Saturday, January 7, 2017

सिकागोमा अपहरण गरि यातना दिदै गरेको प्रतक्ष्य प्रसारण गर्ने ४ किशोर किशोरी अपहरणकारीहरु पक्राउ

 

अमेरिकाको सिकागोमा गत जनवरी ५ तारिख अनुहार किताब (फेस बुक )मार्फत आफूले अपहरण गरेका लाई यातना दिई रहेको अवस्थाको प्रतक्ष्य प्रसारण मा संलग्न रहेका ४ किशोर किशोरीअपहरणकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ l

किशोरीले झन्डै आधा घण्टा सम्म किशोरलाई अरु तीन जनाको साथमा पिट्दै गरेको र जातीय उपहास गरेका लाई सिकागो प्रहरीले विभत्स आक्रमण कारी को संज्ञा दिदै हिरासतमा लिइएको सिकागो प्रहरीले जनाएको छ l

उक्त निराशाजनक श्रब्य दृश्य (भिडियो )मा पुरुष लाई बाधिएको र मुख छोपिएको र एउटा कोठाको कुनामा राखिएको देखिएको छ l आक्रमणकारीहरु खिल्ली उडाउदै हास्दै डोनाल्ड ट्रंप तथा अमेरिकन स्वेतलाई तथानाम गरेको देखिएको छ l र हातखुट्टा ले पिटेको देखिन्छ भने चक्कुले तालुमा काटेको समेत देखिएको छ

ति अपहरणकारी हरुमा १८ बर्षिय जोर्डन हिल ,१८ बर्षिय टेस फाये कुपर ,१८ बर्षिय ब्रिटनी कोभिङ्ग टन तथा २४ बर्षिय तानिशिया कोभिङ्ग टन रहेकी छिन् l यी सबै ४ जना लाई घृणापूर्ण अपराध ,घोर अपराध निकृष्ट अपहरण , निकृष्ट अवैध नियन्त्रण तथा अति निकृष्ट कुटपिट तथा घातक हतियार प्रयोग गरेको संलग्नमा अभियोग लगाइएको छ l

हिल ,कुपर तथा ब्रिटनी कोभिङ्गटन लाई आवासीय चोरीको मुद्दा लगाइने छ भने हिल लाई अर्काको सवारी साधन समेत चोरी गरेको अभियोग लगाइने कुरा सीएनएन मा समाचार छ l

उक्त प्रत्यक्ष प्रशारण गरेको श्रब्य दृश्यले अमेरिकाका नागरिकलाई निस्तब्ध बनाई दिएको छ किनभने निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंप तथा स्वेत जातिलाई अपहरणकारीले तोकेर गाली गलौच दिएका छन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...