोजिएकाले क्रान्तिकारी युवाले सत्य कुरा नेपाली जनतालाई बताउनुपर्ने स्पस्ट पारे ।
प्रधानमन्त्रीले भने–‘परिवर्तनलाई कसरी संकटमा पार्न सकिन्छ भनेर केही तत्व लागेको छ । त्यो चरित्रलाई परास्त गर्नु जरुरी छ । नेपाली जनताले प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्नु आजको प्रमुख आवश्यकता हो । त्यो काम केवल युवालेमात्रै गर्न सक्छन् ।’
प्रधानमन्त्रीले युवालाई रोजगारी, क्षमताको विकास तथा सशक्तिकरणका लागि सरकारका तर्फबाट केही योजना सार्वजनिक गर्ने तयारीमा रहेकोसमेत जानकारी दिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टीको कार्यकारी तहमा युवालाई ल्याउने विषयमा आवश्यक तयारी भइरहेकोसमेत बताए ।
सो अवसरमा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य एवं वाइसीएल नेपालका इन्चार्ज मणि थापाले माओवादी आन्दोलनलाई कमजोर बनाउन खोज्ने र ठान्नेहरुलाई परास्त गर्न युवा नै अगाडि आउनुपर्ने धारणा राखे ।
वाइसीएल नेपालका संयोजक रामचन्द्र शर्माले युवालाई उचित जिम्मेवारी र कार्ययोजनाका साथ परिचालन गर्नुपर्नेमा जोड दिए ।
माओवादी केन्द्रसँग १० माओवादी घटकबीच गत जेठमा एकता भएपनि युवा संगठनबीच भने औपचारिकरुपमा एकता हुन सकेको थिएन ।
आजको बैठकले सबै युवा संगठनलाई एकीकृत गरेर वाइसीएललाई पुनः सशक्त प्रभावकारी संगठनकारुपमा अगाडि बढाउने निर्णय लिएको वाइसीएलका नेता रामप्रसाद सापकोटाले जानकारी दिए ।
–
संविधान संशोधन गरी निर्वाचनको मिति घोषणा गरिनुपर्ने
काठमाडौँ, १८ माघ । माघभित्र नै संविधान संशोधन गरेर स्थानीय निर्वाचनको मिति घोषणा गर्नुपर्नेमा विभिन्न दलका नेताले जोड दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले लोकतन्त्रको दुरुपयोग भएको भन्दै संविधान परिमार्जनसहित संशोधन नभएसम्म कुनैपनि निर्वाचन हुन नसक्ने दाबी गर्नुभयो । उहाँले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन परिमार्जन गरिनुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेसका नेता डा नारायण खड्काले माघभित्रै निर्वाचनको मिति घोषणा गर्नु वर्तमान सरकारको पहिलो जिम्मेवारी रहेको बताउनुभयो ।
नेकपा ९माओवादी केन्द्र०का नेता प्रभू साहले संविधान संशोधन गरेर मात्र निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “संशोधन नगरी चुनावमा जानु भनेको द्वन्द्व बढाउनु हो ।”
गल्ती दोहो-याउन हुदैन
महान्याधिवक्ता रमणकुमार श्रेष्ठले उच्च अदालतका ८० जना न्यायाधीश नियुक्ति प्रक्रिया संविधान विपरीत रहेको भन्दै आमागी दिनमा यस्ता गल्ती दोहो¥याउन नहुने बताउनुभएको छ ।
आज यहाँ आयोजित साक्षात्कारमा उहाँले संविधान सबैको लागि भएको र सबैले कार्यान्वयन गर्नुपर्ने स्पष्ट पार्नुभयो ।
वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले लोकतन्त्रको ऐनाले हेर्दा न्यायालय स्वतन्त्र देखिनुपर्ने भए पनि घिमिरेले लोकतन्त्रको हिस्सेदारले नै त्यसको विपरीत काम गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “उच्च अदालतमा ८० जना न्यायाधीश नियुक्तिमा समावेशी नभएको र सविधानको मर्मअनुरुप नरहेको टिप्पणी गर्नुभयो ।
