Sunday, February 26, 2017

अन्तर्राष्ट्रिय रंगभेद दिबसको अबसरमा मार्च १८ मा कोलोराडोमा कार्यक्रम आयोजना हुने

अन्तर्राष्ट्रिय रंगभेद दिबस (International day for the elimination of racial discrimination) को अबसरमा जातिभेद बिरुद्द अन्तर्राष्ट्रिय संजाल (Global forum against caste based discrimination) को आयोजनामा यही मार्च १८, २०१७ मा कोलोराडोमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा अमेरिकाका लागि नेपाल सरकारका राजदुत डा. अर्जुनकुमार कार्की, नेपालका लागि पूर्ब अमेरिकी राजदुत स्कट डेलिसी, औरोरा महानगरका प्रतिनिधि, नेपाल सरकारका उपसचिव डा. मान बहादुर बिश्वकर्मा, डा. बिष्णुमाया परियारलगायत अन्य व्यक्तित्वहरु बिशेष अतिथिको रुपमा उपस्थित हुने आयोजक संस्था ग्लोबल फोरमका अध्यक्ष तीर्थ बर्माले जानकारी गराउनु भएको छ ।

 

कार्यक्रममा अन्तर्राष्ट्रिय रंगभेद दिबसलाई बिशेष महत्वका साथ मनाइने, बिश्व दलित आन्दोलनको बारेमा चर्चा गरिने, बिभिन्न व्यक्तित्वलाई सम्मान गरिने र अन्तरक्रिया गरिने आयोजकले बताएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...