अधिवक्ता गोविन्द पन्थीले न्यायाधीश नियुक्ति प्रकरणमा इतिहासमै ठूलो भुल भएको बताउँदै न्यायालय स्वतन्त्र हुनुपर्ने भनेर हाम्रो कानुनको कागजमा मात्रै लेखिएको तर व्यवहारमा देख्न नपाएको गुनासो गर्नुभयो ।
पूर्व विश्व धनाड्य एइक बाटिस्टाद्वारा प्रहरी समक्ष आत्मसमर्पण
रियो दि जेनेरो (ब्राजिल), १८ माघ । कुनै समय विश्वका सर्वाधिक धनाड्य ब्राजियाली व्यवसायी एइक बाटिस्टाले सोमबार प्रहरी समक्ष आत्मसपर्मण गर्नुभएको छ ।
विभिन्न घुस तथा भ्रष्टाचार आरोप लागेका बाटिस्टा सोमबार रियो दि जेनेरियास्थित विमानस्थलमा ओर्लनुभएपछि उहाँलाई ब्राजिलियाली प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो । प्रहरीले पक्राउ परेका बाटिस्टाको स्वास्थ्य अवस्था ठिक भए नभएको सम्बन्धमा स्थानीय अस्पतालमा परीक्षणपछि छानविनका लागि हिरासतमा राखेको छ ।
पक्राउ परेपछि बाटिस्टाले ब्राजिलको टेलिभिजनसँग कुराकानी गर्दै भन्नुभयो, आफूमाथि लगाइएको घुस तथा भ्रष्टाचार आरोपबारे छानबिन गर्न अदालतलाई सहयोग गर्ने उद्देश्यले आफूले प्रहरी समक्ष आत्मसमर्पण गरेको बताउनुभयो । बाटिस्टाले आफूमाथि लागेको आरोपका बारे भने थप केही बोल्न चाहनु भएन ।
बाटिस्टाले आफूमाथि लगाइएको आरोप छानबिन गर्न न्यायालयलाई सहयोग गर्नु आफ्नो कर्तव्य ठानेर न्युयोर्कस्थित जोन एफ केनेडी विमानस्थलबाट रियोका लागि आइतबार राति आएको टेलिभिजनसँगको कुराकानीमा बताउनुभयो ।
बाटिस्टामाथि रियो दि जेनेरियोका पूर्व गभर्नर सर्जियो कावरलाई घुस दिई सरकारी ठेक्कापट्टामा कानुन विपरित सम्झौता गरेको, विदेशी बैंक खातामा करोडौँ अमेरिकी डलर लुकाई राखेकोलगायत आरोप छन् । – एपी
बार्सिलोनामा मेसीको नयाँ सम्झौता नभएको भन्दै समर्थकद्धारा चासो
काठमाडौं, १८ माघ। बार्सिलोनाका सबै खेलमा स्टार स्ट्राइकर लियोनल मेस्सीको उपस्थिति क्लबका लागि निकै महत्वपूर्ण हुन्छ।
मेस्सीमा बार्सिलोना निर्भर छ भन्दा पनि फरक पर्दैन । तर मेस्सीसँगको सम्झौता भने बार्सिलोनाको प्राथमिकतामा नपरेको भन्दै समर्थकले चासो पनि देखाएका छन्। मेस्सीले यो सिजन अहिलेसम्म २८ खेल खेलेका छन् ।
त्यसमध्ये २२ खेलमा उनले गोल गरेका छन् वा गोलका लागि सहयोग गरेको छन् । यसको अर्थ ७८.५७ प्रतिशत खेलमा भएका गोलमा मेस्सीको संलग्नता छ । मेस्सी एथ्लेटिको मड्रिड, एलाभेस, एथ्लेटिको बिल्बाओ, ग्रनाडा र रियल मड्रिडसँगको खेलमा मात्रै गोलमा संलग्न भएका छैनन् ।
ला लिगामा उनले अहिलेसम्म १५ गोल गरेका छन् । उनी भन्दा लुइस स्वारेज मात्रै अघि छन् ।
च्याम्पियन्स लिगमा उनले अहिलेसम्म पाँच खेल खेलका छन् । चोटका कारण मोनचेङग्लाड्बाचसँगको खेल गुमाएका मेस्सीले खेलेका सबै पाँच खेलमा गोल गरेका छन् ।
कोपा डेल रेमा पनि उनले गोल गरेका छन् । उनको बार्सिलोनासँगको सम्झौता सन् २०१८ को जुनमा सकिने भएपनि नयाँ सम्झौता भने हुन सकेको छैन । यो सिजन सबै प्रतियोगितामा अहिलेसम्म खेलका २८ खेलमा २९ गोल र १२ गोलका लागि सहयोग गरेका मेस्सीसँगको सम्झौता कहिले हुन्छ भन्ने चासोको विषय बनेको छ । एजेन्सीको सहयोगमा
MAA_Press Release- Announcemnet_New York-New Jersey Chapter
Dear All,
Madheshi Association in America (MAA) is pleased to annouce that it has formed Greater New York/ New York-New Jersey (NY-NJ) chapter on Jan 29, 2017. MAA President Suneel K Sah and Central Executive Committee would like congratulate and welcome MAA NY-NJ chapter committee members.
NY-NJ Committee:
Manoj Kumar Singh, President
Narayan Shah, Sr. Vice President
Subash Shah, Vice President
Dr. Sunil Ray, Vice President
Laxmi Shah, Vice President
Dipendra Yadav, Gen. Secretary
Nidhi Shah, Secretary
Nagendra Mahato, Treasurer
Rashee Shah, Joint-Treasurer
Ranjit Shah, Spokesperson
Dr. Labh Chaurasiya, Member
Uma Shankar Shah, Member
Pawan Jaiswal, Member
Rinki Shah, Member
Mohammad Zafir, Member
Tulika Shah, Member
Ram Narayan Mandal, Member
Simran Shah, Member
Mukesh Yadav, Member
Sumit Shah, Member
Dr. Suresh Yadav, Member
Sailendra Shah, Member
Surya Shah, Member
Dr. Sujata Shah, Advisor
Chanda Yadav, Advisor
Satendra Shah, Advisor
Er. Sailendra Shah, Advisor
Aniket Shah, Advisor
The chapter was formed during Meet & Greet event which was attended by hundreds of community members to celebrate togetherness and welcome new immigrants to NY-NJ region from Madhesh of Nepal. The guiding principle of inclusiveness and wider participative decision making process was on full display when everyone participated in the selection of executives and members of the newly constituted chapter of MAA, which is formed with the objective to celebrate and preserve Madheshi culture and identity and to work on the greater benefits and welfare programs for Madheshis in Nepal and abroad. This event was organized by MAA and NY-NJ Chapter of MAA was formed with presence and initiation of MAA Central Committee Vice President Amit Shah.
The event started with address by respected Naval Kishore Yadav who stressed the importance for mutual respect among all Madheshis irrespective of their socio-economic background. Soon Dr. Binod Shah welcomed the new immigrants and guided them with rich experience of over 22 years in the USA and extended his continued guidance and support. Everyone followed with their brief introduction and one interesting fact about themselves helping to break ice with new members.
In the innovatively organized programme it kept all the members fully engaged and participative throughout with kids game of spoon and egg, musical chair for all, formation of MAA NY-NJ chapter and selection of its executives and members and the raffle winners which was a huge hit with all . The event was concluded with address by newly elected President of NY-NY chapter, Manoj Kumar Singh who pledged his dedication and efforts for the cause of MAA and also announced an event to celebrate Holi in New York on Sunday, 12th March 2017.
Thanks,
Sangit Rauniyar
Gen. Secretary, MAA
Cell: (682) 583-8150
About Madheshi Association in America (MAA)
MAA is a non-profit and non-political organization of Madheshis in the USA which promotes identity and culture of Madheshis, and facilitates as a platform to network and share ideas among Madheshis in the USA. It also coordinates with other organizations in the USA and abroad to work for community.
अखिलले देशभरिका क्याम्पसमा राष्ट्रिय झन्डा फहरायो
काठमाडौँ, १८ माघ । अनेरास्ववियुले आज देशभरिका क्याम्पसमा राष्ट्रिय झन्डा गाडेर फहराएको छ ।
स्ववियु निर्वाचनलाई राष्ट्रियतासँग जोड्न देशभरिका क्याम्पसमा राष्ट्रिय झन्डा गाडेर फहराइएको अनेरास्ववियुका सचिव सुदेश पराजुलीले जानकारी गराउनुभयो ।
उहाँका अनुसार उपत्यकाका प्रमुख क्याम्पससहित देशभरिका क्याम्पसमा झन्डा गाडेको हो ।
उहाँले अहिले देशमा विखण्डनकारी सल्बलाइरहेकाले विद्यार्थीलाई राष्ट्रिय भावनामा जागृत गराई विद्यार्थीलाई राष्ट्रियताप्रति ऐक्यबद्ध बनाउन क्याम्पसमा झन्डा फहराइएको बताउनुभयो ।
यसैबीच, झन्डा गाड्ने विषयमा सरस्वती क्याम्पस लैनचौरमा झडप भएको छ । झन्डा गाड्ने विषयमा अखिलका क्याम्पस एकाई अध्यक्ष शङ्कर गौतमलाई अखिल क्रान्तिकारीले कुटपिट गरेको सचिव पराजुलीले जानकारी गराउनुभयो ।
अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले कुटपिटमा आफ्नो सङगठनको संलग्नता नभएको स्पष्ट पार्नुभएको छ । “पढाइरहेको बेला कक्षा कक्षामा गएर उहाँहरुले झन्डा गाड्ने कार्यक्रममा सहभागी हुनुहोस् भनेर उर्दी जारी गर्नुभयो,” उहाँले भन्नुभयो – “त्यसैक्रममा पढिरहेका विद्यार्थीले प्रतिवाद गर्दा झडप भएको हो ।”
हट एण्ड सेक्सी मोडल भनेर चिनिन चाहन्छु – मोडल सुस्मिता गुरुङ
तामाङसेलोका नायक प्रयास दोङको दिम शाङ्गबरी गितको म्युजिक भिडियो सार्वजनिक
तामाङसेलोका नायक प्रयास दोङको दिम शाङ्गबरी गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रतिष्पर्धी दुनियाँमा होमिएका दोङले गायन क्षेत्रमा तामाङहरुको लोप हुँदै गएको संस्कृतिलाई जोगाउन संदेश मुलुक गीत संगीत प्रस्तुत गर्दै आएका छन् ।
हालसालै सामाजिक सञ्जालमा सार्वजनिक भएको दिम शाङ्गबरी बोलको गीतमा गायक प्रयास दोङ र गायिका सुस्मिता स्याङ्तानको आवाज रहेको छ । तामाङसेलो शैलीमा रचिएको गीतमा गायक दोङको आफ्नै शब्द संगित रहेको छ ।
न्होर्वु शेर्पाको संगित संयोजनलाई दिपेश प्रधानले मिक्सिङ गरेका छन् ।
सार्वजनिक भएको भिडियोमा सुष्मा र प्रवेश लगायतका कलाकारहरुको अभिनय रहेको छ । प्रतीक ङ्गेसुरको कोरियोग्राफी रहेको भिडियोलाई बिक्रम लामाले छायांकन गरेका हुन् ।
दिपक तामाङ र बिक्रम लामाको सम्पादनलाई मूर्त रुप दिएका छन् निर्देशक प्रेम लामाले । तामाङसेलो संस्कृतिलाई जगेर्ना गर्न प्रयास दोङको प्रस्तुती सराहनीय छ ।
हेर्नुहोस् भिडियो :
राजमार्गका अधिकांश पुल जोखिममा
बुटवल, १८ माघ । पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाटखण्ड अन्तर्गत नवलपरासीमा रहेको लोकाहा खोलाको पुल भत्किएको डेढ वर्ष भन्दा बढी भयो ।
उक्त पुल भत्किएपछि सुरुमा ‘डाइभर्सन’ गरेर र पछि ‘बेलिब्रिजको’ माध्यमबाट सवारी आवतजावत खुलाइएको छ । तर, भत्किएको पुलको विकल्पमा निर्माणाधीन नयाँ पुल यस वर्ष पनि पूरा हुने निश्चित छैन ।
यस्तै, यसै राजमार्ग खण्डको नवलपरासीमै रहेको अर्को महत्वपूर्ण बहुलाखोलाको पुलमा गत मङ्सिर २६ गते एकाबिहानै पूर्वबाट आउँदै गरेको मालबाहक ट्रकले ठक्कर दियो । अधिकांश फलामको साधनको संरचनाबाट निर्माण गरिएको उक्त पुलको मुखैको भाग सडकको सतहभन्दा तल दबेर क्षतिग्रस्त अवस्थामा पुग्यो । धेरै दिनपछि सो क्षेत्रमा पनि ‘ड्राइभर्सन’ निर्माण गरेर सवारी साधन आवतजावत खुलाइयो । झन्डै तीन महिनापछि बल्ल पुलको मर्मतकार्य सुरु गरिएको छ ।
तीन वर्ष पहिले यसै राजमार्ग क्षेत्रको महत्वपूर्ण मानिने जयश्री पुल भत्कियो । सडक विभागले धैरै दिन लगाएर पुलको केही तलबाट ड्राइभर्सन निर्माण गरेर सवारी साधन आवतजावत त खुलायो तर, पुलमा प्रयोग हुने फलामे साधन विदेशबाट आयात गर्न ढिलाइ हँुदा झन्डै एक वर्षमा मात्र पुल मर्मत हुनसक्यो ।
पूर्व–पश्चिम राजमार्गको मध्यक्षेत्र बुटवल–नारायणघाट खण्डलाई जोड्ने झन्डै तीन दर्जन महत्वपूर्ण पुलमध्ये अधिकांशको निर्माण संरचना एउटै प्रकृतिको छ । विसं २०३० सालको अवधिमा निर्माण गरिएका यी पुलको संरचना ट्रसको प्रयोग गरेर निर्माण गरिएको छ ।
यस्ता प्रकृतिका पुलको संरचना कमजोर बन्दै गएका छन् । यसैले यी पुलको अवस्था जीर्ण र जोखिमपूर्ण बन्दै गएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनी बताउनुहुन्छ ।
उहाँले भन्नुभयो– “प्राविधिक रुपले पुलमा समस्या आएको होइन तर यस्ता खालको पुलमा एक ठाउँमा समस्या आउँदा अन्य भाग समेत खल्बलिने समस्याले पुलको जोखिम बढेको हो ।
फलामको प्रयोगबाट निर्माण गरिएका यस्ता पुल तुलनात्मक रुपले बलियो हुने र लामो समय टिक्ने तर, पुलको एउटा भागमा क्षति पुग्दा अन्य संरचना समेत बिग्रने भएकाले समस्या बढी देखिने डिभिजन सडक कार्यालय प्रमुख मरासिनी बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ – “पुलको पूरै संरचनामा समस्या नभए पनि एउटा भागमा क्षति हँुदा अन्यत्र धेरै समस्या आउँछ ।”
प्रमुख राजमार्ग क्षेत्रका महत्वपूर्ण पुल भत्किएर समयमै मर्मत नहुने र वैकल्पिक व्यवस्था समेत समयमा नहँुदा सवारी आवागमन अवरुद्ध भएर राजमार्गमा कैयन् दिन सर्वसाधारणले सास्ती बेर्होनु परेको छ ।
सडक डिभिजन प्रमुख मरासिनीकाअनुसार भत्किएका पुलको मर्मत र वैकल्पिक व्यवस्थाको व्यवस्थापनमा ढिलाइ भएको स्वीकादै सबै प्रक्रिया पु¥याएर काम सुरु गर्दा र वर्षायाममा खोलामा पानी बढ्दा केही ढिला भएको हो ।
उहाँले राजमार्गमा रहेका अन्य पुलको पनि संरक्षणका उपाय समयमै नखोज्ने हो भने पुल भत्किने समस्या झनै बढेर जाने बताउनुभयो । यसका लागि सडक विभागमा आफूहरुले पुल जोगाउन तत्काल सबै पुलमा फलामको ‘क्र््यास ब्यारियर’ राख्नैपर्ने सुझावसहित त्यसको लागत अनुमान गरी पठाइसकिएको बताउनुभयो ।
आवश्यक परे निर्वाचनपछि संशोधनः नेता खनाल
इलाम, १८ माघ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले आवश्यक परे मात्र तीनतहको निर्वाचन पछि मात्रै संविधान संशोधन गर्न सकिने बताउनुभएको छ ।
संविधान कार्यान्वयनका लागि जनपरिचालनअन्तर्गत चार महिने अभियानको क्रममा सोमबार इलामको लक्ष्मीपुर गाउँ कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले आगामी २०७४ माघ ७ गतेसम्ममा तीनै तहको निर्वाचन सम्पन्न गरेर मात्रै संविधान संशोधन गर्न सकिने बताउनुभएको हो ।
नेपाली काँग्रेस र नेकपा (माओवादी (केन्द्र) सँग देश विकास गर्ने कुनै नयाँ भिजन नभएको बताउँदै उहाँले सरकारले खुट्टा कमाएकाले अझै पनि निर्वाचनको मिति घोषणा गर्न नसकेको हो, भन्नुभयो ।
“अब हुने निर्वाचनपछि काँग्रेस र माओवादीलाई बत्ती बालेर खोज्नुपर्छ”, उहाँले भन्नुभयो, “निर्वाचनपछि एमाले देशकै ठूलो पार्टी हुने र मुलुकलाई सफल तरिकाले हाक्नेछ ।”
सरकारले छिट्टै निर्वाचन मिति घोषणा नगरे निर्वाचनको मिति घोषणा गर्न एमालेले देशव्यापी रूपमा आन्दोलन सुरू गर्ने बताउँदै निर्वाचन नहुँदा मुलुकमा बेथिती बढेको उहाँले उल्लेख गर्नुभयो ।
अङ्गीकृत नागरिकलाई देशको प्रमुख पद दिन नसकिने बताउँदै उहाँले संविधान संशोधनको प्रस्ताव विदेशीको दबाबमा संसद्मा दर्ता भए पनि कुनैपनि हालतमा पास हुन नदिने विचार व्यक्त गर्नुभयो ।
सोही अवसरमा विभिन्न पार्टी परित्याग गर्ने ८६ घरका १७५ जनाभन्दा बढीलाई उहाँले आफ्नो पार्टीमा स्वागत गर्नुभयो ।
Monday, January 30, 2017
जीवनका रंगहरु( Colors of Life)
जीवनका रंगहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहनु भएका नेपालीमूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको प्रस्तुती हो l
जीवनका रंगहरु( Colors of Life)
जीवनका रंगहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहनु भएका नेपालीमूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको प्रस्तुती हो l यो प्रस्तुतीमा हामी जीवनलाई समेट्ने विभिन्न रङ्हरु, आयामहरु अनी जीवनलाई हेर्ने सही दृष्टिकोणका बारेमा कुराकानी गर्नेछौ l
यसै शृंखला अन्तर्गत आज हामी समक्ष हुनुहुन्छ -मेरिल्याण्ड राज्यमा बसोबास गर्नु हुने सरोज थापा एवम् विमला थापा l
प्रस्तुत छ वहाँहरुको विचारमा के हुन त जीवनका रङ्हरु –
१. जीवन (Life) के हो ?
जीवन भनेको एउटा संगम स्थल हो जुन सुख दु:ख हॉसो र ऑसु मिलेर बनेको हुन्छ तसर्थ मानिसले यी सबैलाई स्वीकार्न सक्नु पर्दछ अनिमात्र जीवन जिउन भरोसा र उत्साह मिल्दछ।
२. खुशी (Happiness) के हो ?
खुशी भनेको सकारात्मक सोच र आत्मविश्वासको प्रतिफल हो तसर्थ खुशी हामी आफुभित्रै लुकेको हुन्छ यो कसैले कसैबाट पाउने र कसैलाई दिन सकिने वस्तु होईन। आज जो कोही पनी खुशी छैन भने नकारात्मक सोच र खुशी बाहिर खोज्दै हिड्नाले नै हो त्येसैले खुशी आफु भित्रनै खोजौं र आफ्नो असंतुष्टिका कारण अरू लाई नबनाउं।
३. कर्तब्य (Responsibility) के हो ?
कर्तब्य एक अर्का प्रतिको माया प्रेम र सद्भावले भरिएको समर्पण हो जहॉ कुनै शर्त र स्वार्थशिद्धिका उद्देश्यहरु रहेका हुंदैनन र कुनै स्वार्थ शिद्धिको उपदेश बिना कर्तब्यको पालना गरी एक अर्काको हृदयमा एक अर्काप्रती प्रेम, सद्भाव, बिस्वाश र मायाको अंकुर पलाएको हुन्छ ।
४. सम्बन्ध (Relationship) के हो ?
संबन्ध भनेको घर परिवार, छरछिमेकी र संघी साथिहरू संग को नाता हो जसलाई मायॉ,प्रेम, सद्भाव , अनुशासन र मर्यादाको पोयाहरू बाट बाटियेको डोरीले बॉधेर एकआपसमा जोडेको हुन्छ जुन सानो लापरवाही र ब्यभीचारका छुराहरूले एकझड्कामा काटिन र क्षणभरनै छताछुल्ल हुनजान्छ तसर्थ संबन्ध लाई जीवन्त राख्न सदा अनुसाशित र मर्यादित हुन जरूरी छ।
५. आत्मियता (Intimacy) के हो ?
आत्मियता ईश्वरको उपासना हो जहां जो कोही बिच आत्मियता हुन्छ त्यो स्थानमा ईश्वरको बास हुन्छ अनी त्यो स्थान मंदिर जस्तै पवित्र पूण्यभुमी सरह हुन्छ तसर्थ स्वार्थ, कपट र द्वेसको भावलाई त्यागी अत्मियता बडाऔं।
आजको शृंखलामा यतिनै l अर्कोपटक फेरी अर्को जोडीलाई लिएर आउने छौ l त्यतिन्जेल्का लागि विश्राम l सबैको जीवनमा खुशीका रंगहरुभरिउन, सफलताले शिखर चुमुन अनी आत्म्विश्वासले गहिराइ नछोडुन, सबैमा हार्दिक हार्दिक शुभकामना l प्रतिक्षा गर्नुहोस् अर्को पालो तपाईंको हुनसक्छ l
बेलायतमा नेपाली राजदूत डाक्टर सुवेदी नेपालीहरु माँझ लोकप्रिय
Queen Elizabeth II is presented with Letters of Credence by the Ambassador of Nepal His Excellency Dr Durga Bahadur Subedi and his wife Mrs Subedi, during a private audience at Buckingham Palace, London.
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...